Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home अन्तराष्ट्रिय

कन्वे नटः ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न एक हप्तामै हल गरेपछि एमआईटीमा नियुक्ति पाइन् यी विद्यार्थीले

February 17, 2026
in अन्तराष्ट्रिय

June 26, 2020 Everest News Uncategorized 0

एना पाइसबीबीसी न्यूज मुन्डो

अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरिदिएकी छन्।

लिसा पिच्चिरिल्लोले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा काम गर्दै गर्दा ‘कन्वे नट प्रब्लम’को नामले चिनिएको प्रश्न हल गरेकी हुन्।

आफ्ना गुरु गणितज्ञ तथा प्राध्यापक क्यामरुन गोर्डनसँग कुरा गर्दै गर्दा उनले सहज रूपमा आफ्नो हल देखाएकी थिइन्।

“उनी किन तिमी खुसी नभएको भनेर चिच्याए,” पिक्सिरिल्लोले विज्ञानसम्बन्धी समाचार साइट क्वान्टालाई भनिन्।

“प्राध्यापक त खुसीले उन्मत्त भए।”

कन्वे नट प्रब्लम सन् १९७० मा ब्रिटिश गणितज्ञ जोन होर्टनले बनाएका थिए। पिच्चिरिल्लोले यसको बारेमा पहिलो पटक सन् २०१८ मा एउटा कार्यक्रममा सुनेकी थिइन्।

“उनलाई यो पुरानो र प्रसिद्ध प्रश्न हो भन्ने हेक्का थियो जस्तो मलाई लाग्दैन,” प्राध्यापक गोर्डनले भने।

गाँठो

पिच्चिरिल्लोको उत्तर यो वर्षको सुरुमा एनल्स अफ म्याथम्याटिक्स जर्नलमा प्रकाशित भएको छ।

यो प्रश्न हल गरेपछि उनले प्रसिद्ध एमआईटीमा सहायक प्राध्यापकको पद पाएकी छन्।

“यो प्रश्न लामो समयदेखि हल भएको थिएन र धेरै गणितज्ञहरूले प्रयास गरे पनि समाधान गर्न सकेका थिएनन्,” स्पेनका गणितज्ञ हाभियर अरामायोनाले भने।

प्रश्न के थियो?

यो प्रश्न गणितको टपोलजी भन्ने गाँठोसम्बन्धी अध्ययन गर्ने क्षेत्रमा पर्छ।

टपोलजीमा कुनै पनि वस्तुलाई बङ्ग्याइयो वा तन्काइयो भने त्यो नभाँच्चिएको अवस्थामा कस्तो हुन्छ भनेर अध्ययन गरिन्छ।

गणितीय गाँठोहरूका दुई छेउ जोडिएका हुन्छन् र सबैभन्दा सजिलो गाँठो गोलो हुन्छ र खोल्न सकिँदैन।

  • पहिलो कोरोनाभाइरस पत्ता लगाउने महिला
  • सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा गरेका नौ वर्षे बालक

तर धेरै स्थानमा गुजुल्टो पर्दै जाँदा ती गाँठोहरू कठिन बन्दै जान्छन्।

यो गणितीय ज्ञान विज्ञान र अन्य क्षेत्रमा महत्त्वपूर्ण हुन्छ र वैज्ञानिकहरूले यसलाई आर्थिक बजारदेखि डीएनएको आकारसम्म अध्ययन गर्न प्रयोग गरेका छन्।

गणितज्ञहरूले ५० वर्षदेखि कन्वे नट फुकाउन सकेका थिएनन्
Image captionगणितज्ञहरूले ५० वर्षदेखि कन्वे नट फुकाउन सकेका थिएनन्

कन्वे नट के हो?

यो प्रश्न निकाल्ने जोन हर्टन कन्वे गत एप्रिलमा कोरोनाभाइरस सङ्क्रमणका कारण ८२ वर्षको उमेरमा बिते।

केम्ब्रिज र प्रिन्सटनजस्ता प्रसिद्ध विश्वविद्यालयमा काम गरेका कोन्वे चर्चित गणितिज्ञ थिए।

तर एउटा विद्यार्थीले प्रसिद्ध प्रश्न कसरी सहजै हल गरिन् त?

जोन कन्वेको गत एप्रिलमा कोभिड-१९का कारण मृत्यु भयो
Image captionजोन कन्वेको गत एप्रिलमा कोभिड-१९का कारण मृत्यु भयो

पिच्चिरिल्लोले ११ स्थानमा वारपार भएको गाँठोजस्तै अर्को गाँठो बनाइन् जुन हल गर्न सहज थियो।

त्यो नयाँ गाँठोलाई हल गर्दा प्राप्त उत्तरलाई उनले कन्वे नटमा प्रयोग गर्न सफल भइन्।

“मैले दिउँसो यसमा काम गरिनँ किनभने मलाई यो साँच्चैको गणितको प्रश्न जस्तो लागेन,” उनले क्वान्टालाई भनिन्।

“मलाई यो गृहकार्य जस्तो लाग्यो र मैले घर गएर यसलाई हल गरेँ।”

पिच्चिरिल्लो अमेरिकाको सबैभन्दा ग्रामीण माइन राज्यमा जन्मेकी थिइन् र उनले बोस्टन विश्वविद्यालयमा गणित अध्ययन गरेकी थिइन्।

वास्तविक जीवनमा जस्तै गणितीय गाँठाहरू थरीथरीका हुन्छन्
Image captionवास्तविक जीवनमा जस्तै गणितीय गाँठाहरू थरीथरीका हुन्छन्
(बिबिसीबाट साभार)
Abou
ShareTweet

Related Posts

खानेपानी मर्मत गर्न २१ किलो सुन दान
एभरेष्ट टेलिभिजन नेटवर्क

खानेपानी मर्मत गर्न २१ किलो सुन दान

जापानको ओसाका सहरको खानेपानी विभागले २१ किलोग्राम सुन दान स्वरूप प्राप्त गरेको छ। ओसाका महानगरपालिकाका अनुसार उक्त सुनको बजार मूल्य...

February 20, 2026
गायक प्रशान्त तामाङको निधन
अन्तराष्ट्रिय

गायक प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं  । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा...

January 11, 2026
विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
Next Post

किराती गोल्मा राजा रानी

के हुन् द्वन्द्वात्मक भौतिकवादका तीन नियम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In