Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

महासचिव भाकपा (माओवादी) 2

May 23, 2025
in एभरेष्ट टेलिभिजन नेटवर्क
महासचिव भाकपा (माओवादी) 2

हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिव भाकपा (माओवादी) 2
भारतमा क्रान्तिकारी युद्धका विशिष्ट विशेषताहरूका आधारमा सैन्य रणनीति दीर्घकालीन जनयुद्ध हुनेछ । यसको अर्थ हो-कमरेड माओले भनेजस्तै, दुस्मन अपेक्षाकृत कमजोर भएका ग्रामीण क्षेत्रमा क्रान्तिकारी आधार क्षेत्रहरू स्थापना गर्ने र शत्रु सेनाका लागि किल्ला भएका सहरहरूलाई क्रमशः घेरा हालेर कब्जा गर्ने।

राष्ट्रिय मुक्ति र नयाँ जनवादी क्रान्तिकारी सम्पन्न गरेर जमीन जोत्नेको नीतिका आधारमा बिना मुआब्जा जमिनदारको जग्गा कब्जा गर्ने र कृषि मजदुर, गरिब किसान र निम्न-मध्यम वर्गका किसानलाई बाँड्ने जस्ता राष्ट्रिय मुक्ति र जनवादी क्रान्तिकारी कार्य पूरा गर्न सक्छौं । साम्राज्यवादी बहुराष्ट्रिय सङ्घ-संस्था, जमिन्दार, दलाल नोकसाही पुँजीपति र सरकारी संस्थाहरूको कृषि सम्पदा र अन्य सम्पति कब्जा गर्ने ; क्रान्तिकारी जनताको सरकारलाई राष्ट्रियकरण गर्ने, ‘कृषिमा आधारित र उद्योगलाई नेतृत्वमा राख्ने’, ‘दुई खुट्टामा हिँड्ने’ सिद्धान्तमा आधारित क्रमिक नीतिमा आधारित भएर मुलुकलाई औद्योगिकीकरण गर्ने, सहकारी कृषि आन्दोलन र कृषि सहकारी संघहरूलाई प्रोत्साहन र विकास गर्ने; साम्राज्यवादी उद्यमहरू, कम्पनीहरू, दलाल नोकरसाही पुँजीपति कम्पनीहरू र सरकारी भूमिहरू राष्ट्रियकरण गर्ने, उनीहरूको सम्पत्ति र बैंक जफत गर्ने, स्वदेशी तथा विदेशी ऋण र असमान सम्झौता खारेज गर्ने र बेरोजगारी उन्मूलन गर्ने हाम्रो नीति हुनेछ । यसरी मात्र हामी नयाँ जनवादी क्रान्तिकारी कार्यभार पूरा गर्न सक्छौं ।

प्रश्न : अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सामना गर्ने एउटा प्रमुख समस्या भनेको संशोधनवादको समस्या हो। संशोधनवाद धेरै रूपहरूमा आउँने गरेको छ : ट्रट्स्कीवाद, ख्रुश्चेब्वाद,, चुनाववाद र देंगवाद यस्ता केही मात्र हुन्। भारतमा संशोधनवाद कत्तिको ठूलो समस्या हो, कुन कुन पार्टीहरूलाई संशोधनवादी प्रकृतिक पार्टीका रूपमा लिनुहुन्छ भाकामा (माओवादी) ले भारतमा संशोधनवादसँग कसरी लडिरहेको छ ?

