Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

निर्वाचनको क्रममा ३ जनाको हत्या, दुर्घटना १४ जनाको मृत्यू, १० घाइते, १ जनाकोको मतदान गर्नसाथ मृत्यू

बैशाख ३० ।

May 14, 2022
in निर्वाचन विशेष
निर्वाचनको क्रममा ३ जनाको हत्या,  दुर्घटना १४ जनाको मृत्यू, १० घाइते, १ जनाकोको मतदान गर्नसाथ मृत्यू

सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकामा नेपाली कांग्रेसको कार्यकर्ताको आक्रमणबाट नेकपा ९माओवादी केन्द्र सोताङ काठमाडौ सम्पर्क समन्वय समितिका सचिव सुदिप राईको मृत्यू भएको समाचार प्राप्त भएको छ ।

यसैगरि उदयपुर जिल्लाको सोरोङ छविसे केन्द्रमा प्रहरी निरीक्षकले हानेको गोलीबाट १ जनाको मृत्यू भएकाछन भने १ जना घाइते भएकाछन ।

मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामासमेत हस्ताक्षर गर्दैगर्दा अकास्मात वाहिरबाट ढुगांमुढा गरि मतपेटिका लुट्न खोज्दा प्रहरीले जवाफी फाईरिङ्गमा गोली लागि १ जनाको घटना स्थलमै मृत्यू भएको उदयपुरको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताउनु भयो ।

मृतक कटुवाल नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन्।

प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ सख्त घाईते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।
अक्रमणकारीले प्रहार गरेको ढुङ्गामुडाबाट एकजना प्रहरी सक्त घाइते भएको उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी सुबासचन्द्र वोहोराले बताउनु भयो । घटना स्थल कटारीबाट २५ किलोमिट उत्तर भेगमा पर्दछ ।

यसैगरि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।

यसैगरि स्याङ्जाको वालिङ–१४ को अखर्ललाबासमा मतदाता बोकेको जीप दुर्घटना हँदा १४ जनाको ज्यान गएको छ । १० जना सक्त घाइते भएकाछन ।
मतदानको लागि मतदाता बोकेको ग २ च ३०२६ नम्बारको दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक पदम थापाले बताउनु भयो ।

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदानको क्रममा देशको विभिन्न स्थानमा झडप तथा तोड्फोड् भएका समाचार प्राप्त भएपनि विवरण आउन बाँकी छ ।

 

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: Election 2079votचुनावनिर्वाचन २०७९निर्वाचन विशेष २०७९भोटमत गणनास्थानीय चुनाब
ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
ज्ञानेन्द्रले लिए अग्रता

ज्ञानेन्द्रले लिए अग्रता

मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा लगातार कांग्रेस विजय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In