यूसेभ नेपाल (UCEP) को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको ‘विशेष ध्यान शिविर’ (Advance Meditation Program) समापन भएको छ । चार दिनसम्म चलेको उक्त आवासीय मौन शिविरमा ४८ जना सहभागी थिए।
उक्त शिविरमा प्रशिक्षक रितिका लोहियाको अनुसार ध्यान शिविरले युवाहरुमा सकरात्मक सोच विकाश गरेर, विगतको घटनाको पश्चातापबाट निस्किदै, मन खालि हुने अर्थात विगतको पिडाबाट मुक्त भई शान्ति मिल्ने बताउनु हुन्छ ।
यस किसिमको ध्यान शिविरले बालबालिकामा खुसी, उमंग, उत्साह जाग्ने र आफ्नो समाजमा फर्केर सृजनात्मक र प्रतिष्ठित जीवन यापन गर्न सकरात्मक सोचको विकास भई सफल र अर्थपूर्ण तबरले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुहुन्छ ।
ध्यानमा सहभागी एक जनाले आफ्नो अनुभव यसरी शेयर गरे ‘म एकदमै तनाबमा वस्थे र म के गरु कसो गरु भन्ने अवस्थामा पुगेको थिए र मर्ने साचेको थिए तर अहिले यो शिविर गरिसकेपछि म मा नयाँ उत्साह, उमग, आनन्द र महसूस गरेको छु।’
यसै गरी अर्को सहभागी भन्छन् ‘यो शिविरले मेरो जीवनमा परिवर्तन भएको छ। म सबैभन्दा भाग्यमानी आफुलाई ठानेको छु। गुरुदेव श्री श्री रविशंकर गुरुसंग जोडिन पाएकोमा खुसी, महसुस भएको छ ।’
संस्थाका उपनिर्देशक शोभा भण्डारीले कार्यक्रमबाट भाईहरुमा आएको परिवर्तन देखेर निकै खुसी व्यक्त गर्नुभयो । उप-निर्देशक भण्डारीले ‘यहा सिकेको साधनलाई दैनिक अभ्यासमा उतार्नुहोस र जीवन सुन्दर बनाउनुहोस भन्दै शुभकामना दिनुभयो ।’
गुरुदेव श्री श्री रविशंकर द्वारा स्थापित द आर्ट अफ लिभिङको उद्देश्य हिँसा र रोग मुक्त शरिर, अनि तनाव मुक्त मन रहेको छ।
हाल आर्ट अफ लिभिङको शाखा १८० भन्दा बढी राष्ट्रहरूमा सञ्चालन भइरहेको छ।
यसैगरि युसेप नेपाल सन् १९७८ मा न्युजिल्याण्डका डा. लिन्डसे एलन चेनले स्थापना गरेको अन्तराष्ट्रिय गैर सरकारी संस्था (INGO) हो । शुरुमा यो संस्था युसेप अन्तराष्ट्रिय (UCEP-International) अन्तर्गत युसेप बंगलादेश (UCEP-Bangladesh) को विस्तारको रूपमा स्थापित भएको हो ।