साम्फुङ साँझ हङकहङको लागि गत नोभेम्बर १४ मा हङकङ प्रस्थान गरेकी पालम क्वीन मनु नेम्बाङको हङकङ बसाई थप हुने भएको छ ।
जोर्डन स्थित याक एण्ड यति होटलमा गत नोम्बर १६ मा आयोजित साम्याङफुङ साँझको आठौँ श्रँखलाको कार्याक्रम भव्यताको साथ सफल भएपछि गायिको भिसा थप गरि नेम्बाङको एकल कार्यक्रम लहर नै चलेको बताइएको छ ।
यस भन्दा अगाडिको हङकङको साङ्गीगितिक कार्याक्रमको यात्रामा गायिका नेम्बाङलाई खासै नफापेको अर्थात हङकङ पुगेको केही अबधिमा नै स्वस्थ्यमा प्रतिकुल असर देखिएपछि गायिकालाई लामो समय हङकङ बोलाउन आयोजकहरू अन्योलमा परेका थिए ।
धेरैको गुनासो थियो कि सालैपच्छिे हङकङमा साङ्गीतिक कार्याक्रमको आयोजना गायिका नेम्बाङको विशेष प्रस्ुततिको स्वद लिने तर विगतमा भएको उनको स्वस्थ्यको अवस्थाले मन खिन्न बनाउथ्यो ।
तर पछिल्लो समय दक्षिण कोरिया र बेलायतको भ्रमणमा समेतको स्वस्थ्य स्थिति ठिक भएपछि उनलाई बोलाउने आँट आएको गीतकार तथा साम्याफुङ साँझ समुहमा अबद्ध गीता पालुङ्वाले बताउनु भयो । साम्याफुङ साँझको प्रस्तृति दमदार भएपछि यसपटकको गायिकाको हङकङ साङ्गीतिक यात्रा सुव्यफाव्य हुनेमा पक्कापक्की भएपछि गायिकाको भिसा थप गरि अरु कार्यक्रमहरू आयोजना गर्न लागिएको आयोजकले बताए ।