२९ बैशाख, काठमाण्डौँ । “१४ औॅ लोकबार्ता राष्ट्रिय संगोष्ठी” कार्यक्रम ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ हिलोपानीमा आयोजना हुने भएको छ ।
ब्याकुल माइला फाउन्डेशनको स्थानीय आयोजनामा हुने कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न स्थानीय युवावर्ग, संघ-संस्था तथा हिलेपानीबासी समुदाय संयुक्त रुपमा कार्यक्रमको तर्जुमा जुटेको राष्ट्रगान रचयिता ब्याकुल माइलाले बताउनु भयो ।
लोकबार्ता राष्ट्रिय संगोष्ठी मुल आयोजक रहेको गोष्ठिमा ब्याकुल माइला प्रतिष्ठिानको अरिरिक्ता मानेभञ्ज्याङ गाउपालिका आर्थिक सहयोगमा श्री महादेवस्थान मावि, नव सगरमाथा युवा क्लब, सुनखरी कोशेली युवा क्लब र जिल्ला वन कार्यालय ओखलढुङ्गाको ब्यवस्थापन सहयोगी रहेकाछन ।
मुख्यगरि १४ औँ लोकबार्ता राष्ट्रिय संगोष्ठी किरात राईहरूको सघन बसोबास क्षेत्रलाई लक्षित गरि आयोजना गरिएको लोक वार्ता मुल समारोहको संयोजक प्रविण पुमाले बताउनु भयो ।
ओखलढुङ्गा र खोटाङ्गामा हुने कार्यक्रममा लगभग ७० ओटा गोष्ठीपत्र प्रस्तुत हुने लोकबार्ता राष्ट्रिय संगोष्ठीको महासचिव प्रा.डा. ध्रुवप्रसाद भट्टराई बताउनु भयो ।
प्रारम्भिक कार्यतालिका अनुसार सोलु, ओखलढुङ्गा र खोटाङगरि तीन जिल्लामा गोष्ठि सञ्चालन हुने भनिए तापनि हाललाई ओखलढुङ्गा र खोटाङ जिल्लाहरूमा मात्रै गरिने आयोजकले बताएकोछ ।
प्राप्त जानकारी अनुसार आगमी जेष्ठ १ र २ गते हिलोपानी (ओखलढुङ्गा), ३ गते खोटाङको हलेसी-तुवाचुङ नगरपालिकामा, ४ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, ५ गते खोटेहाङ गाउपालिका जेष्ठ ६ गते जन्तेढुङ्गा गाउपालिका फुलवारीमा यस पटकको गोष्ठिको अन्तिम कार्यक्रम हुने बताइएकोछ ।
गोष्ठिको उद्घाटन समारोह जेष्ठ १ गते हिलेपानीमा कोशी प्रदेशको भौतिक योजना तथा पूर्वधार विकास मन्त्री प्रदिप सुनुवारको प्रमुख अतिथ्यामा सास्कृतिक झाँकी सहित विशेष तामझामको साथ आयोजना हुने स्थानीय आयोजकले बताएकाछन ।



