Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home विविध

विश्वमा बुद्धधर्म

February 16, 2026
in विविध

एक विहंगम दृष्टि (१)
“भबिष्यमा धर्म एउटा बिश्वधर्म हुनेछ । यसले ब्यक्तिगत ईश्वरको धारणालाई नाघेर जानुपर्छ । यस्तो धर्म सार्थक एकताको रुपमा प्राकृतिक र अध्यात्मिक सबै कुराको अनुभवबाट उत्पत्ति भएको धार्मिक चेतनामा आधारित हुनुपर्नेछ । केबल बुद्धधर्मले यस्तो बर्णनलाई पूरा गर्छ ।”

– बैज्ञानिक अल्बर्ट आइन्स्टीन
“संसारले बुद्ध र युद्धमध्ये एकलाई चुन्नु परेको छ ।”
– जवाहरलाल नेहरु

“मैले अक्सर भन्ने गरेको छु र बारम्बार दोह¥याउने छु कि बुद्धधर्म र आधुनिक बिज्ञानको बीचमा मात्र निकतम् बौद्धिक सम्बन्ध बिद्यमान छ ।”

– सर एडविन आर्नल्ड
बुद्धधर्मको बिशेषता र परिचयः
उपरोक्त उक्तिबाट स्पष्ट हुन्छ कि आधुनिक युगको लागि बुद्धधर्म कति समयसापेक्ष छ भन्नेकुरा । शान्ति, न्याय, करुणा, दया र समानताका प्रतीक हुन् – बुद्ध । अति भौतिकवाद र अणुपरमाणु युद्धतिर उन्मुख हुँदै गैरहेको यस बिश्वमा बिश्व शान्तिको लागि सबैले बुद्धलाई स्मरण गर्न थालेका छन् । संयुक्त राष्ट्रसंघले बुद्धजयन्तिको दिन बिश्वब्यापीरुपमा बिदाको घोषणा गर्नु र संयुक्तराष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नु यसको परिचायक हो । बुद्धधर्म मध्यममार्गी धर्म हो । यो बिज्ञानसम्मत परमार्थ सत्य हो । बुद्धधर्मका केही बिशेषताहरु यस प्रकार छन् :–

१) ईश्वरको अस्तित्वलाई नमान्नु २) आत्मालाई नित्य नमान्नु ३) कुनै पनि ग्रन्थलाई स्वतः प्रमाण नमान्नु ४) पुनर्जन्मलाई मान्नु ५) जातीय बिभेदलाई नमान्नु ६) अनित्य, दुःख, अनात्म ७) क्षणिकवाद ८) प्रतीत्यसमुत्पाद (प्रतिक्षण उत्पत्ति र त्यसको अन्तरसम्बन्ध) । ९) चतुआर्यसत्य र आर्यअष्टाङ्गिक मार्ग ।

बुद्धधर्मले प्रकृतिलाई निस्पक्ष ढंगले अध्ययन गर्न प्रेरित गर्छ । (धर्म विचय) बुद्धधर्मका केही प्रमुख धारणाहरुको सम्बन्ध बिकास सिद्धान्त (Evolution), क्वाण्टम सिद्धान्त र अन्तरिक्ष ज्ञान (Cosmology) संग तादात्म्य राख्तछ । सन् १९९३मा जीनबाट अनुमान गरी बनाएको ढांचा पियागेट्सेको Cognitive बिकास सिद्धान्त प्रकाशित भयो, जसमा तर्क गरियो कि बुद्धधर्म धर्म, बिज्ञान र जादु भन्दा पर चौंथो किसिमको बिचार हो । “बुद्धधर्म बौद्धिक र वाद बिनाको परंपरा हो ।” (दलाई लामा) “बुद्धधर्म बस्तु र चित्तको शुद्ध बिज्ञान हो । बुद्धधर्म भनेको बस्तु जस्तो छ, त्यसको बस्तुगत अन्वेषण हो । कारणले असर जन्माउँछ । कार्य कारणको आधारमा सत्यतथ्य पत्ता लगाउन, सत्य बुझ्न आर्य अष्टांगिक मार्ग हो ।” (सत्यनारायण गोयन्का)

