Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

एभरेष्ट टेलिभिजन नेटवर्क

February 18, 2026
in कला/साहित्य

February 15, 2026 Everest News समाचार 0

३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गीतकार तथा मोडल गीता पालुङ्वा को नयाँ सांगीतिक प्रस्तुति “सेमुक्ति पालाम” औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

मातृभाषा संगीत संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएकी पालुङ्वाले यसअघि पनि विभिन्न गीतमार्फत सांस्कृतिक चेतना अभिवृद्धिमा भूमिका निर्वाह गर्दै आएकी छन्। यही निरन्तरतामा आएको “सेमुक्ति पालाम” ले प्रेम, भावना र सामाजिक यथार्थलाई पालामको पारम्परिक शैलीमा अभिव्यक्त गरेको बताइएको छ।

उक्त पालाममा “पालाम क्वीन” को रूपमा परिचित चर्चित गायिका मनु नेम्बाङ र फक्ताङलुङ आइडल तेस्रो सिजनका विजेता असल तुम्रोक को सशक्त स्वर रहेको छ।

दुवै कलाकारको आवाजले गीतलाई भावनात्मक गहिराइ र सांगीतिक मिठासले गीतलाई थप उचाइ दिएको छ।

गीतको शब्द सङ्कलन असल तुम्रोकले गरेका हुन् भने लय संयोजन मनु नेम्बाङले नै तयार पारेकी छन्।

छायाङ्कन झापा जिल्लाको दुधे क्षेत्रमा गरिएको हो। स्थानीय स्तरमा लाग्ने विशेष मेला, त्यहाँका प्राकृतिक हरियाली, खुला आकाश र ग्रामीण परिवेशले पालामको भावनात्मक पक्षलाई दृश्यात्मक रूपमा सशक्त बनाएको छ। भिडियोमा गीतकार गीता पालुङ्वा स्वयं र जीवन केदेनको फिचरिङ रहेको पालाममा मनु नेम्बाङ, जानू काम्बाङ, असल तुम्रोक, पुर्ण लिम्बू, अभिषेक पालुङ्वा, राजकुमारी तुम्रोक, सङ्गिता सम्बाहाम्फे, आशा काम्बाङ र मनमाया आङ्बुहाङको सामुहिक अभिनयले सेमुक्तिलाई थप सृजनात्मक, कलात्मक र लिम्ब कला र संस्कृतिको हुबहु परिस्कृत गरि जीवन्त बनाएको छ ।

कलाकार पालुङ्वाले “सेमुक्ति पालाम” केवल एक सांगीतिक प्रस्तुति मात्र नभई सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणको प्रयास पनि हो भनि एभरेष्ट न्यूजलाई बताउनु भयो । पछिल्लो समय मातृभाषा गीत–सङ्गीतप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्तो प्रस्तुतीकरणले सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।

गीता पालुङ्वा अफिसीयल यूट्यूब च्यानेल मार्फत सार्वजानिक गरिएको सेमुक्तिले सार्वजनिक भएसँगै भिडियोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा राम्रो प्रतिक्रिया पाइरहेको बताइएको छ।

लामो समयदेखि सांगीतिक यात्रामा निरन्तरता दिँदै आएकी गीता पालुङ्वाको यस नयाँ कृतिले लिम्बु मौलिक लोक भाका पालाम र धान नाचको संरक्षण र सम्बद्र्धन एवं सांस्कृतिक पहिचान जोगाउने अभियानमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो लगनखेल, ललितपुरको रेकर्डिङ तथा पोष्ट प्रोडक्सन रहेको सेमुक्तिको निर्देशन गायिका मनु नेम्बाङको रहछ भने कारियोग्राफर दिनेस माङ्मुको रहेको छ । चन्द्र वाम्बुले र सुजन श्रेष्ठको सिनेमेटोग्राफी रहेको भिडियोको सम्पादन तथा कलरिङ चन्द्र वाम्बुलेको रहेको छ ।

VDO link

About Everest New
ShareTweet

Related Posts

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
Next Post

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In