Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरी दिवसमा विनायो र सालमाया

श्रवण १५, काठमाण्डौँ ।

August 2, 2024
in कला/साहित्य
बासुरी दिवसमा विनायो र सालमाया

नेपालमा बजाइने विभिन्न लोक बाजाहरू मध्ये शुषीर बाद्यबादन अर्थात फुकेर बजाइने बाजाको श्रेणीमा राखिएको बासुरी नेपाली लोकसङ्गीतको क्षेत्रमा धेरै लोकप्रिय बाजा हो ।
वासबाट बनाइने बासुरी नेपाली लोक बाजामा जति प्रख्यात छ वाम्बुले समुदायमा अझ यसको विशेष लोकप्रियता छ ।

विशेष गरि युवा पुस्ताहरूको हर बखत आफ्नो साथमा नछुट्ने बासुरी बुढापाकादेखि बालक मात्रैै नभइ कतिपय वाम्बुले युवतीहरूलेहरूको समेत प्रिय बाजा बासुरी ।


मेलापात, घाउ दाउरा, बनजंगल जाँदा बखत एक्लै होस वा समुहमा बासुरीको सुमुधुर धुनसंगै युवायवतीले गाउने रामदले, लौमाया, सालमाय, मारुनी लगायत विभिन्न झ््याउरे भाकाले वाम्बुले समुदाय सदाबाहर रंगरसको उर्वरभूमि मानिन्छ ।

ओखलढुङ्गाको उबू चौरास अर्थात वाम्द्यय उद्गम स्थल मानिएको वाम्बुले समुदायको वर्तमान थातथलो ओखल्ढुङ्गा जिल्लाको लिब्जु र खोटाङ जिल्ला भुम्जु आसपास हुँदै दुधकोशी र सुनकोशी संगम स्थल वारिपरि उदपुर र सिन्धुली जिल्लाको सिमाना आसपासमा मुल थलोको रुपमा रहेको वाम्बुले खासगरि असार अन्तिम श्रावण १ गते लुतो फाल्ने चाडसंगै धान रोपाइमा होमिने भएकोले श्रावण १ गतेदेखि वाम्बुले समुदायमा नाचगान तथा बाजा बजाउन पुर्ण रुपमा बन्देज छ ।

हिन्दु परम्परा अनुसार सो अवधिमा भगवानले खिर खाना जमिन मुनी गुफा बसेको र देवीदेवतालाई गीत र बाजाले बाधा पुराउने भएकोले नबजाउने गरेको मिथक जोडे पनि वाम्बुले समुदाय मत फरक छ ।

खास गरि रोपाइ जस्तो अत्यधिक परिश्रम गर्नुपर्ने समयमा बासुरी र गीत गाउदा समय नष्ट हुन जाने भएको नाचगान बन्देज गरिएको वाम्बुले सस्कृतिकर्मीहरूको भनाइ छ ।
मिथकमा रुपमा जोडिएको धार्मिक अर्थात देवीदेवता गुफा बस्छन र उनीहरूलाई बाधा पुग्छ भन्ने कुरा यो कारणले पनि असान्दर्भिक छ कि कतिपय वाम्बुले समुदायलेको मनाउने वेथी प्रथा अर्थात नौमति वा पञ्चै बाजा सहित रोपाइ गर्ने प्रथा अझै बेलाबखत देख्न पाइन्छ ।

रोपाइको क्रममा कोहीकोही त्यतिकै रौसिएर २,४ चरण लोकभाका गाउने प्रथा छदैँछ । तर बासुरीको सन्दर्भमा भने साउन १ देखि १५ गतेसम्म पुर्ण रुपमा बन्देज लगाइएको परापुर्वक कालदेखि नै हो ।

बासुरी दिवस अर्थात साउन १५ लाई बासुरी दिवसको रुपमा मान्न अगुवाइ गर्ने कार्याक्रम संयोजक, वाम्रास केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राईले बासुरी दिवसबारे आफ्नो मौलिक चाड र बाजालाई चिनेर यसको संरक्षण सम्मान तथा भावी पुस्तालाई यसबारे अझ चासो बढाइ मौलिक चाड पर्व, बाजा गाजा, संस्कार र रितिरिवाजलाई बजाउन पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न र नया पुस्तामा मौलिक चाड र बाजाहरूप्रति चेतनाको विकास र संरक्षणमा जागरणको लागि यो पहल गरिएको बताउनु भयो ।

