Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

“शान्ति प्रिय आमा“ पुस्तकको बिमोचन उपसभामुख रानामगरले गरिन

असार १८ , काठमाण्डौँ ।

July 4, 2023
in Uncategorized
“शान्ति प्रिय आमा“ पुस्तकको बिमोचन उपसभामुख रानामगरले गरिन

विश्व प्रशिद्ध शान्तिबादी नेत्री डा.हाक जा हान मूनको (मदर मुन ) आत्मबृतान्त “शान्ति प्रिय आमा“ नेपाली भाषामा प्रकाशित भएको छ ।

संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गरिएको पुस्तक राजधानीमा आज आयोजित एक कार्यक्रमका बीच प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानाले पुस्तक सार्बजनिक गरेकी हुन् ।

पुस्तक बिमोचन पछि बोल्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मा बृतान्त संसारका सम्पूर्ण महिलाहरुको लागी प्रेरणाको श्रोत हुने भन्दै शान्ति र मानब कल्याणको खानतिर उहाँको योगदान अतुलनिय रहेको बताउनु भयो ।

उपसभामुख रानाले विश्वमा शान्ति बिना विकास सम्भव नभएको बताउँदै मानव जगतको समृद्धि र विकासका शान्ति बिना कुनै पनि हालतमा सम्भव नभएको उनको भनाई छ ।

उपसभामुख रानाले आफूले विगतमा समाजसेवा गर्दा नागरिक समाजबाट सम्मान पाउँदा गर्व लागेको बताइन् । उनले डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत भएको बताइन् ।

युनिभर्सल पिस फेडरेशन एशिया प्यासिफिकका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य एवम एकनाथ ढकालले जीवनमा भोगिने विभिन्न खालका संघर्षबाट नै
सफलता हासिल गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण डा.हाक जा हान मुन भएको बताए ।

पूर्वमन्त्री समेत रहेका ढकालले डा.मुन आफैपनि विभिन्न संघर्ष पार गरेर विश्वमा परिचित महिला बन्नुभएकाले उहाँबाट अरुले पनि प्रेरणा लिन सक्ने बताए ।

ढकालले मदर मूनको नेपाल र नेपाली प्रति असिम प्रेम र लगाब रहेको बताउदै सधै नेपालको उन्नति र प्रगतिमा उहाँको साथ् रहेर्कोम्मा आभार ब्यक्त गर्दै जीवनमा सफलताको लागि अनबरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मबृतान्तले दिएको बताए ।

कार्यक्रममा युपिएफका अन्तराष्ट्रिय अध्यक्ष डा चार्ल्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउदै नेपाली आत्मबृतान्तले सम्पुर्णा नेपाली लाइ सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए ।

बिमोचन कार्यक्रममा श्रीराज पौडेल ,रुचि लिम्बुले पूस्तकका केही अंश बाचन गरेका गिए । सो अवसरमा शोभा ज्ञवाली, गायक आनन्द कार्की, दीपक महर्जन लगाएतले पुस्तकको विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।


विश्व शान्तिको लागि महिला संघकि बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्नु पर्छ भन्ने जोड दिएको बताउदै शान्ति सबैको सामुहिक प्रयास वाट मात्र सम्भब बताईन ।

सोही अवसर पारेर बरिष्ट संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाइ “शान्ति दुत“ सम्मान प्रदान गरिएको थियो ।

तत्कालिन उत्तर कोरियामा जन्मियकि श्रीमती डा हाक जा हान मुन कोरियाली युद्ध संगै दक्षिण कोरियामा शरणार्थी जीवन देस्खी उनकी श्रीमान डा सन म्योङ्ग मुन संगको बिबाह र त्यस पश्चात दम्पतिको रुपमा जिबंभर विश्व शान्तिको लागि गर्नु भयको जीवन संघर्षका अनुभूतिहरु आत्मबृतान्तमा समेटिएका छन् ।

बिमोचन कार्यक्रममा गायक आन्नद कार्की तथा अग्रता भट्ट, जिन्हु श्रेष्ठ साँगेतिक प्रस्तुति दिएका थिए ।

 

Tags: उपसभामुख रानामगरले गरिन “शान्ति प्रिय आमा पुस्तकको बिमोचन
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
प्रहरीको गोली लागेको विरेन्द्र आइसीयूमा अन्सन

प्रहरीको गोली लागेको विरेन्द्र आइसीयूमा अन्सन

राजदूतलाई सर्वोच्च अदालतको स्मरण पत्र

राजदूतलाई सर्वोच्च अदालतको स्मरण पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In