Saturday, April 18, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

May 8, 2025
in Uncategorized
सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ?
माया?
माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक कुरा हो सम्बाद, (एकअर्कामा कुराकानी)।
एउटा सम्बन्ध तब मात्रै जिउँदो रहन्छ , जब दुई मान्छेमा नियमित रुपमा कुराकानी गर्छन्, एकअर्कालाई समय दिन्छन्, एउटाले कुरा गर्दैगर्दा अर्कोले ध्यान दिएर सुन्ने गर्छन् र उसको कुरा बुझ्ने प्रयास गर्छन।
शारीरिक रुपमा टाढा हुनुमा केही समस्या हुदैन, त्यसो त म आफै पनि एक दशक देखि लाखौ माइल टाढा छु, यदि मनैदेखी सुन्ने र सम्झने प्रयास गरिन्छ भने। हजारौं माइल टाढा रहेर पनि मान्छेहरु नजिक हुन सक्छन् यदि दिनदिनै( म छु नि ) भनेर सम्झाउने र सान्त्वना दिन सकिन्छ भने।
हरेक दिन “तिम्रो हालखबर के छ?”
“स्वास्थ्य अवस्था के कस्तो छ?”
“आज के खायौं?”
“आज के गर्ने प्रोग्राम छ?” भनेर सोधपुछ गर्ने।
यि सानो कुरामा नै सम्बन्धको सास अल्झिएर बसेको हुन्छ।
जब यि कुराहरू सोध्न छोडिन्छ भने, सम्बन्धले सास फेर्न बिर्सन थाल्छ।
एकअर्कामा बेमेल हुनुले, नबोल्नाले, महत्त्व नदिनाले गर्दा सम्बन्धलाई बिस्तार- बिस्तारै मार्ने काम गर्छ।
कहिले जुन मान्छेको धेरै आवश्यक थियोे, जसलाई धेरै आफ्नो लाग्ने गर्थ्यो, उनीहरु नै एकदिन पराई लाग्न थाल्छन्। किनकि उसलाई समय दिने गरिएन, उसँग कुराकानी गर्ने गरिएन, उसलाई माया महसुस गराइएको थिएन।
यदि तपाईंले कुराकानी गर्नु हुदैन भने, उसको मनको अवस्था कसरी थाहा पाउनुहुन्छ?
यदि तपाईंले समय दिनु भएन भने, तपाईं अझै पनि उसकै हो भनेर उसलाई कसरी थाहा हुन्छ?
कुनै मान्छेलाई “म तिमीलाई माया गर्छु” सुनेर मात्रै रहन सक्दैन, उसलाई हरेक दिन महसुस पनि गराउन सक्नुपर्छ।
र जब सम्बन्ध एकतर्फी हुन्छ भने, त्यसबेला मान्छेले माया होईन – स्वतन्त्रता चाहन्छ। किनकि त्यसबेला मायाले शान्ति होईन दु:ख मात्रै दिन्छ।
जसले साचो माया गर्छ, सम्बन्ध छुट्दा कति दर्दनाक पीडा हुन्छ भनेर उसलाई थाहा हुन्छ। उसले हरेक दिन थोरै भएपनि समय दिन चाहन्छ, थोरै कुराकानी गर्न चाहन्छ, “तिमी मेरै हौँ” भनेर थोरै महसुस गराउन चाहन्छ ।
र जसले माया गर्न चाहदैन, उनिहरुको लागि सम्बन्ध बोझ बन्न थाल्छ। उसले बिस्तार बिस्तारै खोजिखबर गर्न छोड्दै जान्छ, कुराकानी गर्दैन फोन म्यासेजको जवाफ फर्काउदैन, टाढा हुनुमै खुशी हुन थाल्छ। मनमा माया भएपनि, त्यो सम्बन्ध टिक्दैन।
सम्बन्धमा माया आवश्यक हुन्छ,
त्यसलाई मनमा लुकाएर राखेर मात्रै केही हुँदैन- यदि त्यसलाई भनिएन भने, उसको अगाडी व्यक्त गरिएन भने, जताइएन भने, महसुस गराइएन भने, एकदिन त्यो माया आफै सुकेर जान्छ।
सम्बादको मतलब कुराकानी गर्नु मात्रै पनि होइन-
सम्बादको भनेको मनमा एकअर्कालाई ठाउँ दिनु पनि हो। उसको सुख दु:खमा उसँगै उभिनु, अन्तमा उसको “आफ्नो” बनिनु।
एउटा समय यस्तो पनि आउँछ
जब मान्छेलाई बारम्बार सम्झाउने प्रयास गर्दा-गर्दा उ थाक्छ।
त्यसपछि उ मौन हुन्छ। उसले आफुलाई पछाडी तान्छ।
कुनै होहल्ला बिना नै- त्यहीँबाट सम्बन्ध सकिन्छ।
त्यसैले,.
यदि साँच्चै नै माया गर्नुहुन्छ भने, कुराकानी गर्नुहोस्, हालखबर सोध्नुहोस, समय दिनुहोस्।
किन भने सम्बाद नहुदा सबैभन्दा नजिकको मान्छे पनि एकदिन पराई लाग्न थाल्छ, अन्जान देखिन थाल्छ।।
Source: https://www.facebook.com/photo/?fbid=1965430770861842&set=a.106847646720173
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Next Post
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In