Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गुणको बदला गुण

August 12, 2022
in कला/साहित्य
आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

 

जङ्गलमा कतै बच्चालाई छाडेर सिंह टाढातिर सिकार गर्न गयाे। उनीहरू अबेरसम्म नफर्किएपछि तिनका बच्चाहरू भोकले छटपटाउन थाले। त्यसैबेला एउटा माउ बाख्रा चर्दै त्यहीँ आइपुग्यो । उसले सिंहका ती बच्चालाई आफ्नो दूध खुवाइदियो । दूध खान पाएपछि सिंहका बच्चाहरू रमाउँदै खेल्न थाले । निकै ढिला गरी सिंहहरू बच्चा भएको ठाउँमा आइपुगे ।

जब माउ बाख्रालाई देखेर रातो आँखा पार्दै सिंहले आक्रमण गर्न खोज्यो, तब उसको बच्चाहरूले भने, “उहाँले हामीलाई आफ्नो दूध खुवाएर धेरै ठूलो गुन लगाउनुभएको छ, अन्यथा हामी यतिबेलासम्म मरिसकेका हुन्थ्यौँ।” आफ्ना बच्चाको कुरा सुनेर सिंह खुसी हुँदै भन्यो, “हामी तिम्रो गुन कहिल्यै बिर्सिदैनौँ, स्वतन्त्र ढङ्गले याे जङ्गलमा घुमफिर गर ।” त्यो दिनदेखि बाख्रा जङ्गलमा निडर भएर चर्न थाल्यो ।

यतिसम्मकी उनीहरूका बिच सिंहको ढाडमा चढेर डालेघाँस खानेसम्मको मित्रता हुन थाल्यो। यस्तो दृश्य देखेर चीलले बाख्रालाई सोध्यो । उसले गुनको महत्त्व थाहा पायो । चीलले पनि यस्तै प्रयोग गर्ने सोच्यो । उसले दलदलमा फसेका मुसाका बच्चालाई दुई खुट्टाले समातेर सुरक्षित स्थानमा पुरयायो । उसले चिसोले काम्दै गरेका मुसाका बच्चालाई आफ्नो पखेटाभित्र न्यानो दिएर राख्यो ।

मुसाका बच्चा खतरामुक्त भएपछि जब चील उड्न लाग्यो, तब ऊ छक्क पर्यो, उ त उड्नै सकेन, किनभने त्यतिबेलासम्म मुसाका बच्चाहरूले उसको पखेटा टुक्राटुक्रा पारेर काटिसकेका थिए । यो कुरा चीलले उही माउ बाख्रालाई सुनायो, “तिमीले पनि गुन लगायौ, मैले पनि गुन लगाएँ तर यो नतिजा किन फरक फरक ?” माउ बाख्राले गम्भीरतापूर्वक भन्यो, “मुसाहरू कायर हुन्छन् । कायरले गुन सम्झिँदैनन ।

उसले गुन बिर्सनुलाई बहादुरी ठान्छ । सिंह बहादुर थियो । त्यसैले उसले गुन बिर्सिएन । गुन मुसालाई होइन, सिंहलाई लगाउनुपर्छ । गुन कायरलाई हाेइन, बहादुरलाई लगाउनुपर्दछ । ” सामाजिक सञ्जालबाट

ShareTweet

Related Posts

“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
पालमकी रानी हङकङ प्रस्थान
कला/साहित्य

पालमकी रानी हङकङ प्रस्थान

हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन । हङकङमा रहेका लिम्बु समुदाय जस्ले...

November 14, 2024
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ । विगत पचास वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षण, कम्पोज, र गायनका माध्यमबाट...

August 1, 2024
बासुरी दिवसमा विनायो र सालमाया
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरी दिवसमा विनायो र सालमाया

नेपालमा बजाइने विभिन्न लोक बाजाहरू मध्ये शुषीर बाद्यबादन अर्थात फुकेर बजाइने बाजाको श्रेणीमा राखिएको बासुरी नेपाली लोकसङ्गीतको क्षेत्रमा धेरै लोकप्रिय...

August 2, 2024
Next Post
जनचेतनाको लागि जनहितमा जारी

जनचेतनाको लागि जनहितमा जारी

महारानी एलिजा बेथ द्धितीय निधन, संसार स्तब्ध . . .

महारानी एलिजा बेथ द्धितीय निधन, संसार स्तब्ध . . .

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In