हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन ।
हङकङमा रहेका लिम्बु समुदाय जस्ले लिम्बु भाषा, कला–सङ्गीत, संस्कार र सस्कृतिलाई माया गरि मौलिक भाषा तथा गीत–सङ्गीतको संरक्षण र प्रवर्द्धनको पलहकदमी मौलिक कला सङ्गीतको कार्यक्रमको आयोजना गरिने र लिम्बु समुदायको उद्गम स्थलको विशेषगरि लिम्बु गीतसङ्गीतका पारखी कलाकारहरूको विशेष प्रस्तुति रहने गीतकार तथा कार्यक्रम आयोजक गीता पालुङ्वाले बताउनु भयो ।
साम्याङफुङ साँझको आठौँ श्रृंखलाको लागि गायिका मनु नेम्बाङ र लिम्बु कार्यक्रम सञ्चालिकका मिना लिम्बु नेम्बाङ आज कार्याक्रम स्थलतर्फ प्रस्थान हुने गायिका नेम्बाङले बताउनु भयो ।
कार्यक्रम नोबेम्बर १६, शनिबार साँझ ७: 00 बजे हुने आयोजकले जानकारी दिएकाछन । कार्याक्रममा गायिका नेम्बाङले मौलिक लिम्बु लोकभाका हाक्पारे, पालम, ख्याली लगायतको गीतसङ्गीतको प्रस्तुति रहने गायिका नेम्बाङले बताउनु भयो ।