रूकुम चौरजहारी नपा-९ की १७ वर्षीया अनिता कुवँर योगीको शल्याक्रियापछि देख्ने भएकीछिन ।
ऑखा उपचारको क्रममा तिलगंगा अस्पतालमा विस्तृत परीक्षण पश्चात् ‘यिनलाई Stevens-Johnson syndrome (SJS) को कारणले गर्दा Severe Dry Eye भएर दुबै ऑखा नदेख्ने अवस्था आएको र यसको उपचार नेपालमा सम्भव नभएकोले अस्पतालले भारतको हैदरावादको LVPEI (LV Prasad Eye Institute) मा उपचारको लागि सिफारिस गरेको थियो ।
विगत २ वर्षको उपचार पश्चात हाल उनलेपूर्ण रुपमा आँखा देख्ने भएकाछन । आफ्नो आखाको ज्योथि जस्ताकोतस्तै फर्केपछि सहयोगीहरूप्रति अभार व्यक्त गरेकाछन । विपन्न परिवारका उनले देशविदेशको नेपालीहरू आर्थिक सहयोगको कारण उनको उपचार भएको थियो ।