उत्तर: हो । तपाईंले भन्नुभएझैं अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गरिरहेको एउटा ठूलो समस्या संशोधनवाद हो। मार्क्सवाद सर्वहारा वर्गको सैद्धान्तिक हतियारको रूपमा अस्तित्वमा आएपछि संशोधनवाद मार्क्सवादकै नाममा विभिन्न रूपमा आएको छ । यो अझै पनि आउँदैछ र भविष्यमा पनि भइरहने छ । विश्व समाजवादी क्रान्तिको सफलता र साम्यवादको स्थापना नभएसम्म संशोधनवादको खतरा उत्पन्न भइरहने छ । यो जुनसुकै रूपमा पनि देखिने छ , यसको सैद्धान्तिक उत्पत्ति पुँजीवादी/निम्न- पुँजीवादी विचारधारामा निहित हुन्छ।
संशोधनवादीहरूको स्वार्थले सर्वहारा वर्ग र श्रमिकहरूको हितलाई हानि पुऱ्याउँछ र पुँजीपति वर्गको हितलाई सघाउ पुर्याउँछ । यसरी संशोधनवादी अभ्यासले विरोधी वर्गहरूलाई नष्ट गर्न र सशस्त्र क्रान्तिको लागि तयार हुन वा नेतृत्व गर्न मद्दत गर्दैन, यसको उल्टो, विद्यमान समाजको अस्तित्व र यथास्थितिलाई नै सहयोग पुर्याुउँछ। क्रान्तिको समयमा र त्यस पछि पनि सर्वहारा वर्ग र पुँजीपति वर्गका बीचमा यस्ता प्रवृत्तिहरू रहुन्जेलसम्म सर्वहारा पार्टीमा पनि यस्ता प्रवृत्तिहरू द्वन्द्वका रूपमा विभिन्न रूपहरूमा प्रकट हुने गर्छन् । हामीले सिङ्गो पार्टी-पंगतीलाई राजनीतिक रूपमा प्रशिक्षित पार्नु पर्छ र जनतामा पनि कम्युनिस्टहरू समाजको लागि आवश्यक हुँदासम्म विभिन्न रूपहरूमा संशोधनवादको खतरा रहिरहन्छ भन्ने राजनीतिक चेतनाको विकास गर्नुपर्छ । हामीले संशोधनवादविरुद्ध लड्ने पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्छ । हामीले उपयुक्त कार्यदिशा र नीतिका साथ राजनीतिक सत्ता कब्जा भएका देश/देशहरूमा समाजवादी जनतन्त्रलाई सर्वहारा अधिनायकत्व अन्तर्गत ठूलो शक्तिमा रूपान्तरण गर्न धेरै सांस्कृतिक क्रान्तिहरू सम्पन्न गर्नु आवश्यक छ ।

मार्क्स-एंगेल्सदले मार्क्सवादको सर्वहारा क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नुभयो । त्यसपछिका दिनहरूमा एकातिर पुँजीवादी सिद्धान्तहरूले मार्क्सवादमाथि आक्रमण गरिरहेका छन् भने अर्कोतर्फ आफूलाई मार्क्सवादी दाबी गर्ने र त्यसलाई विभिन्न रूपमा विकृत गर्ने र यसको सारको विरोध गर्ने काम पनि इतिहासमा निरन्तर रूपमा भएका छन् ।

उन्नाइसौं शताब्दीको अन्तिम दशकको अन्त्यसम्ममा मार्क्सवादले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सबै पुँजीवादी र निम्न-पुँजीवादी अवसरवादी प्रवृत्तिहरूलाई पराजित गर्दै अन्तर्राष्ट्रिय सर्वहारा वर्गको वैज्ञानिक सिद्धान्तको रूपमा सुनिश्चित स्थान हासिल गर्यो। मार्क्स-एंगेल्सले झण्डै आधा शताब्दीसम्म यी प्रवृत्तिहरूका विरुद्ध निर्मम सङ्घर्ष गरेर तिनीहरूलाई पराजित गर्नुभएको थियो ।

पुँजीवाद एकाधिकार पुँजीवाद-साम्राज्यवादमा परिणत भएपछि रुसी क्रान्ति र विश्व सर्वहारा क्रान्तिको ठोस अभ्यासका क्रममा मार्क्सवादका आधारभूत सिद्धान्तहरूको सृजनात्मक प्रयोगको प्रक्रियामा विभिन्न किसिमका संशोधनवादीहरू— उदाहरणका रूपमा बर्नस्टाइन, नारोदनिक, अर्थवादीहरू, मेन्सेविक, कानुनी मार्क्सवादी, लिक्विडेटर, काउत्स्की, ट्रटत्स्की र प्लेखानोभका विरुद्ध सैद्धान्तिक, राजनीतिक सङ्घर्ष गर्ने क्रममा लेनिन जस्ता खाँटी मार्क्सवादीले मार्क्सवादको सर्वहारा विज्ञानको संरक्षण गरेर यसलाई समृद्ध, नयाँ र उच्च चरणमा पुर्याीउनु भयो । यसरी यो मार्क्सवाद-लेनिनवादमा विकसित भयो। लेनिनले संशोधनवादीहरूलाई सर्वहारा आन्दोलनको पङ्क्तिमा लुकेका साम्राज्यवादका एजेन्टहरू मान्नुहुन्थ्यो। तिनको आलोचना गर्दै लेनिन तिनका विरुद्ध निरन्तर लड्नुभयो ।

