Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home स्वस्थ्य समाचार

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

February 17, 2026
in स्वस्थ्य समाचार

June 14, 2020 Everest News स्वस्थ्य 0

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ ।

त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो मुड, स्वस्थ्य र यौन जीवनलाई प्रभावित बनाउँछ । यी ६ हमौन्सको सन्तुलन बिग्रिएमा त्यसको असर शरीरमा देखिन्छ । त्यसैले यी हर्मोन्सलाई सन्तुलित गर्न एवं बढाउन एकदमै जरुरी हुन्छ । कुन हुन् त ति ६ हर्मोन्स ? कसरी त्यसलाई सन्तुलित राख्ने ?

राम्रो मुडको लागि ओएस्ट्रोजन

ओएस्ट्रोजन हर्मोन हाम्रो मुड र इमोशनका लागि जिम्मेवार हुन्छ । जस्तो कि, हामीलाई रिस उठ्छ, दया जाग्छ, मुड खराब हुन्छ, वेचैनी हुन्छ, यी सबै कुरामा यस हर्मोनको भूमिका हुन्छ ।

महिलामा ओएस्ट्रोजन एक महत्वपूर्ण हर्मोन हो, किनभने उनीहरुको शरीरलाई पुरुषभन्दा भिन्न रुपमा विकास गर्न पनि यही हर्मोनले काम गर्छ । त्यही कारण जुन महिलामा ओएस्ट्रोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ«ोजन हर्मोन कम हुन्छ, उनको हड्डी, मांसपेशी आदि कमजोर हुन्छ । मुटु लगायतको समस्या देखिन्छ । हामीलाई खुसी तुल्याउने हर्मोन्स जस्तो कि, सेरोटोनिन र डोपामाइनलाई पनि यस हर्मोनले प्रभावित बनाउँछ ।

स्ट्रेस हर्मोनः कार्टिसोल

जब हामी तनाव वा चिन्ता लिन्छौं, हाम्रो शरीरमा कार्टिसोल हर्मोन स्राव हुन्छ । यो हार्मेनले रक्तचाप नियन्त्रण गर्न, ब्लड शुगर व्यवस्थापन गर्न र मेटाबोलिज्ममा पनि महत्वपूर्ण भूमिका खेल्छ । यद्यपि यस हर्मोनले धेरै मात्रामा तनाव, चिन्ता, डिप्रेसन जस्तो मानसिक समस्याको कारण बन्छ । साथै शरीरको तौल बढाउनमा पनि यो हर्मोन जिम्मेवार हुन्छ । कार्टिसोल हर्मोनको कमी पनि खतरनाक हुन्छ । किनकी यसको कारण थकान, तौल घट्ने र मुड खराब हुने समस्या हुन्छ । यसैले यो हर्मोनलाई शरीरमा सन्तुलित बनाइराख्नुपर्छ ।

यस हर्मोनलाई सन्तुलित बनाइराख्नका लागि व्यायाम पनि निकै जरुरी हुन्छ । तनाव कम लिएमा पनि यो हर्मोन सन्तुलित हुन्छ ।

निद्रका लागि  मेलाटोनिन

राम्रो र गहिरो निद्राका लागि जुन हर्मोनको शरीरमा बढी आवश्यक हुन्छ, त्यो हो मेलाटोनिन । हाम्रो शरीरमा प्राकृतिक रुपले एक घडी हुन्छ । जति जति दिन ढल्छ र रात हुँदै जान्छ, हाम्रो शरीरले मेलाटोनिन हर्मोनको मात्रा बढी स्राव गर्न थाल्छ । त्यसैले साँझसम्म हामी बढी थकान महसुष गर्छौं । शरीरलाई पुर्नताजगीका लागि निद्रा आवश्यक हुन्छ । यदि हामी प्राकृतिक नियम विपरित रातभर उठ्ने र दिनभर सुत्ने गर्छौं भने यो हर्मोनको सन्तुलन बिग्रन्छ । त्यसैले अर्को दिन हामीलाई अल्छी, थकान वा भारीपन महसुष हुन्छ ।

