Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

चम्पादेवी हाइकिङ

एभरेष्ट टेलिभिजन नेटवर्क

February 17, 2026
in समाचार

 December 23, 2019 Everest News कला/साहित्य 0

खुला आकाश, घना जंगल, सुनसान अनि एकान्त ठाँऊ, मन्द पवन, वर्षयाममा बादलको लुकामारी, हिउदमा उस्तै पारिलो घाम, सुन्दर हिमश्रङ्खला, पहाडको लहड, क्षितिजको दृष्य, लमतन्नै मिलेको बस्ती एकातर्फ हो भने अर्कोतर्फ पहाडको चौघेरा भित्र सिथिल उपत्यका शहर ।

चम्पादेवी क्षेत्रबाट देखिएको दृष्य

सारा दृष्य एकैसाथ हेर्न पाउनु स्वरै कल्पना भन्दा परको संसारमा पुगेको अनुभूति दिलाउने अनुपम सुन्दर स्थल हो चम्पादेवी ।

चम्पादेवी मन्दिर
चम्पादेवी क्षेत्रबाट देखिएको दृष्य

सधै कोलहल, भिडभित्र आधुनिकताको नामले सदा शिथिल, प्रदुषणले निसासीएर ब्याकुल जीवन जीउन बाध्य हामी मानव उपकरण जतिकै निरन्तर सञ्चालित कष्टपूर्ण शहरी जीवनबाट विछट्टै उदासिन भएकाहरूको लागि क्षणिक भएपनि स्वर्गको अनुभूति गराउने छ चम्पादेवी क्षेत्रले ।

मनोरम दृश्यले नोस्टाल्जिक बन्दै सहभागि
डाँडामा आनन्द लिंदै हाइकिङमा सहभागि

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा चम्पादेवी मन्दिरको स्थापना गरि दर्शन गरेपछि मात्र काठमाण्डौँ उपत्यकामा विजय हासिल गरेको तथ्यले पनि यो स्थल ऐतिहासिक महत्व समेत बोकेको स्थल मानिन्छ ।

चम्पादेवी मन्दिरमा राखिएको नाक्सा

यीनै मनोरम क्षेत्रको अबलोनको लागि रत्नराज्य लक्ष्मी क्याम्पस, स्नातक तह तेस्रो वर्षका पर्यटन विकास विषयमा अध्ययपन गराउनु हुने डा. डोलराज काफ्लेको नेतृत्वमा सो विषय अध्ययनरत विद्यार्थीहरूको सहभागितामा चम्पादेवी पदयात्रा कार्यक्रम सम्पन्न भयो ।

पदयात्रामा सहभागिहरू पुष्पालाल पार्क, मच्छे गाऊ कीर्तिपूरमा

पर्यटन विषय व्यवहारिक ज्ञानसंग सम्बधित विषय भएकोले कक्षा कोठाको शिक्षणको भरमा मात्र पर्यप्त ज्ञान नहुने भएकोले आफुले अध्ययपन गराएको हरेक वर्षका विद्यार्थीहरूलाई अनिवार्य रुपमा कम्तिमा ४ वटा पदयात्रामा सहभागि गराउने गरेको डा. काफ्ले बताउनु भयो । सो मध्ये चम्पादेवी क्षेत्रको हाइकिङ सबै भन्दा उपयुक्त रहेको जानकारी गराउनु भयो ।

डा. डोलराज काफ्ले चम्पादेवी क्षेत्रबाट देखिने दृष्यहरूको बारे जानकारी दिँदै
पदयात्रामा सहभागिहरू एकआपसमा संख्य गन्दै

नेपाल राष्ट्रिय जातिय संग्रहालय, मच्छे गाउबाट प्रारम्भ भएको पदयात्रा अनकन्टार र घनाघोर जंगलै-जंगल भएर करिब साँडै दुई घण्टाको उकालै-उकालो हिडाइपछि डाँडा पुगेपछि मात्रै यो मनोरम दृश्यको स्वद पाइन्छ ।

नेपाल राष्ट्रिय जातिय संग्रहालय क्षेत्रहुँदै पदयात्रीहरू अगाडि बढेका

नेपालको पुर्वी जिल्लादेखि सुदरपश्चिम क्षेत्र अर्थात सातवटै प्रदेशका विद्यार्थीहरूका सहभागिताले यात्रामा एकातर्फ विविधता थियो भने अर्कोतर्फ उत्तिकै मौलिकता पनि ।