कमरेड स्टालिनले सोभियत कम्युनिस्ट पार्टीमा लुकेका ट्रट्स्कीवादी, जिनोभियनवादी, बुखारिनवादीहरूका साथै पुँजीवादी दलाल र विभिन्न प्रकारका अवसरवाद विरुद्धको सङ्घर्षमार्फत मार्क्सवाद-लेनिनवादको संरक्षण र विकास गर्नुभयो।

कमरेड माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ क्रान्तिको प्रक्रियामा ‘वाम’, दक्षिणपन्थी र अवसरवादी प्रवृत्तिका विरुद्ध दशवटा आन्तरिक सङ्घर्ष गर्यो र तिनीहरूलाई पराजित गर्योय। यसले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको निर्माण गर्यो । यसरी यसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक, अवस्थालाई हटाएर ती देशहरूमा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिका लागि बाटो देखायो। यसले दीर्घकालीन जनयुद्धको बाटोको विकास गर्यो । यस प्रक्रियामा संशोधनवाद विरुद्धको सङ्घर्षमा अन्तर्राष्ट्रिय स्तरमा सङ्घर्षको एक हिस्साको रूपमा यसले साम्राज्यवादी दलाल टिटो र तोग्लियाट्टी र थोरेज जस्ता संशोधनवादीहरू विरुद्ध लडेर मार्क्सवाद-लेनिनवादको संरक्षण र विकास गर्यो।

यसले ख्रुश्चेवको आधुनिक संशोधनवाद विरुद्ध कमरेड माओको नेतृत्वमा महान् बहसको माध्यमबाट अन्तर्राष्ट्रिय सैद्धान्तिक सङ्घर्षको नेतृत्व गर्योे। महान् बहसले संशोधनवाद विरुद्ध लडिरहेका सच्चा सर्वहारा क्रान्तिकारी शक्तिहरूलाई विश्वभर मार्क्सवादी-लेनिनवादी सिद्धान्तका आधारमा नयाँ मार्क्सवादी-लेनिनवादी पार्टीहरू निर्माण गर्न मद्दत गर्योी र अगाडि बढ्नका लागि बाटो सहज बनायो। यस अवधिमा कमरेड माओले कट्टर संशोधनवादी लिउ साओ-चीको नेतृत्वमा पुँजीवादी पथगामीहरूको आधुनिक संशोधनवादीहरूको मुख्य केन्द्रविरुद्व दुई लाइन सङ्घर्षको नेतृत्व गर्नुभयो । आधुनिक संशोधनवादको विरुद्धमा कमरेड माओको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई अघि बढायो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कम्युनिस्ट पार्टीहरूभित्र संशोधनवाद विरुद्धको सैद्धान्तिक, राजनीतिक सङ्घर्षलाई गम्भीर बनाउन उत्प्रेरकको रूपमा मद्दत गर्योि। चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा माओसँगै अग्रपंक्तिमा उभिएका लिन पियाओले माओ विचारको आवरणमा वामपन्थी शब्दावली फलाके पनि केही समयमै संशोधनवादी लाइन अंगालेर देशद्रोही ढङ्गले सत्ता कब्जा गर्ने दुस्प्रयास गर्यो, उनी षड्यन्त्रकारी प्रमाणित भए । कमरेड माओको निधनपछि हुवा-देङ आधुनिक संशोधनवादी गुटले प्रतिक्रान्तिकारी षड्यन्त्रको नेतृत्व गर्दै सत्ता कब्जा गर्योद र समाजवादको ठाउँमा चिनियाँ पुँजीवाद र समाजवादी राज्यको ठाउँमा नोकरसाही पुँजीवादको पुनर्स्थापना गर्योग। रुसपछि चीनमा संशोधनवादले जरा गाड्न थालेपछि विश्वका धेरै देशका कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी अवसरवादी र संशोधनवादी पार्टीमा परिणत भए । कतिपय देशमा उठेको क्रान्तिकारी आन्दोलन पनि विसर्जनको स्थितिमा पुग्यो ।

