कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको स्वर रहेको गीतमा शब्द, सङ्गीत तथा संगीत संयोजन हेम जंग थामीको रहेको छ । गीतको म्युजिक भिडियोमा नायिका रक्षा थापा गायक कर्नेश राजथलाको अभिनय रहेको छ ।
प्रेम कथामा आधारित म्युजिक भिडियोमा ख्यातिप्राप्त कलाकारहरू बिजय देउजा, गंगा बस्नेत, संजु थापाको समेत अभिनय रहेको छ । पाना प्रोडक्सनको ब्यानरमा तयार पारिएको म्युजिक भिडियोमा अमन केशी र बिशाल चन्दको छायांकन सँगै बिशाल तामाङ्गको सम्पादन रहेको छ ।
नगरकोट, काठमाण्डौका मनोरम दृश्यहरु समावेश गरिएको गीतको निर्देशक नारायण प्रधान रहेको छ भने सहायक निर्देशन रोशनी स्याङ्गबो । यसैगरि उक्त भिडियोमा संजु थापाको श्रृंगार रहेको छ ।
भिडियो लिंक