नाच गान तथा रमाइलो गर्दै पदयात्रीहरू

गाउ घरको मेलापातमा गाइने लोक भाकासङ्गै बढेको यात्रा घनाघोर जंगलको विच उकालो भएपनि । गाउदै, सुशेल्दै अनि पातहरू बजाउदै विछट्टै रमाइलो यात्रा थियो ।

लोक भाकामा नाच गान सहित गन्तव्य तर्फजाने बाटोको खाजिमा पदयात्रामा सहभागिहरू
जंगल अनि उकालो यात्राले सबैजना थाकेपछि विश्राम लिँदै पदयात्रीहरू

कसैलाई लहरामा झुण्डिने हतार, त कसैलाई घारीभित्र लुकमारी खेल्दै उग्लने । हिडाइ र पहाड चढाइको कुनै तौतरिका र शैली थिएन । थियो त खाली जंगल पारगरेर डाँडा उग्लनु, त्यो पनि प्रकृति छटासंग खेल्दै ।

अफ्ठ्यारो भिर पहराहरूमा एकआपसको सहयोगद्धारा उकालो चढ्दै पदयात्रीहरू
रुखमा चढेरा आनन्द लिँदै पदयात्रामा सहभागि
जंगलमा रमाउदै पदयात्रामा सहभागि
जंगलमा रमाउदै पदयात्रामा सहभागि

यात्रा बढि रमाइलोपनमा बढ्दै थियो त कतिलाई भने जंगली जनावरको भय पनि कताकता अनुहारमा झल्किन्थ्यो । अनि विना गोरेटो घनाजंगलको यात्रा अलिअलि सकस त थियो नै ।

जंगलमा रमाउदै पदयात्रामा सहभागि

२६०० मिटरको उचाई अर्थात पुष्पलाल पार्क, मच्छे गाउबाट शुरु भएको पैदल यात्रा अनकन्टार जंगलको प्रकृतिक मनोरम दृश्यको अनुभूति लिँदै २९०० मिटरको उचाइमा रहेको चम्पादेवी पुग्न सकिने रहेछ ।

जंगल छिचोलेर चम्पादेवी क्षेत्रपुगेपछि ट्रेकिङ रुट भेट्दा खुशी मुद्रामा अगुवाइ डा.काफ्ले तथा सहभागिहरू

उचाइमा पुगेपछिको केही समथर हिडाइपछि मात्र आइपुग्ने रहेछ चम्पादेवीको मन्दिर।
चम्पादेवीको दर्शनपछि सबैजना गोलाकारमा सामुहिक नास्ता ग्रहणपछि एकैछिन युवा-युवती बिच घम्साघम्सी दोहोरी समेत चल्यो ।

दोहोरी तथा नाच गानमा मस्त सबैजना

केही क्षणको रमाइलो नाचगानपछि हाम्रो यात्राले गति लियो । केही अगाडि बढेपछि पुन ह्वाइट रिसोर्ट तिर ओर्लन सुरु भयो ।

डा.काफ्लेको वरिपरि नाच्दै सहभागिहरू

पारिलो घाम अनि सुस्त सुस्तरी पवनको चालसंगै लगातारको २ घण्टाको यात्रापछि हाम्रो अन्तिम गन्तव्य बोसन डाँडा(ह्वाइट हाउस) आइपुग्यो र ६ किलो मिटरको पदयात्रा अन्तयन्तै रसपूर्ण, सौन्दर्यपूर्ण, अर्थपूर्ण तबरले पुरा भयो । सहभागिहरूको प्रफुल्लित मुहारले बताइरहेको थियो ।

अत्यन्तै खुशी मुद्रामा पदयात्रीहरू

सबैको लागि अविष्मरणीय र अमिट यात्रा बन्यो ।

घारी छिचोल्न खोज्दै हाइकिङ सहभागिहरू
थकान मेटाउदै
जंगलमा भेटिएको फूलसंग आनन्द लिँदै
उत्साहित भएर खुट्टा माथि उचाल्दै . . .
चम्पादेवीबाट देखिने दृष्यमा फोटो कैद गर्दै सहभागि
सम्झानाकोलागि सामुहिक फोटो लिँदै
चम्पादेवीबाट देउराली हुँदै ह्वाइट रासोर्ट झर्ने क्रममा
सामुहिक नास्ता लिँदै
उत्साहित भएर आकाश छुन खोज्दै पदयात्री
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

अस्पतालको लापरवाहीले सिरुको शिरै रहेन

हाइकिङमा पोलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In