Friday, April 17, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

योगको सुरुवातबारे मतभेद

February 16, 2026
in कला/साहित्य, राजनिति/दर्शन

काठमाडौं । हामी अहिले पनि एउटा भ्रममा छौं । हामीलाई थाहा छ कि पतञ्जलिले योगको रचना गरेका हुन् भन्ने तर यसमा सत्यता छैन । आदियोगीले सबैभन्दा पहिले आफ्ना सात शिष्यहरुलाई योगको शिक्षा दिएका थिए । जसलाई हामी सप्त ऋषिको नाममा चिन्दछौं । यिनै सप्तऋषिले प्रसार गरेपछि यो अझ विकसित भएको थियो ।

समयको साथ यसमा यति धेरै विशेषज्ञता आयो कि मानिसहरु योगमा अलग-अलग तरहको विशेषज्ञता खोज्न थालियो । यसैको एक उदाहरणलाई आधुनिक रुपमा देखिएको मेडिटेसनलाई लिन सकिन्छ । जस्तो कि आज मेडिकल साइन्स विकसित छ। यो एकदमै धेरै विशेषज्ञता प्रधान बन्न पुगेको छ । आज भन्दा पच्चिस(तीस वर्ष पहिले हाम्रो स्वास्थ सम्बन्धी कुनै पनि समस्या आयो भने एकै डाक्टरले सबै उपचार गराउने गरेका थिए । तर आजसम्म आइपुग्दा दिलको लागि अलग डाक्टर डाक्टर, नाकको लागि अलग डाक्टर, हर अंगको लागि एक अलग डाक्टर बन्न थालेका छन् । निकट भविष्यमा नै एउटा मेडिकल चेकअपको लागि सय भन्दा धेरै डाक्टरहरुकहाँ जान नपर्ला भन्नु पर्दैन । त्यो दिन निकट भविष्यमा नै आउनेवाला छ ।

यस्तै योगको साथ पनि भएको छ । सप्तऋषिहरुले योगको शिक्षा सात अलग-अलग धारामा बाँडेर प्रचार गर्न थाले । त्यसपछि यी सातको पनि सयौं शाखा बनाइयो । एक समय यस्तो आयो कि योगको लगभग साढे तीन हजार भन्दा अधिक शाखाहरु प्रचलनमा थियो । यी सबैमा यति धेरै उल्झन भरियो कि सबै शाखाहरुलाई न कोही जान्दथे । न अभ्यासमा ल्याउँथे । जब पतञ्जलि आए । उनले समस्त ज्ञानलाई आफू भित्र समाहित गरे । ती सबैलाई लगभग २ सय योगसूत्रहरुमा समेटेर योग सूत्र नामक पुस्तक तयार पारे। यो उनको सबै सप्त ऋषिहरुलाई दिइएको आदियोगीको उपदेशको संक्षिप्त स‌ंगालो मात्रै हो योग सूत्र ।

“योग सूत्र” पुस्तक होइन यन्त्र हो 
योग सूत्रको अर्थ जान्नुको जरूरत कुनैपनि योग साधकको लागि छैन । किनकी यो एक अस्तित्वपरक बस्तु हो । यो केवल केही शब्दहरुको र उनीहरुको अर्थमा मेल छैन । एकातर्फ यसमा एक यन्त्र मौजूद छ । त्यसैले योग सूत्र, यानी पतञ्जलि योग सूत्रलाई एक किताब भन्दा पनि एक यन्त्रको रुपमा मान्ने गरिन्छ । किनकी यसमा किताबमा हुने भन्दा धेरै ठूलो ज्ञान छ । यो यन्त्रको एक जटिल व्यवस्था छ। यस्तो शानदार यन्त्रलाई यति बुद्धिमानीका साथ व्यवस्थित गरिएको छ कि यसरी कुनैपनि दोस्रो बस्तु मिल्नु कैयौं वर्षसम्म पनि सम्भव छैन । यदि यस्तो कहिलै भयो भने पनि त्यो एकदमै मुस्किलले हुनसक्छ ।

योगसूत्रको परिचय
पतञ्जलिको सम्पूर्ण योग सूत्रमा कूल १९५ सूत्रहरु रहेका छन् । यसमा कूल ४ पाद रहेको छ । १. समाधिपाद, २. साधनपाद,  ३. विभूतिपाद,  ४. कैवल्यपाद । जस मध्ये समाधिपादमा ५१ सूत्र, साधनपादमा ५५ सूत्र, विभूतिपादमा ५५ सूत्र रहेका छन् । जस मध्ये पहिलो पाद अर्थात् समाधिपादमा योगानुशासनको अवधारणा, योग लक्षण एवं यसको परिणाम र समाधिको प्रकार उल्लेख छ।
  
त्यस्तै दोस्रो हो साधनपाद । साधनपादमा निम्न विषयहरु उल्लेख छ । 
क्रियायोगको अवधारणा
क्लेशको सिद्धान्त 
दुखवादको अवधारणा
द्रष्टा- दृश्य निरुपणम
प्रकृति पुरुष संयोग 
अष्टाङ्ग योग संक्षिप्त परिचय
आसन प्राणायामको अवधारणा एवं सिद्धि
प्रत्याहार की अवधारणा एवं इसकी सिद्धि

तेस्रो र चौथोपाद हो क्रमश: विभूति पाद एवं कैवल्य पाद । यसबारे उल्लेख भएका विषय निम्नानुसार छन्  
धारणा, ध्यान एवं समाधि परिचय 
संयम एवं यसको सिद्धि
तीन प्रकारको चित्त परिणाम
भूत जय, इन्द्रिय जय एवं उनको सिद्धि 
विवेक ज्ञान निरुपण

कैवल्य
पाँच प्रकारका सिद्धि एवं जत्यान्तर परिणाम 
निर्माण चित्तको अवधारणा 
कर्मका चार प्रकार
वासनाको अवधारणा एवं
बाह्य पदार्थको अवधारणा हाम्रो कुराबाट

ShareTweet

Related Posts

राजनिति/दर्शन

निर्वातन विशेष

March 2, 2026
एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
Next Post

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

मातृभाषा परित्यागको पीडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In