बासुरी दिवस राईको पहलमा वाम्रास केन्द्र र निज राईको जन्म स्थान ओखलढुङ्गा जिल्लाको हिलेपानी समेत साउन १५मा बासुरी दिवस मनाइन्छ । हिलेपान राष्ट्रगान सर्जक व्याकुल माइलाको समेत जन्म स्थान समेत हुन ।
आठौँ उत्सवको रुपमा मानिएको बासुरी दिवसमा यस वर्षदेखि विनायो तथा सालमाया लौमाया, रामदले लगायतको वाम्बुले लोक भाकाहरू समेतको प्रस्तुति बासुरी दिवसलाई थप रोचक र आकार्षक बनाएको छ ।
वाम्रास केन्द्रद्धारा आयोजित कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणी हार्तम्छाली प्रमुख अतिथ्यमा सम्पन्न कार्याक्रममा राष्ट्रगान सर्जक व्याकुल माइला, वाम्रास केन्द्रीय गजुरधन राई लगायत संस्थाको पदाधिकारी तथा वाम्बुले समुदायको बाक्लो उपस्थितिमा वाम्रास केन्द्रको भवन ललितपुर स्थित इमाडोल नया वस्तिमा सम्पन भएको हो ।
कार्यक्रम उपस्थित प्रमुख अतिथि कुपति हार्तम्छाली, सर्जक माइलाले बासुरी बारे आफ्नो धारण समेत व्यक्त गरे ।

खासगरि वाम्बुले युवाहरूले बासुरी र युवतीहरूले विनायो अत्यन्त लोकप्रिय बाजा मात्रै नभइ प्रिय वस्तु नै हुन । बासुरी र विनायोको अतिरिक्त सालमाया, रामदले लगायतको भाकाको गीत समेत गाएर यस वर्षको बासुरी दिवस २०८१ अत्यन्तै रोचक र मनोरञ्जनाको साथ मनाउदै अमान्त्रित प्रमुख तथा विशेष अथिति लगायत कार्याक्रममा उपस्थित पाहुनाहरूको सत्कार र सम्मानको लागि खिरको समेत व्यवस्थाले कार्यक्रमलाई सुनमा सुगन्ध थपेर थप आकार्षित बनाएको छ ।

बासुरीको उत्पति र इतिहास

बासुरीको उत्पति र इतिहासको खोजिको क्रममा यो बाजा विशेषगरि हिन्दु धर्मलमबीको अनुसार भगवान श्रीकृष्णको लोकप्रिय बाजाको रुपमा प्रस्तुत गरिएको र भगवान श्रीकृष्णले नै यसको सृजना गरेको कतिपय हिन्दु धर्मलम्बीले बताएपनि बासुरीको इतिहास र उत्पति भगवान श्रीकृष्णको काल अबधि सुरु हुनुभन्दा हजारौँ वर्ष पहिले देखि नै आदिवासी समुदायमा यसको प्रयोग भएको पुरातात्विक तथ्य फेला परेको छ ।


शुरुमा जंगली जनवारको हड्डीलाई ठाउठाउमा प्वल पारेर बजाउन शुरु गरिएको बासुरी विस्तारै रुखको हाँगा र जाराभित्रको भाग फालेर खोक्रो बनाइ बजाउन थालियो । कालन्तरमा बास टुप्पोको भागबाट बनाउन शुरु गरिएका् पाइन्छ ।
खास गरि युरोपको आदिवासीले हड्डीको बासुरी बजाउने गरेको र सो बासुरी एसिया मुलुकसम्म आइपुग्दा बासमा परिणत भएको पुरातत्वविद्हरूको अनुसन्धानबाट खुलेको छ ।

श्रीकृष्णको अत्यन्तै लोकप्रिय बाजाको रुपमा प्रस्तुत गरिएको बाउसुरी श्रीकृष्णलाई समेत एकजना स्थानीय आदिवासी बालसखाले उपलब्ध गराएपछि बासुरी बजाउन थालेको रोचक तथ्य समेत फेला परेको छ ।

बासुरीको पुरातात्विक इतिहास खोजिको क्रममा स्लोभेनियमा भालुको हड्डीबाट बनेको ४ वटा प्वाल भएको ४३ हजार वर्ष पुरानो बासुरी फेला पर्नुले यसको उत्पत्तिबारे रहस्यमय बन्दै गएको छ । यस भन्दा अगाडि जर्मनको एउटा गुफमा ३५ हजार वर्ष पुरानो हड्डीको बासुरी भेटिएको थियो ।

पुरातत्वविद्को अनुसार पेलियोलिथिक युगमा युरोपमा जनवारको हड्डीलाई बाजाको रुपमा प्रयोग गरिएको र यसैको विकसित रुप बासुरी भएको धारण छ ।

Tags: बासुरी दिवसमा विनायो र सालमाया
ShareTweet

Related Posts

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
Next Post
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In