यो हर्मोन स्रा वगर्नका लागि राम्रो खानपान र व्यायाम उपयुक्त हुन्छ । सक्रिय रहनुपर्छ, भलै कुनै काम नभएपनि ।

फ्याट र उर्जाका लागि  इन्सुलिन

इन्सुलिन हर्मोनले हामीलाई खानामा मिल्ने शुगरलाई रगतमा घोल्ने काम गर्छ, ताकि ग्लुकोज मांशपेशी र कोशिकासम्म पुग्न सकोस् । जुन शुगरलाई शरीरले प्रयोग गर्दैन, त्यसलाई फ्याटमा बदले.र शरीरमा संग्रहित गर्ने काम पनि यही हर्मोनले गर्छ । जबकी शरीरले यो हर्मोन सही ढंगले बनाउन सकेन भने थकान, रिस, वेचैन अनुभव हुन्छ । त्यसैगरी यो इन्सुलिन हर्मोन नबन्दा रगतमा बढी शुगर घुल्न थाल्छ, जसले टाइप २ डाइबिटिजको खतरा बढाउँछ ।

इन्सुलिन हर्मोनलाई सन्तुलित राख्नका लागि राम्रो खानपान, व्यायाम र नियमित ७ देखि ९ घण्टाको निद्रा आवश्यक हुन्छ ।

मेटाबोलिज्मको लागि  थायरक्सिन

मेटाबोलिज्ममा शरीरको केही मूलभूत संयन्त्र पर्छ, जसलाई थायरक्सिन हर्मोनले सन्तुलित गर्छ । थायरक्सिन हर्मोनले मुटुको धड्कन, पाचनतन्त्र, मस्तिकको केही संयन्त्र, फ्याट बर्न गरेर उर्जा दिने  जस्तो महत्वपूर्ण काम गर्छ । यो हर्मोन थायराइड ग्ल्यान्डबाट स्राव हुन्छ । यदि कुनै व्यक्तिको शरीरले सही ढंगले थायरक्सिन हर्मोन बनाउन सक्दैन भने उसलाई थकान महसुष हुन्छ । डिप्रेसन हुनसक्छ । तौल बढ्ने वा घट्ने हुन्छ ।

यौनका लागि  टेस्टोस्टेरन

टेस्टोस्टेरन हर्मोन पुरुष र महिला दुबैमा स्राव हुन्छ । यद्यपि पुरुषमा यसको मात्रा बढी हुनछ । पुरुषमा हुने परिवर्तनका लागि पनि यो हर्मोन जिम्मेवार हुन्छ । टेस्टोस्टेरनलाई सेक्स हर्मोन पनि भनिन्छ, किनभने यसले कामुकता, क्षमता र स्पर्म बढाउँछ । पुरुषमा यस हर्मोनको कमी भएमा उनको यौन जीवन प्रभावित हुन्छ । महिलामा यस हर्मोनको कमी भएमा धेरैजसो अनुहार वा केसमा समस्या देखिन्छ ।

About Ever
ShareTweet

Related Posts

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान
एभरेष्ट टेलिभिजन नेटवर्क

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

यूसेभ नेपाल (UCEP)  को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको  'विशेष ध्यान शिविर' (Advance Meditation...

August 7, 2024
अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव
एभरेष्ट टेलिभिजन नेटवर्क

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

अरुण गाउपालिका वडा नं १, खनिटार, भोजपुर निवासी गङ्गामाया बलम्पाकी मगर आगोमा परि गम्भिर घाइते भएपनि आर्थिक अभावको कारण उपचार...

February 13, 2023
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ
एभरेष्ट टेलिभिजन नेटवर्क

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ

कोभिड पोजिटिभ देखिएपछि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ आइतबार अस्पताल भर्ना भएको छ । भरोसेलको दुबै डोज खोप लगाइसकेको श्रेष्ठलाई कोभिड पोजिटिभ...

November 30, 2021
Next Post

आदिवासी करडौ बर्ष पुरानो

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In