देङको आधुनिक संशोधनवादी लाइनले हाम्रो देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई पनि चरम नोक्सान पुर्यायो । विशेष गरी विनोद मिश्रको नेतृत्वमा रहेको भारतीय कम्युनिस्ट पार्टी (एमएल) लिबरेशन देङवादी संसोधनवादी पार्टीमा परिणत भयो । पहिलेको UCCRI ML बाट छुट्टिएको DV समूह पनि देङवादी संशोधनवादी विभाजित समूह हो। हाम्रो पार्टी र विश्वका धेरै माओवादी पार्टी र शक्तिहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ऐतिहासिक शिक्षालाई आत्मसात गरे र मार्क्सवाद-लेनिनवाद-माओवादको सबैभन्दा शक्तिशाली हतियारले देङको आधुनिक संशोधनवादको तीव्र आलोचना र भर्त्सना गरे। यी क्रान्तिकारी पार्टीहरू माओवादको आवरणमा रहेको संशोधनवाद र संशोधनवादका सबै स्वरूपसहित देङको प्रभावमा रहेका विभिन्न रूपका संशोधनवादीहरूविरुद्ध पनि लडिरहेका छन्।
पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को प्रचण्ड-भट्टराई गद्दार गुटले प्रचण्ड पथ’ को धारणा अघि सार्यो । बब अवाकियनको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिकाले अर्को आधुनिक संशोधनवादी सिद्धान्त अवाकियनवाद अघि सार्यो । हाम्रो पार्टीलगायत विश्वका थुप्रै माओवादी पार्टी र शक्तिहरूले यी दुवै प्रवृत्तिको विरोधमा सैद्धान्तिक भण्डाफोर गरेका छन् ।

‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्ने नक्कली नारा दिएर भ्रम दिइरहेको चिनियाँ सामाजिक-साम्राज्यवादको संशोधनवाद र नक्कली समाजवादलाई हामीले विशेष रूपमा भण्डाफोर गर्नुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीका नाममा सत्तामा रहेका भियतनाम, क्युवा र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरू, आधुनिक संशोधनवादी पार्टीहरू र आफ्नो देशमा र अन्तर्राष्ट्रिय रूपमा सर्वहाराको अन्तर्राष्ट्रिय झण्डा माथि नउचाल्ने, समाजवाद लागू नगर्ने, समाजवादको लागि प्रयास नगर्ने आधुनिक संशोधनवादी पार्टीहरू विश्व समाजवादी क्रान्तिको सफलताका लागि वास्तविक कम्युनिस्ट पार्टीहरू हुन सक्दैनन्। अवसरवादी पार्टीका रूपमा उनीहरूले पुँजीवादी व्यवस्थालाई नै जारी राख्न सहयोग पुर्याउँछन् । हामीले यी पार्टीहरूको अवसरवादलाई भण्डाफोर गर्नुपर्छ । यसरी हामीले विश्वका जनतामा कुन सही क्रान्तिकारी पार्टी हो होइन भन्ने कुराको क्रान्तिकारी संचेतना र जागरुकताको विकास गर्नुपर्छ । हाम्रो पार्टी कार्यक्रमले सर्वहारा अन्तर्राष्ट्रियता र मुलुकहरूबीचको सम्बन्धको बारेमा सही मार्क्सवादी अडानको घोषणा गरेको छ ।

हाम्रो देशको कुरा गर्दा, हाम्रो पार्टी संशोधनवाद र नवसंशोधनवाद विरुद्धको सैद्धान्तिक, राजनीतिक सङ्घर्षका बीचबाट निर्माण भएको हो । पार्टीभित्र र बाहिर देखापरेका दक्षिणपन्थी, वामपन्थी दुस्साहसवादी र थुप्रै प्रकारका अवसरवाद र संशोधनवादका विरुद्ध लडेर नै हाम्रो पार्टी अहिलेको अहिलेको अवस्थामा पुगेको हो ।

