Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

हर्षको फोकुल कुलो आयोजना, अनियमितताले छताछुल्ला ।

February 17, 2026
in समाचार

June 16, 2020 Everest News समाचार 0

प्रेम वाम्बुले

असार-३ काठमाण्डौँ । लकडाउनले देश सिथिल बनाएको बेला मानेभञ्ज्याङ -३ उबू, फोकुलमा भने कुलो आयोजनामा भएको अनियमितताले देश–परदेशमा रहेका सबै फोकुलबासीहरूलाई गर्माएको छ ।

गत २०७७ जेष्ठ ११ गते ओखलढुङ्गा खबरले “फोकुल सिंचाइ योजनामा ठेकेदार र उपभोक्ता अध्यक्ष एकै व्यक्ति, ३ करोड बढीको चलखेल” शीर्षक समाचार प्रकाशन गरेसंगै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादव र फोकुल सिचाइ उपभोक्ता समिति अध्यक्ष प्रकाश तामाङले गरेको अनियमितता छताछुल्ला भएको छ ।

अनियमितता समाचार सार्वजानिक भएपछि गत २०७७ जेष्ठ–२८ गते भिजन एफएम ओखलढुङ्गा मार्फत उपभोक्ता समितिहरूको अपूरो अन्तरवार्ता प्रशारण भएसंगै यादव र तामाङलाई समितिले बचाउमा लागेका भनि फोकुलका उपभोक्ताहरू झन आक्रोशीत बनेकाछन ।

विशेषगरी छिमेकी वडाको तामाङलाई जग्गा पास गरि अध्यक्ष बनाउनु, योजनाको बजेट निकासामा खाली चेकमा निसर्त समतिले सही गराउनु, बजेट बारे उपभोक्तालाई कुनै जानकारी वा सार्वजानिक नगर्नु लगायतका आरोपहरूको प्रष्ट रुपमा जवाफ नआएपछि खास गरि युवावर्ग आक्रोशीत बनेकाछन ।

फोकुलसंग कुनै सम्बन्ध नरहेको तामाङलाई अध्यक्ष बनाउनु र करिब १०० धुरीरहेको फोकुलबासीमा अध्याक्ष हुने दक्ष व्यक्ति नभएकोले तामाङलाई अध्यक्षमा छनोट गरिएको प्रतिकृया समितिका सचिव इन्द्र राईले सार्वजानिक रुपमै खुलेर बोलेपछि फोकुलका अधिकांश युवाहरू सचिव राईप्रति अक्रोशित बनेकाछन ।

यादव र तामाङको चलखेलबारे उपभोक्ताहरूलाई कुनै सूइको नरहेपनि सचिव राईको मिलोमतो रहेको हुनसक्ने एक उपभोक्ताले नाम नखुल्ने सर्तमा बताए ।
सचिव राई केही वर्षअघि फोकुलमा संचालन भएको खानेपानी योजनामा समेत केही बोरा सिमेन्ट तथा योजनाको रकम हिनामिना गरको आरोप लागेको थियो । आगमी दिनमा यस्तो गल्ति नगर्ने सर्तमा उभभोक्ताहरूले माफी दिएका थिए । सचिव राई भने सम्पर्कमा आउन चाहेनन् ।

आयोेजनाको लागि धेरैपटक सिचाइ कार्यलयमा निवेदन पेश गर्दा र धाउदा पनि कहिल्यै योजना छनोट नपरेको र तामाङले आफू अध्यक्ष बनाए तत्कालै योजना पर्ने तर कुनै हिसाब किताब नखोज्नु पर्ने सर्तमा आयोजनाकै लोभमा अध्यक्ष बनाएको सदस्य पुरामाया राईले बताउनु भयो ।

उपभोक्ता समितिमा चयन हुन जग्गा हुनुपर्ने प्रावधान भएकोले सबै उपभोक्ताहरूको समझदारी अनुसार जग्गा उपलब्ध गराएको सदस्य विष्णु राईले बताउनु भयो । तर उहाहरू(यादव र तामाङ०)को चलखेल बारे जानकारी नरहेको बताउनु भयो ।

आयोजनामा छिमेकी वडा मानेभञ्ज्याङ–४, केत्तुकेका स्थानीयबासी प्रकाश तामाङलाई यादवको सेटिङमा जग्गा उपलब्ध गराई उपभोक्ता समितिको अध्यक्ष बनाएको खुलेकोछ ।

डिभिजन कार्यालय प्रमुख महेश यादवले भने आफू यो आयोजनामा आफ्नो संलग्नता नरहेको दावी गर्नु भयो । अध्यक्ष्य तामाले भने उपभोक्ताहरूको माग बमोजिम मात्रै समिति अध्यक्ष बसेको बताउनु भयो ।

विवाद चुलिदै गएपछि छानविनको लागि उपभोक्ताहरूले अख्तियारमा मुद्धादायर गर्ने भएकाछन ।

(प्रदिप राई र हिरन राईको सहयोगमा )

 

About E
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

कन्वे नटः ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न एक हप्तामै हल गरेपछि एमआईटीमा नियुक्ति पाइन् यी विद्यार्थीले

किराती गोल्मा राजा रानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In