२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल नै नगरि एकलौटी तबरले लागु गर्न निर्णय गरेपछि विद्यार्थाी अर्थात भावी पुस्तालाई कसरी गुणस्तर शिक्षा प्रदान गरि बौद्धिक ब्यक्तित्वको उत्पादनगरि देशको मुहार फेराउने जिम्मेवारी बोकेका शिक्षकहरूको नै बुढौली अबस्थामा त्रिविले विचल्नीमा पारेको भन्दै अनिश्चित कालिन आन्दोनमाछन ।
उच्च शिक्षा अर्थात विश्वविद्यालयको मेरुडण्ड मानिने प्राध्यापकहरूलाई नै त्रिवि प्रशासनले विभेद गरेको र यथाशिघ्र राज्यले निर्णय गरेको निवृत्तिभरण सेवा सुविधाबाट त्रिविको शिक्षण पेशामा कार्यरत शिक्षकहरूलाई मात्रै विभेद गरेकाले घोर आपती रहेको नेपाल कमर्श क्याम्पस मिनभवन काठमाण्डौको उपप्राध्यपक एल.बि. बस्नेतले बताउनु भयो ।
आर्थिक संकट पर्ने कारण देखाउदै त्रिविले सो विवादस्पत निर्णय लागु गरे पनि पाटन संयुक्त क्याम्पस ललितपुरको अर्थशास्त्र विभागको उपप्राध्यपक डा. अनन्त दाहालले त्रिविको विभिन्न आंगिक तथा डिन कार्यालयको बंैक खातामा प्रशस्त मात्रमा मौज्दात रहेको बताउनु भयो ।
आन्दोलनमा पाटन संयुक्त क्याम्पस ललितपुरका उपप्राध्यपक सारादा लामिछानेले नेपाल सरकारको निर्णय बमोजिमको निवृत्तिभरणको ब्यबस्ता हुनु पर्ने जोडदार माग रहेको बताउनु भयो ।
यसैगरि अमृत साइन्स क्याम्पस काठमाण्डौँको प्रा.डा. गणेशबहादुर थापाले एउटै पेशा ब्यवसायमा अबद्ध भएको मध्ये केही व्यक्तिले पेन्सन पाउने र अरुले नपाउने जस्तो विभिदेपूर्ण निर्णयको अन्त्य नभएसम्म आन्दोलन निरन्त गरिने बताउनुनभयो ।
आन्दोलनमा उपस्थित भएको सरस्वती क्याम्पस, सोह्रखुट्टे, काठमाण्डौँको उपप्राध्यपकडा. सुगमजंग केसी, पाटन संयुक्त क्याम्पस ललितपुरको उपप्राध्यपक डा. प्रभुराय यादव लगायत सबैले आफ्नो तर्क राखे ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजाललाई प्राध्ययन पेसाकर्मीहरूलाई आन्दोलन गर्ने बातावरण किन र कसरी सृजना भयो, यसको समाधनको लागि त्रिविले के उपाय अपनाउदै छ भनि जिज्ञासा राख्दा रजिस्ट्रार रिजालले उक्त कमी, कमजोरी के कसरी भयो र यसको समाधान कसरी गर्ने भन्नेबारे हामी छलफल र अध्ययनमा घुनिभूत तबरले जुटिरहेकाछौँ भन्नु भयो ।

