कुनैबेला वाम्बुले समुदायको सुन्तलाको राजधानी मानिएको मानेभञ्ज्याङ गाउपालिका वडा नं ५ उदयपुरको परिचय यतिखेर लुगाधुने साबुन उद्योगको रुपमा चिनिएको छ ।
“वाम्बुले समुदायको सुन्तलाको राजधानी उदयपुर”
गाउपालिकाको अनुदान रकम र उदयपुर गाउद्धारा सञ्चालित हाम्रो कृषी वहुदेश्यीय सहकारीको सहकार्यमा साबुन उद्योग स्थापना भइ सफलपुर्वक सञ्चालनमा आएको वडा अध्यक्ष रामकुमार राईले एभरेष्ट टेलिभिजन नेटवर्कलाई बताउनु भयो ।
अनुदान रकम ८ लाख र सहकारीको रकम १२ गरि जम्म २० लाख रुपैयामा साबुन उद्योग स्थापना भएको हो ।
मासिक करिब २५ हजार थान उत्पादन गर्ने लक्ष्य रहेको साबुनको विक्री वितरण शुरुमा उदयपुर गाउँहुँदै विस्तारै मानेभञ्ज्याङ गाउपालिकाका सबै वडाहरू त्यसपछि ओखलढुङ्गा जिल्लाका अन्य पालिका तथा सोलु, खोटाङ र उदयपुर जिल्लामा पनि पुराउने लक्ष्यरहेको उद्योग सञ्चालक सदस्य समलधन राई बतउनु भयो ।
“अत्भूत विजुवा शक्ति प्राप्त गरेका किर्लिङ्गलेको गाउ”
उदयपुरको राजा घमण्डेको शासनसत्तालाई साहवंशले हत्याएपछि राजनीतिक पहुचमा केहीपछि परेपनि धामी झाक्रीमा अत्भूत विजुवा शक्ति प्राप्त गरेका किर्लिङ्गलेको गाउ भनि कहलिएको उदयपुर वडा अध्यक्ष रामकुमार राई लगायत गाउलेहरूको साथ सहयोगले साबुन उद्योग सञ्चालन गरेर औधोगिक युगतर्फको यात्रा प्रारम्भ गरेकाछन ।
“वडा अध्यक्ष राई राष्ट्रिय खेलाडी समेत हुन”
पहिलो कार्याकाल अर्थात २०७४ सालको स्थानीय निर्वाचनमा जनताको अपेक्षकृत कार्यमा सफल भएकै कारण दोस्रो निर्वाचनमा समेत बहुमतले विजय वडा अध्यक्ष राई ब्याटमिन्टन खेलमा समेत सफल राष्ट्रिय खेलाडी समेत हुन ।
“राजनीति र जनप्रतिनिधिहरूप्रति उब्जेको हेयाको दृष्टिलाई समेत सकरात्म सोच आउने”
यस किसिमको सृजनात्मक विकासशील गतिविधिले समाजको रुप फेर्दै समृद्धि नेपाल बन्नुमा अहमभूमिका त रहन्छ नै पछिल्लो समय आम नेपालीहरूको मनस्थितिमा राजनीति र जनप्रतिनिधिहरूप्रति उब्जेको हेयाको दृष्टिलाई समेत सकरात्म सोच पक्कै आउने छ ।