Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home अन्तराष्ट्रिय

किरात राई यायोक्खा बेलायत “संघात्मक प्रणाली”मा

February 17, 2026
in अन्तराष्ट्रिय

February 2, 2021 Everest News अन्तराष्ट्रिय 0

एभरेष्ट संवाददाता

काठमाण्डौँ । किरात राई जातिको धेरै बसोबास भएको तेश्रो मुलुकको रुपमा परिचित संयुक्त अधिराज्य (बेलायत/ब्रिटेन) का किरात राई जातिको साझा प्रतिनिधि मूलक संस्था किरात राई यायोक्खा बेलायत भाषिक संघात्मक प्रणालीमा रुपान्तरण हुने भएको छ ।

गत २१ नोभेम्बर २०२० का दिनदेखि संस्थागत तवरबाटै “किरात राईहरूको वृहत एकताबारे–संघीय संगठनात्मक संरचनाको प्रस्ताव एक अभियान” शीर्षकको दस्तावेज सार्वजानिक गर्दै औपचारिक प्रचार–अभियान थालनी गरेको थियो ।

पचपन्न पृष्ठको उक्त दस्तावेज संस्थाको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट केआरवाईयुके (www.kryuk.org ) मा उपलब्ध रहेको छ ।

गत १९ डिसेम्बर २०२० मा सम्पन्न संस्थाको बार्षिक साधारण सभाले प्रस्तावलाई अनुमोदन गरेपछि औपचारिक रुपमा किरात राई यायोक्खा बेलायत, संघात्मक प्रणालीमा रुपान्तरण भएको हो ।

वर्तमान नेपालको प्राचीन जातिको रुपमा परिचित किरात राई जातिभित्र पछिल्ला अभिलेखहरुमा उल्लेख भए अनुसार २८ भाषी/थरीसमुदायहरू रहेको पाईन्छन । तिनै किरात राई जाति भित्रका करिव सबैभाषिक/थरीकासमुदायहरू हाल बेलायतमा स्थायी बसोबास गर्दै आएकोछन । उनिहरूको अनुमानित कूल जनसंख्या २५ हजारको हाराहारीमा रहेको संस्थाको दाबी छ ।

ब्रिटेनमा बसोबास गर्ने यिनै किरात राई जातिको साझा प्रतिनिधि मूलक संस्थाको रुपमा किरात राई यायोक्खा बेलायतसन् २००४ मा स्थापना भएको हो ।

बसाई सराईको क्रममा आफुसँगै लिएर आएको संस्कार र संस्कृतिको जगेर्नागर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने, आपत विपदमा परस्पर सहयोग, किरात राई जातिलाई एकसूत्रमा बाँध्ने उदेश्य सहित स्थापना भएको यो संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

औपचारिक रुपमा संघीय प्रणाली घोषण भएपनि कार्यन्वयनको लागि केही मतान्तर भने हुँदैआएको छ । खासगरि छैट्टौं महाधिवेशनबाटै संगठनभित्र अर्ध–संघात्मक प्रणाली अभ्यासमा ल्याईएको सार्वजनिक दावि गरिएपनि व्यवाहारिक रुपमा कार्यन्वयन नभएको आक्षेप सस्थाले झेल्दैआएको थियो ।

विशिष्ट जाति किरात राई भित्रका सबैभाषिक/थरी समुदायको सम्मान स्थापित हुने र सबै प्रकारको आन्तरिक द्वन्द्व ब्याबस्थापन हुने भएकोले संस्थाले यो संकल्प लिदै आगामी कार्यदिशाको रुपमा आत्मसात गर्नु परेको कार्यसमितिको ठहर छ ।

किरात राई यायोक्खा बेलायत संस्थाको वर्तमान संगठनात्मक संरचनालाई भाषिक संघात्मक प्रणालीमा रुपान्तरण गर्ने सम्बन्धि संस्थाले ब्यापक प्रचार अभियान थालनी गरेपछि यसमाथि केहि टिक्का टिप्पणी आएको संस्थाको उपाध्यक्ष तथा संयोजक सुमनचन्द्र राईले बताउनु भयो ।

थोरै जनसंख्यका (तुलनात्मक रुपमा कम वक्ता भएका) भाषिक समुदायहरूलाई लक्षित गरी, सो समुदायका सदस्यहरूले संगठनलाई कुशल नेतृत्व दिन नसक्ने, त्यस्तै भाषिक समुदाय विच प्रस्तावित आलोपालो नेतृत्व प्रणाली अर्थात अलोकतान्त्रिक नेतृत्वको छनौट संगठनको लागि घातक हुने जस्ता अलोकतान्त्रिक प्रचारबाची गरि संघात्मक प्रणली तुहाउन केही व्यक्ति उद्यत रहेपनि संगठन आफ्नो निर्णयबाट पछाडि नफर्कने प्रष्ट छ।

संघात्मक प्रणाली विरोधी पक्षधरले भने नेतृत्वदायी आफू मात्रै जन्माजात सक्षम हुँ र अरु दुर्बल हुन भन्ने सोच्नु अलोकतान्त्रिक विधि र पद्धतिको पराकाष्ठा हो भन्दै अबको किरात राई यायोक्खा बेलायत–संघात्मक प्रणालीको विकल्प नरहेको संघात्मक प्रणाली पक्षको ठहर छ ।

ShareTweet

Related Posts

खानेपानी मर्मत गर्न २१ किलो सुन दान
एभरेष्ट टेलिभिजन नेटवर्क

खानेपानी मर्मत गर्न २१ किलो सुन दान

जापानको ओसाका सहरको खानेपानी विभागले २१ किलोग्राम सुन दान स्वरूप प्राप्त गरेको छ। ओसाका महानगरपालिकाका अनुसार उक्त सुनको बजार मूल्य...

February 20, 2026
गायक प्रशान्त तामाङको निधन
अन्तराष्ट्रिय

गायक प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं  । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा...

January 11, 2026
विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
Next Post

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

खर्च र रगतको अभावमा छट्पडिदै रश्मी राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In