सन् १९१७ मा महान् मार्क्सवादी शिक्षक लेनिनको नेतृत्वमा रुसमा भएको महान् अक्टोबर क्रान्तिको सफलतापछि मार्क्सवादी-लेनिनवादी सिद्धान्त हाम्रो देशमा लोकप्रिय भयो । क्रान्तिको सैद्धान्तिक प्रभाव र ब्रिटिश साम्राज्यवाद विरुद्ध सर्वहारा वर्गको विरत्त्वपूर्ण जुझारू वर्ग सङ्घर्षको परिणामस्वरूप भारतीय कम्युनिस्ट पार्टी (CPI) सन् १९२५ मा गठन भएको थियो। धेरै अवसर आए पनि तत्कालीन पार्टी नेतृत्वले अँगालेको गलत कार्यदिशाका कारण राष्ट्रिय मुक्ति-जनवादी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेन । कम्युनिस्ट पार्टीले गान्धीवादी, पुँजीवादी, सामन्ती नेतृत्वको वास्तविक वर्ग प्रकृतिलाई चिन्न सदैव अस्वीकार गर्यो। त्यसैले यो क्रान्तिको वास्तविक मार्ग अँगाल्न र क्रान्तिकारी पहल गर्न र नेतृत्व लिएर लड्न असफल भयो । फलस्वरूप यसले दलाल पूँजीवादी वर्गलाई राष्ट्रिय पुँजीपति वर्गका रूपमा गलत रूपमा बुझ्यो, गान्धीवादी नेतृत्वको पुच्छर भयो र मार्क्सवाद-लेनिनवादको विश्वव्यापी सत्यलाई भारतीय क्रान्तिको ठोस अभ्याससँग जोड्नको लागि वास्तविक कार्यनीति-रणनीति अँगाल्न इच्छुक देखिएन । नेतृत्वमा रहेकाले भारतीय समाजमा वर्गहरूको विश्लेषण गर्ने सन्दर्भमा गम्भीर गल्तीहरू गरे। लडाकुको रूपमा रहेको व्यापक जनसमुदाय, विशेष गरी किसानहरूसँग रहेको क्षमताको पहिचान गर्न नेतृत्व तह गम्भीर रूपमा असफल भयो। यसले कामरेड माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सफलतापूर्वक अगाडि बढेको चिनियाँ क्रान्तिबाट पाठ सिक्न र त्यसले अँगालेको दीर्घकालीन जनयुद्धको बाटो र त्यसका महान् अनुभवहरूलाई हाम्रो देशको ठोस परिस्थितिमा रचनात्मक रूपमा लागू गर्न अस्वीकार गर्योा। राष्ट्रिय मुक्ति आन्दोलनमा राजनीतिक सत्ता कब्जाका लागि यसले सशस्त्र सङ्घर्षको बाटो लिएन ।

त्यतिबेलादेखि नै भारतमा वस्तुगत क्रान्तिकारी अवस्था निकै अनुकूल भइसकेको हो । तर कम्युनिस्ट पार्टीको अवसरवादी नेतृत्वले सशस्त्र राष्ट्रिय मुक्ति र जनतन्त्रका लागि दीर्घकालीन जनयुद्धको सही बाटो लिन सधैं अस्वीकार गर्यो । वास्तवमा कम्युनिस्ट पार्टीको नेतृत्वले साम्राज्यवाद विरोधी लडाकु आन्दोलनलाई अन्यत्र मोड्न पुँजीपति वर्गलाई सघाउ पुर्यायो । कम्युनिस्ट पार्टी काँग्रेससँगको अवसरवादी गठबन्धनमा प्रवेश गर्योर, संयुक्त मोर्चामा स्वतन्त्र पहल थिएन, एकताबाट सबै कुरा सम्भव छ भन्ने महसुस गर्योठ र क्रान्तिकारी जनतालाई गान्धी नेतृत्वको पुच्छरका रूपमा परिणत गर्यो । यो बाहेक, कम्युनिस्ट पार्टी नेतृत्वले ठूलो तेलंगना किसान सशस्त्र सङ्घर्षलाई पनि धोका दियो र संसदको उपयोगका नाममा संसदवाद र संसोधनवादको दलदलमा फस्यो। वास्तवमा, कृषि क्रान्तिलाई अगाडि बढाउन वस्तुगत अवस्था अभूतपूर्व रूपमा अनुकूल थियो र यसमा कमरेड माओले देखाएको महान् दिर्घकालीन जनयुद्ध र चिनियाँ क्रान्तिको सफलताको बाटो सामुन्नेमा थियो, तर तिनीहरूले अरू नै व्यवहार देखाए । र पनि कम्युनिस्ट पार्टीका योद्धा पङ्क्तिले सङ्घर्षरत जनतासँग हात मिलाए र थुप्रै क्रान्तिकारी सङ्घर्षको नेतृत्व गरे। विश्व समाजवादी क्रान्तिको एक हिस्साको रूपमा भारतमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्य प्राप्त गर्न हजारौं कमरेडहरूले आफ्नो बहुमूल्य जीवन अर्पण गरेका छन् ।