यर्थातः सबैलोक (संसार) प्रज्वलनै प्रज्वलन छ । (सब्बो पज्जलितो लोको, सब्बो लोको प्रकम्पितो) । सबै लोक प्रकम्पनै प्रकम्पन छ । हेर्दा ठोस लाग्ने पदार्थ पनि प्रज्वलन र प्रकम्पन भई अनित्यताको शिकार हुँदै गैरहेका छन् । रुप कलाप (बस्तु) भन्दा मन झन् छिटो १७ गुणा बढी द्रुत गतिले उत्पत्ति स्थिति भंग हुँदै गैरहेका छन् । हरेक कार्य श्रृ्रंखलामा घटित हुन्छ । बिश्व पूणरुपले छाल (Wave) र कम्पन (Vibration)ले भरिएको छ । महायान बौद्ध दार्शनिक असङ्गले चौंथो शताब्दीमा नै “परमाणुको आफ्नो भौतिक स्वरुप हुँदैन (निशारिय), यसलाई बस्तुको बिश्लेषणको आधारमा बुद्धिले मात्र ग्रहण गर्नुपर्ने हुन्छ ।” भन्नु भएको छ ।

यस्तो महान् दर्शनका प्रबर्तक भगवान बुद्धको जन्म नेपालमै हुनु हामी सबैको गौरबको कुरा हो । आज बिश्वमा बुद्धधर्मले जनसंख्याको हिसाबले तेश्रो ठूलो बुद्धधर्मको रुपमा ठाउँ ओगटेको छ । हाल बिश्वमा बौद्धहरुको जनसंख्या ७.१२ बिलियन (सन् २०१३) छ ।(ब्) यस्तो महान् धर्मबारे उजागर गर्न नेपाल मगर बौद्ध सेवा समाजले पोखरामा मगर बुद्धिष्ट अन्तर्राष्ट्रिय सम्मेलन गर्नु सबै नेपालीको लागि नै गौरब र अनुकरणीय कुरा हो । यो मगर समाजमा द्रूतगतिले बौद्ध जागरण भैरहेको साक्षी प्रमाण पनि हो । मगरहरु कोलीयबंशी हुनु धेरै संभावना छ । ब्राम्हिलिपि र मगरलिपिको सामन्जस्यले बुद्धधर्म र मगर समाजसंगको अन्तरसम्बन्धको संकेत दिन्छ, जुन अन्वेषण र उत्खनन्योग्य छ । बिश्वमा बुद्धधर्मको बारेमा यस सम्मेलनमा कार्यपत्र पेश गर्न पाउनु मेरो लागि अहोभाग्यको कुरा हो भने क्षमताभन्दा बाहिरको कुरा पनि हो । बिश्वमा बुद्धधर्मबारे पुस्तक लेख्नु संभब होला, कार्यपत्रबाट स्पष्ट पार्नु दुःशाहसको कुरा हो । अतः यहाँ बिश्वमा बुद्धधर्म कुन आधारमा बिस्तार हुँदैछ, त्यसमा विहंगम दृष्टि मात्र दिने जमर्को गरेको छु ।

भारतको सारनाथमा भिक्षुहरुलाई प्रथम उपदेश दिनुहुँदै भगवान बुद्धले भन्नु भएको थियो–“चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय, लोकानुकम्पाय अत्थाय हिताय सुखाय देव मनुस्सानं” (भिक्षुहरु, बहुजन हितको लागि, बहुजन सुखको लागि, बिश्वमाथि दयाको लागि, देब र मनुष्यहरुको हित, सुख र कामको लागि (धर्म) संचार गर ।”

यसरी बुद्धकालीन समयमा बुद्धको आज्ञा अनुसार भारत भूमिमा भिक्षुहरु एउटै बाटोमा सबै नहिंडी फरक फरक बाटो गरी धर्म प्रचारको लागि चारिका गरे । आज बिश्वभर बुद्धधर्म क्रमशः उजागर हुँदै फैलँदै गैरहेको छ ।

