ललितपुरको बालकुमारीमा शुक्रबार भएको रोजगार अनुमति प्रणाली इपीएस आन्दोलनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएकोछ ।
अन्दोलनलाई निस्तेज पार्न प्रहरी चलाएको गालीले एक जना किष्ट अस्पताल क्वर्को र एक जना पाटन अस्पतालमा मृत्यू भएको खुलेको छ ।
बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
आन्दोलनको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा२ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसरले जनाएकोछ ।
आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्दा झन आन्दोलन चर्किदै गएपछि नियन्त्रणमा लिन गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ ।घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।