भारतमा क्रान्तिकारी पङ्क्तिको प्रतिनिधित्व गर्ने वास्तविक क्रान्तिकारी शक्तिहरू, CPI ले नेतृत्व गरिरहेको नेतृत्वको गलत दक्षिणपन्थी अवसरवादी, संशोधनवादी कार्यदिशा र र पछि आधुनिक संशोधनवादी CPI (M) सँग लडे। सन् १९५० को अन्त्य र ६० को दशकमा यो सङ्घर्षले नयाँ आयाम प्राप्त गर्यो। ख्रुश्चेवको नेतृत्वमा रहेको सोभियत आधुनिक संशोधनवादको विरुद्धमा कमरेड माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको महान् बहस यस नयाँ सुरुवातको प्रतीकको रूपमा देखा पर्यो । महान् बहसले उच्च रूप लिंदै गएपछि यसले सिंगो पृथ्वीलाई हल्लाउने चिनियाँ महान् सर्वहारा क्रान्तितर्फ डोर्यायो र यसपछि आधुनिक संशोधनवादी CPI (M) नेतृत्वको विरुद्धको सङ्घर्ष झन् तीव्र हुँदै पार्टी विच्छेदको अवस्थासम्म पुग्यो । चिनियाँ महान् सर्वहारा क्रान्तिको सुरुवात यस प्रक्रियाको लागि कोसेढुङ्गा साबित भयो । यस प्रक्रियाको प्रत्यक्ष प्रभावमा सुरुमा अन्तरिक रूपमा CPI को संशोधनवाद र पछि CPI (M) नेतृत्वको आधुनिक संशोधनवाद विरुद्धको सङ्घर्षको प्रतिनिधित्व गर्ने शक्तिहरूले मार्क्सवाद-लेनिनवाद-माओ विचार (अहिलेको माओवाद) लाई सैद्धान्तिक रूपमा समर्थन गरे र त्यो भन्दा पनि महत्त्वपूर्ण रूपमा यसलाई आफ्नो क्रान्तिकारी अभ्यासमा अघि बढाए । भाकपा (मार्क्सवादी) को सातौं महाधिवेशनमा कमरेड चारु मजुमदार, कमरेड कन्हाइ चटर्जी र पहिलो तहका वरिष्ठ नेताहरू र माओवादी शक्ति ठूलो संख्या मञ्चमा आएर भाकपा (मार्क्सवादी) को सातौं महाधिवेशनको कार्यक्रमलाई संशोधनवाद भन्दै भ्रत्सना गरे। कामरेड चारु मजुमदारको नेतृत्वमा सन् १९६७ को मेमा भएको महान् नक्सलबारी विद्रोहसँगै ‘स्प्रिङ थन्डर इन इन्डिया’ को सुरुवात भयो। त्यसयता हाम्रो देशको कम्युनिस्ट आन्दोलनको इतिहासले पहिलो पटक नयाँ गुणात्मक मोड लियो । संशोधनवादलाई ठूलो मात्रामा पर्दाफास गर्ने र त्यसबाट स्थायी रूपमा सम्बन्ध विच्छेद गर्ने मात्र नभएर पहिलो पटक दिर्घकालीन जनयुद्ध मार्फत राजनीतिक सत्ता कब्जा गर्ने उज्ज्वल मार्ग, मालेमाको बाटो कमरेड माओले पहिले नै अघि सारेको बाटोको सचेत प्रयोगको प्रतीकको रूपमा पार्टीले आफूलाई उपस्थित गरायो ।

यसरी मार्क्सवाद-लेनिनवाद-माओवाद भारतका संशोधनवादीहरू र वास्तविक क्रान्तिकारीहरू बीचको सैद्धान्तिक राजनीतिक सीमारेखाका रूपमा खडा भयो । नक्सलबारी विद्रोहले देशका करिब दश राज्यमा विभिन्न तहमा सशस्त्र किसान सङ्घर्षलाई प्रेरित गरेको थियो। यस प्रक्रियामा वास्तविक क्रान्तिकारीहरूले सन् १९६९ मा दुई मुख्य क्रान्तिकारी धाराका रूपमा आफूलाई सङ्गगठित गराएका थिए – भाकपा (माले) र माओवादी कम्युनिस्ट केन्द्र (एमसिसि ) । भाकपा (माले) को आठौं महाधिवेशन सन् १९७० मा भएको थियो । तर, केही समय पछि नै विघटनकारी सत्यनारायण सिंहले सन् १९७१ मा आफ्नो दक्षिणपन्थी अवसरवादी प्रवृत्तिका कारण पार्टी फुटाए । पश्चिम बङ्गाल प्रहरीले २८ जुलाई १९७२ मा चारु मजुमदारलाई गिरफ्तार गरी प्रहरी हिरासतमा हत्या गरेको थियो। केन्द्रीय कमिटी र सिपिआई (एमएल) को विभिन्न राज्य समिति र पार्टीका धेरैजसो नेतृत्वहरू कोही सहिद भए, कोही गिरफ्तार भए र छरपस्टको स्थिति बन्यो । पार्टी केन्द्रविहीन हुँदा सांगठनिक रूपमा निकै कमजोर भयो । केही सैद्धान्तिक अन्योल थियो । भाकपा (माले) पटक पटक फुट्यो । धेरै दल/समूह बने । पक्राउ नपरेका केन्द्रीय तहका नेता र सम्बन्धित प्रदेश नेतृत्वले आ-आफ्नो बुझाइअनुसारको सिद्धान्त र राजनीति अनुसार काम गरे । यस अवधिमा दक्षिणपन्थी र वाम दुस्साहसवादी धेरै प्रवृत्तिहरू सतहमा आए। समयक्रममा एकातिर सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुने प्रयासहरू भए भने भने अर्कोतिर विभाजन र नयाँ समूहहरूको गठनका प्रक्रिया पनि चले ।

