विश्व चर्चित योग गुरु श्री रवि शंकरकोद्धारा संस्थापक रहेको आर्ट अफ लिभिङ फाउण्डेशनमा लोकप्रिय गायिका तथा एभरेष्ट टेलिभिजन नेटवर्कका प्रबन्धक निर्देशक मनु नेम्बाङ समेत जोडिएकोछन ।
१८० वटा भन्दा बढि देशमा शाखा रहेको आर्ट अफ लिभिङ नेपालमा भने यसको केन्द्रीय कार्यालय शंखमुल नयावानेश्वर, काठमाण्डौमा रहेको छ ।
विशेष गरि योग शिविर संचालन गरेपनि यसको अतिरिक्त अनुशासन, जिम्मेवारी, दायित्व, कतव्य लगायतको मानव जीवनको अपरिहार्य तत्वहरूको बोध गरेपछि मात्रै मान्छेको मानसिक ठिक हुने भएकोले शारिक तन्दुरिस्तको लागि योग र मानसिक मजबुदको लागि ध्यान र विभिन्न जीवन उपयोगी कुराहरू सिकाउने गरेको बरिष्ठ योग प्रशिक्षक रितिका लोहियाले बताउनु भयो ।
शिविरमा सहभागी गायिका नेम्बाङले आर्ट अफ लिभिङको जीवन बाच्ने कला सम्बन्धिको प्रशिक्षणले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण र बुझाई नै फरक भएको बताउनु भयो ।
प्रशिक्षण बनपस्ति विभाग कार्यालयको आयोजनामा विभागको कार्यालय थापाथली, काठमाण्डौमा ३ दिने योग तथा ध्यान शिविर सञ्चालन भएको थियो ।
यूसेभ नेपाल (UCEP) को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको ‘विशेष ध्यान शिविर’ (Advance Meditation Program) सञ्चालन गरेपछि धेरै बालबालिकाहरूको मनस्थिति र व्यवहार समेत परिवर्तन भइ उर्जाशील भएका बताइएको छ ।
आर्ट अफ लिभिङले योग तथा ध्यान सम्बन्धिको प्रशिक्षणको अतिरिक्त असाहय, गरिब, पिछाडिएका वर्ग समुदायहरूलाई सहयोग गर्ने, प्रकृति विपत्तिको अवस्थामा उद्धार तथा सहयोगको अतिरिक्त विश्वमा हुने आन्तरिक तथा बाह्य युद्धमा समेत शन्ति साम्झौताको लागि अहम भूमिका निर्वाह गर्दै आएको अन्तराष्ट्रिय स्तरमा उच्च छवि बनाएको संस्था हो ।
संसारकै चर्चित पत्रिका फोर्ब्सका अनुसार रवि शंकर संसारकै शक्तिशाली नेता मध्ये पाचौँ स्थानमा रहेको तथ्य सार्वजानिक गरेपछि शंकरको लोकप्रिय विश्वभरि नै उच्च स्थानमा छ ।