Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home इतिहास

एक राजकुमारीको गुमनाम अन्त्य

April 8, 2024
in इतिहास
अधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी शाहको जन्म राजा त्रिभुवन र रानी कान्ति राज्यलक्ष्मीकी जेठी पुत्रीको रुपमा विक्रम संवत् १९७९ सालमा भएको थियो । मूल परेर जन्मेको कारणले परिवारलाई पीडा दिने योग रहेको भन्दै उनको पालनपोषण फुपू रमा राज्यलक्ष्मी राणाको घरमा भएको थियो ।
मूल परेर जन्मेको कारणले उनीसित विवाह गर्ने केटा नै पाइएन । बल्लबल्ल भारतको सिकर राज्यका राजकुमार हरदयाल सिंह उनीसित विवाह गर्न तयार भए । हरदयालले पहिल‍‍ो पत्नीसित पारपाचुके गरिसकेका थिए ।
२००४ साल माघमा राजकुमार हरदयाल सिंहसित विवाह गरेर त्रैलोक्य राज्यलक्ष्मी देवी शाह सिकर राज्यकी युवराज्ञी भएर राजस्थानको सिकर गइन् । उनी हरदयाल सिंहभन्दा ८ महिना जेठी थिइन् ।
तर यो जोडीबाट संतान भएन। अकस्मात २०११ साल असारमा राजकुमार हरदयाल सिंहको निधन भयो । ३२ वर्षको उमेरमैं त्रैलोक्य राज्यलक्ष्मी देवी सिंह बिधवा भइन् । उन‌ी १५ वर्षसम्म आफ्ना सासुससुराको सेवा गर्दै सिकरमैं बसिन् । उनको परिवारमा अरु सदस्य कोही थिएनन् ।
सासुससुराको निधनपछि राजकुमारी त्रैलोक्यले सिकर राजपरिवारको पुरै श्रीसम्पत्ति र दरवारलाई एउटा ट्रस्ट बनाएर दान गरिन् । सो ट्रस्टले संचालन गर्नेगरि उनले सिकरमा आफ्ना ससुरा र पतिको नाममा विद्यालय र अस्पताल खोलिन् ।
२०२७ सालमा उनले आफूलाई सिकरमा दुलहीको रुपमा भित्राउँदा जुन ठाउँमा यज्ञवेदी बनाइएको थियो त्यही ठाउँको एकमुठी माटो र साथमा १२ वर्षको एकजना धर्मपुत्र ल्याएर माइती देश नेपाल फर्किइन् । त्यतिखेर राजकुमारी त्रैलोक्य ४८ वर्षकी थिइन् । ६७ वर्षको उमेरमा २०४६ साल पुसमा उनको काठमाण्डौमैं निधन भयो ।
राजकुमारी त्रैलोक्यको धर्मपुत्र भएका तिनै बालक राव विक्रम सिंह नै श्री ५ युवराज्ञी हिमानीका पिता हुन् । राव विक्रम सिंहले १३ वर्षको उमेरमा बझाङकी कन्या विपुला सिंहसित बिबाह गरेका थिए । विपुला जयपृथ्वीबहादुर सिंहकी भतिजी पर्छिन् ।
#Khildhoj Thapa
#Khagendra Giri Kopila
Tags: एक राजकुमारीको गुमनाम अन्त्य
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

प्राचिन क्याम्पाचो जातिको गौरबमय इतिहास

April 4, 2024
Next Post
ADVICE TO ALL EMPLOYEES :

ADVICE TO ALL EMPLOYEES :

इत पर्वमा सार्वजानिक विदा

इत पर्वमा सार्वजानिक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In