आन्दोलनले केही समयका लागि धक्का खाए पनि क्रान्तिकारी आन्दोलन क्रमशः बलियो हुँदै गयो र धेरै आरोहअवरोहका बीचमा अगाडि बढ्दै गयो । विगतका अनुभवबाट पाठ सिकेर र सिपिआई (एमएल) र एमसिसिको नेतृत्व ठूलो त्याग गर्दै शत्रु दमनको साहसपूर्वक सामना गर्दै अघि बढे । यी दुवै माओवादी क्रान्तिकारी धाराहरूले क्रान्तिको सही मार्गमा अधारित भएर भित्र र बाहिरका विभिन्न प्रकारका अवसरवादका विरुद्ध क्रान्तिको पक्षमा दृढतापूर्वक सङ्घर्ष गरेका छन् र भारतीय कम्युनिस्ट आन्दोलनका सबै क्रान्तिकारी पक्षहरूको विरासतलाई निरन्तरता दिएका छन् ।

अर्कोतर्फ दुई मुख्य क्रान्तिकारी धाराहरूले छुट्टाछुट्टै पार्टी/समूह, वर्ग र व्यक्तिको रूपमा काम गरिरहेका वास्तविक क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने अभियानलाई पनि निरन्तरता दिए । फलस्वरूप भारतीय सर्वहारा अग्रगामी शक्तिको एकल केन्द्रका रूपमा २१ सेप्टेम्बर २००४ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भयो। भारतीय क्रान्तिको इतिहासमा यो अत्यन्त महत्त्वपूर्ण कार्य थियो। त्यसै गरी ०१ मे २०१४ मा भारतीय कम्युनिस्ट पार्टी (एमएल) नक्सलबारी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) बीच एकता भएपछि भारतका विभिन्न क्रान्तिकारी पार्टी र समूहहरूको एकताप्रक्रिया पूरा भएको छ ।

अब म तपाईंलाई अहिलेको परिस्थितिमा भारतका विभिन्न वामपन्थी दलहरूप्रति हाम्रो पार्टीको अडानको जानकारी गराउँछु।

पार्टीको आजको मुख्य सैद्धान्तिक कार्य भनेको उत्तर-आधुनिक प्रवृत्तिहरू र विशेष गरी संशोधनवादी प्रवृत्तिहरूलाई सैद्धान्तिक रूपमा सामना गर्नु र पराजित गर्नु हो । हाम्रो पार्टीले सैद्धान्तिक र राजनीतिक रूपमा संशोधनवाद विरुद्ध लड्न सकेन भने देशमा नयाँ जनवादी क्रान्ति पूरा गर्न असम्भव हुनेछ । विभिन्न संशोधनवादीहरूले क्रान्तिका अग्रगामी तह र तप्कालाई क्रान्तिको बाटोबाट विचलित पार्न खोजिरहेका छन् । उनीहरूले क्रान्तिकारी जनतालाई आफ्ना उत्तर-आधुनिकतावादी, संशोधनवादी विचारधाराका साथ संसदीय, कानुनी र शान्तिपूर्ण बाटोमा मोड्न खोजिरहेका छन्।

