Wednesday, December 24, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

गोरखापत्रमा वाम्बुले भाषाको समाचार

पुष ११, काठमाण्डौँ ।

December 29, 2024
in समाचार
गोरखापत्रमा वाम्बुले भाषाको समाचार

वाम्बुले राई भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने भएपछि सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले वाम्बुले समुदाय र वाम्रास संस्थालाई बधाई तथा शुभकामना दिएकाछन ।

वाम्बुले राई भाषाको समाचार प्रकाशनको क्रममा राष्ट्रगान सर्जक ब्याकुल माइलादेखि नेपाल टेलिभिजनको समाचार प्रमुख पुष्पहरि क्याम्पराई, बरिष्ठ समाचार सम्पादक गजुरधन राईबरिष्ठ पत्रकार गणेश वाम्बुले राई, चलचित्र निर्देशक चन्द्र वाम्बुले लगायत पत्रकारिता र चलचित्र क्षेत्रमा वाम्बुलेहरूको बाक्लो उपस्थिति देखेपछि मन्त्री गुरुङले चकितहुँदै तपाइहरू सबै वाम्बुले भन्दै आश्चर्य प्रकटगर्नु भयो।

सिंहदरबार स्थित सञ्चार मन्त्रालय हलमा गोर्खापत्र संस्थानद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहनु भएको मन्त्री गुरुङले वाम्बुले भाषा प्रकाशनको समाचारको लोकार्पण गर्नेक्रममा उस्थिति भएको वाम्बुलेहरूको साहित्य र सञ्चार क्षेत्रमा सकृया रहेको वाम्बुले देखेर अचम्मित हुनु भएको हो ।

महाजाति अर्थात एक जाति भित्र बहुभाषी भनेर चिनिने ३२ भाषी किरात राई जातिमध्ये हाल अस्तित्वमा रहेको २८ भाषी राई जातिमा वाम्बुले राई भाषाको समाचार सरकारको स्वमित्वमा रहेको गोरखापत्र संस्थानले पुष ११ गतेबाट औपचारिक रुपमा प्रकाशनको शुभारम्भ गरेको हो ।

नेपाल भाषिक, धार्मिक, सास्कृतिक, आर्थिक, भौगोलिक तथा जातिय हिसाबले विविधता र असमाना रहेको समाजलाई एकताको प्रत्यभूत गराउन संस्थानले सबै जातजातिलाई समाबेशी गराउने किसिमको प्रकाशन सञ्चालन गर्दै आएकोमा मन्त्री गुरुले संस्थानप्रति अभार प्रकाट गर्न भयो ।

This image has an empty alt attribute; its file name is Wam-News-5.png

कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले वाम्बुले लगायतको सबै राष्ट्रिय भाषालाई राज्यले गरेको विभेद र उपेक्षको गुनासो अबउप्रान्त नरहेको बताउनु भयो ।

संस्थानको कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र नेपालको पत्रकारिताको आधारशिलाको साथै जेठो र प्रतिष्ठित सरकारी स्वमित्वमा रहेको संस्थान मात्रै नभएर दक्षिण एसियाकै पहिलो बहुभाषीक समाचार प्रकाशन गर्ने सञ्चार गृह समेत सावित भएको भन्दै वाम्बुले भाषाको प्रकाशन थप गर्न पाउदा संस्थानको गरिमा अझ उच्च भएको भन्दै आगमी दिनमा गोरखा पत्रको स्तर र प्रभावको मूल्याङ्कनको लागि वाम्रास लगायतको भाषिक संस्थासंग सहकार्यगर्दै समुदायमा नै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालनगरि गोरखापत्रको प्रभावकारीतालाई अझ मजबुद बनाउन वाम्रास लगायतको राष्ट्र भाषा संस्थाको योगदान अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रममा वाम्रासको केन्द्रीय अध्यक्ष गजुरधन राईले वाम्बुले राई जातिले आफ्नो मौलिक भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धनको लागि २०४८/०४९ सालबाटै नै र वाम्बुले भाषाको पत्रिका, गीत, कविताको प्रकाशन तथा वृत्तचित्र र चलचित्र निर्माण अभियान प्रारम्भ गरेको एवं राज्यले पनि यसको जानकारी तथा दस्वेज राख्न आवश्यक रहेको भन्दै वाम्बुले भाषाको पत्रिका लिब्जु भुम्जु, राष्ट्रगान सर्जक माइलाको वाम्बुले कविता संग्रह बिउ अक्षेर लगायतको महत्वपूर्ण प्रकाशनहरू मन्त्री गुरुङलाई हस्तान्तरण गर्नु भयो ।

This image has an empty alt attribute; its file name is Wam-News-7.png

२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त नया गणतन्त्र नेपालको स्थापनासंगै गोरखापत्र संस्थानले नया नेपाल, समाबेशी प्रकाशन अभियान अन्तर्गत नेपालमा रहेको १४२ जातजातिले बोल्ने १२४ भाषालाई समाबेश गर्ने उदेश्यले विश्व आदिवासी दिवसको अवसरमा २०६४ साल श्रावण ९ गतेबाट प्रकाशन शुरु गरेको हो । संस्थानले शुरुमा नेपाल, तामाङ, मैथिली, लिम्बु र गुरुङ लगायत भाषाको प्रकाशन गरेको मध्ये वाम्बुले ४५औँ भाषामा परेकोछ ।

लोकार्पण समारोहमा वाम्बुले राई समाजको अध्यक्ष गुजरधन राई, राष्ट्रगान सर्जक व्याकुल माइला, नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरी क्याम्पा राई, बरिष्ठ पत्रकार लिब्जु भुम्जु पत्रिकाको प्रकाशक तथा सम्पादक गणेश राई, सामाजिक अभियन्ता मिलनकान्छा किराती, ब्याकुल माइला फाउण्डेशनका अध्यक्ष नानुकला राई, सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुले, पत्रकार श्याम राई, कवि सोनम सज्जन किराती, पत्रकार देविशा राई लगायत वाम्बुले समुदायको बाक्लो उपस्थिति थिए । वाम्बुले भाषा प्रकाशनको लागि संयोजक बरिष्ठ पत्रकार गणेश राई रहेकाछन भने सहसंयोजकमा पत्रकार श्याम राई रहेकाछन ।

This image has an empty alt attribute; its file name is image.png

भिडियो लिंक

ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
वाम्बुले राई कलाकार संघ गठन

वाम्बुले राई कलाकार संघ गठन

सानै उमेरमा म्यूजिक भिडियोमा जमेको वीनर राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In