आजभन्दा लगभग २५०० बर्ष अघि नेपालको लुम्बिनी वनमा जन्मनु भएका शाक्यमुनि बुद्धको उपदेशलाई अनुशरण गर्ने मार्गलाई बुद्धधर्ममा “थेरवाद” भनिन्छ भने आफै बुद्ध हुने उद्देश्य राखेर बोधिसत्व मार्गमा लम्कने धर्मलाई “महायान” भनिन्छ ।

भगवान बुद्धको परिनिर्वाणको १०० बर्षपछि सम्राट अशोकको कारणले थेरवाद बुद्धधर्म भारत, थाईल्याण्ड, बर्मा, श्रीलंका, पाकिस्तान र अफगानिस्थानमा फैलिए ।

सम्राट कनिष्कले सन् १०० मा काश्मिरमा सर्वास्तिवादीहरुको एक संगायना गरेका थिए । तत् पश्चात् सम्राट कनिष्कको माध्यमबाट मध्य एशियामा महायान बुद्धधर्म फैलिए । यसरी चीन, मंगोलिया, काजकिस्तान, तुर्कमिनिस्तान, उजुर्वेकिस्तान, किर्किस्तान, किर्गिस्तानमा महायान बुद्धधर्म पुगे ।
यसरी नै चीनबाट कोरिया हुँदै कोरियाबाट जापानमा महायान बुद्धधर्म बिस्तार भए ।

संसारका निम्न देशहरुमा थेरवाद बुद्धधर्म फैलिएको देखिन्छ :– १) बर्मा २) थाईल्याण्ड ३) श्रीलंका ४) कम्बोडिया ५० लाओस ६) भियतनाम ७) मलेसिया ८) ईन्डोनेशिया ९) बंगलादेश (चकमा क्षेत्र) १०) भारत ११) सिंगापुर १२) ब्रुनाई १३) फिलिपिन्स र १३) चीन (यूनानप्रान्त मात्र)
यसरी नै संसारका निम्न देशहरुमा महायान/बज्रयान बुद्धधर्म फैलिएको देखिन्छ :–

१) नेपाल २) भारत ३) मध्य एशिया र चीन ४) तिब्बत र लद्दाख ५) जापान ६) भियतनाम ७) इन्डोनेशिया र ८) सिंगापुर ।
आजको २० सौं शताब्दीमा क्रमशः बुद्धधर्म अमेरिका, बेलायत, अष्ट्रेलिया, यूरोप र अफ्रिकामा पनि रातोदिन द्रूतगतिले बिस्तार हुँदै फैलँदै गैरहेको छ ।

१) टोकियो, २) कामाकुरा, ३) क्योटो, ४) नारा, ५) बामियान, ६) हाडा, ७) पेशावर, ८) काश्मिर
९) तक्षशिला, १०) ल्हासा, ११) काठमाण्डौं, १२) बुद्धगया, १३) पगान, १४) मांडले, १५) पेगु
१६) थातोन, १७) रंगून, १८) अयोध्या, १९) बैंकक, २०) अनुराधपुर, २१) श्रीपाद, २२) बोरोबुदुर
बिभिन्न राष्ट्रहरुमा ऐतिहासिक प्रमाण अनुसार बुद्धधर्म प्रवेश भएको बर्ष यस प्रकार छन् : –

नेपाल – ई.पू. २४८ मा
कोरिया – ई. ३७२ मा
श्रीलंका – ई.पू. २४७ मा
जापान – ई. ५३८ मा
बर्मा – ई.पू. २४८ मा
जावा – ई. ४०० तिर
बंगलादेश – ई.पू. २४७ तिर
थाइलैण्ड – ई ६३८
मंगोलिया – ई.पू.प्रथम शताब्दी
भुटान – आठौं शताब्दी
चीन – ई. ७५ तिर
लाओस – १३ औं शताब्दी
तिब्बत – ई. ६४० मा
बेलायत – ई. १९०८९क०
क्रमशः (लेखकः हाल यशोधरा बौद्ध विद्यालयको संचालक समितिको अध्यक्ष हुनुहुन्छ)

ShareTweet

Related Posts

विविध

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

March 20, 2020 Everest News विविध 0 सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन...

February 17, 2026
को हुन आशिका ?
एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो ।...

September 29, 2025
हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
Next Post

८२ पकेटमारा पक्राउ

राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In