Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

डोल्पामा तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

September 6, 2023
in Uncategorized
डोल्पामा तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो भन्दा पनि अग्लो स्थानमा ताल फेला परेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका छन्। डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल फेला परेको नेपाल खबर अनलाइनले लेखेको छ।
स्थानीयमाझ कुन्ख्येन फालक नामले चिनिने यो ताल समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन्। नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो।
यो विश्वकै सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येमा पनि पर्छ। अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहबाट ५ हजार १९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन्। उनीहरुको दाबी अनुसार यो ताल तिलिचोभन्दा २ सय ७१ मिटर बढी उचाइमा अवस्थित छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिले ५ हजार १ सय ९० मिटरको उचाइमा नयाँ ताल फेला परेको जानकारी आफूलाई पनि गराएको बताउनुभयो। ‘यो ताल तिलिचोभन्दा २ सय ७१ मिटर बढी उचाइमा अवस्थित छ भन्ने दाबी उहाँहरुले गर्नु भएको छ,’ सोमबार बिहान प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ। त्यो तालको लम्बाइ, चौडाइ र गहिराइ कति हो, त्यो पनि यकिन भएको छैन।’
डोल्पोबुद्धका जनप्रनिधिले फेला पारेको सबैभन्दा धेरै उचाइको नयाँ ताल आसपास नै अन्य दुई ताल पनि रहेका जानकारी आफूलाई आएको पनि उहाँले बताउनुभयो।
‘त्यो क्षेत्रमा नजिक नजिकै अन्य दुई ताल पनि रहेको जानकारी आएको छ,’ प्रजिअ पोखरेलले भन्नुभयो, ‘जनप्रतिनिधिले दाबी गरेअनुसार त्यो ताल तिलिचोभन्दा बढी उचाइमा रहेको हो, होइन सम्बन्धित निकायले नापजाँच गरेपछि मात्रै यथार्थ खुल्छ। अब हामी त्यसको लागि पहल अघि बढाउँछौँ।’
आइतबार डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटा कार्यालयमा आएर आफूलाई नयाँ तालको विषयमा जानकारी गराएको उहाँले बताउनुभयो।
केही दिनअघि डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङसहितका जनप्रतिनिधिले कुन्ख्येन फालक तालमै पुगेर जिपिएस प्रणालीबाट यसको उचाइ नापेको दाबी गरेका छन्।
गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको वडाध्यक्ष गुरुङको भनाइ छ। नयाँ तालको रङ आकाशे निलो छ। प्राकृतिक हिसाबले पनि यो ताल अत्यन्तै मनमोहक र सुन्दर रहेको गुरुङले बताउनु भएको छ। डोल्पोबुद्ध गाउँपालिकाको केन्द्रबाट तालसम्म पुग्न मोटरसाइकल र पैदल यात्रा गरेर ६ घन्टा लाग्ने उहाँले बताउनुभयो।
प्रजिअ पोख्रेलका अनुसार डोल्पोबुद्ध ६ मा पर्ने तिन्जे गाउँ नयाँ फेला परेको तालबाट सबैभन्दा नजिकको मानव वस्ती हो। जहाँबाट तालमा पुग्न स्थानीयलाई २ घण्टा लाग्ने प्रजिअ पोखरेलले जानकारी दिनुभयो।
ताल रहेको स्थानबाट नेपाल चीनको १५ नम्बर सीमास्तम्भमा पुग्न दुई घन्टा मात्रै लाग्ने वडाध्यक्ष गुरुङले बताउनुभयो। डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले कुन्ख्येन फालक ताल नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल भएको दाबी गर्दै यथाशीघ्र सरकारले यसको प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो।
‘हामीले जिपिएस मेसिनबाट नापेर यो ताल तिलिचोभन्दा अग्लो स्थानमा छ भन्ने निश्चित गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसको प्रमाणीकरण अब राज्यको आधिकारिक निकायले गर्नुपर्छ।’

समाचार स्रोत: CRI Nepali Service

May be an image of mountain, arctic and lake
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
गायिका सिमामाथि अध्यक्षको गिद्धेनजर

गायिका सिमामाथि अध्यक्षको गिद्धेनजर

गोर्खा सेभिङको कालो धन्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In