केरला र पश्चिम बंगालमा सिपिआई र सिपिआई (एम) को ‘वाम गठबन्धन’ सत्तामा हुँदा, केन्द्र र राज्यहरूमा उनीहरूको समर्थनमा सरकार गठन गर्न, शासक वर्ग पार्टीहरू-साम्राज्यवादी तानासाही, दलालपरस्त पार्टीहरूका नीतिहरूको पछि लागे। विशेष गरी पश्चिम बङ्गालमा सिपीआई (एम) सत्तामा हुँदा टाटा, बिरला अम्बानी, जिन्दल र देशका अन्य दलाल नोकरसाही पुँजीपतिहरू र सलेम जस्ता बहुराष्ट्रिय कम्पनीहरूका लागि किसानहरूको जग्गा जबर्जस्ती अधिग्रहण गरेर सस्तो मूल्यमा दिलाएका थिए । यी सामाजिक फासिस्टहरूले जनताको सङ्घर्षमा प्रहरी र अर्धसैनिक बलहरू खटाए र गम्भीर दमन गरे। उनीहरू नक्कली भिडन्त र नरसंहारमा संलग्न भए। हत्या, अत्याचार, लुटपाट, घर जलाउने, गिरफ्तारी, यातना र भ्रष्टाचार सामान्य विषय बन्यो । अहिले सत्तामा रहेको केरलामा पनि सरकारले साम्राज्यवाद समर्थक नीतिहरू लागू गर्दै प्राकृतिक स्रोतहरू बहुराष्ट्रिय कम्पनीहरूलाई सस्तो मूल्यमा हस्तान्तरण गरिरहेको छ । उनीहरूले हाम्रो पार्टी, जनता र उनीहरूका जनविरोधी नीतिहरूको विरोध गर्ने कार्यकर्तालाई निर्मम दमन गरिरहेका छन् । उनीहरूले आफ्नो जनविरोधी दमनकारी नीतिहरूद्वारा साम्राज्यवादको सेवामा भाजपा र कांग्रेसभन्दा कम छैनन् भनेर आफूलाई प्रमाणित गरिसकेका छन्। राज्य सरकारका सत्तारुढ दलहरूले क्रान्तिकारी आन्दोलन र अन्य जनआन्दोलन दुवैलाई निर्ममतापूर्वक दमन गरेर आफ्नो संशोधनवादी, सामाजिक-फासिस्ट चरित्रलाई नग्न रूपमा देखाएको छ।

अब म तपाईलाई मालेमाको आवरणमा रहेका अवसरवादी पार्टीहरूबारे केही भन्न चाहन्छु ।

सिपिआई (एमएल) लिबरेसन र सिपिआई (एमएल) रेड स्टार मालेमाको आवरणमा खाँटी अवसरवादी बाटो पछ्याइरहेका छन् । यी पार्टीहरूले सशस्त्र सङ्घर्ष छोडे, संसदवादलाई समर्थन गरेर पुँजीवादी पार्टीहरू र सिपिआई, सीपीएम र एसयुसीआई जस्ता संशोधनवादी पार्टीहरूलाई सहयोग गर्न थालेका छन्। सिपिआई (एमएल) लिबरेसनले सन् १९८० को दशकको प्रारम्भमा देङको संशोधनवादी बाटो अँगालेपछि सशस्त्र क्रान्तिको बाटो त्याग्यो । यी दलहरूले हाम्रो पार्टी हिंसावादी छ भनी असाध्यै नीच, क्षुद्र र अस्वस्थ प्रचार गर्ने गर्छन्। यी दुई पार्टीको वास्तविक चरित्र बढीभन्दा बढी जनतामाझ प्रभावकारी किसिमले उदांगो पार्नु जरुरी छ

#Jhanak Shrestha Prajwal

: https://www.facebook.com/Jhanak.Shrestha.Prajwal

https://www.facebook.com/share/p/152Bdua2Mk/

ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

ऐँठनले पाए २०७९ को मदन पुरस्कार

October 2, 2023
जिल्ला समन्वय समिति प्रमुखको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

जिल्ला समन्वय समिति प्रमुखको निधन

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्ली राम खनाल निधन भएको छ । शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौमा उपचारका क्रममा मृत्यू भएको...

October 1, 2023
विस्का पर्व
एभरेष्ट टेलिभिजन नेटवर्क

विस्का पर्व

News Uploading

April 16, 2023
बुद्ध थिएटर फेस्टिवल राष्ट्रिय नाचघरमा
एभरेष्ट टेलिभिजन नेटवर्क

बुद्ध थिएटर फेस्टिवल राष्ट्रिय नाचघरमा

   

April 1, 2023
Next Post
पुखुलद्याङ मासेर बनेको न्यूरोड

पुखुलद्याङ मासेर बनेको न्यूरोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In