[ यो सुत्रमा यस कुरालाई बताइएको छ कि शान्ति प्राप्तीका लागी भिक्षुहरुले के गर्नुपर्छ ।]
आदित्य बन्धु, महर्षी तपाईंसँग म विवेक तथा शान्तिपदका विषयमा सोध्छु । त्यसको दर्शनले संसारमा कुनै पनि चिजमा अनासक्त भएर भिक्षु कसरी शान्त हुन्छ ? ।।१।।
बुद्ध:-
प्रपञ्चको मुल अहंभावलाई जानेर ज्ञानी सबै प्रकारले त्यसलाई त्यागी देउ । भित्र जे पनि तृष्णा छ, स्मृतिमान भएर सदा त्यसलाई त्याग ।।२।।
आफ्नो भित्र र बाहिर जे पनि गुणहरु छ त्यसलाई जानेर कहिले गर्व ( घमण्ड र अहंकार ) नगर, किनकी साधु जन त्यसलाई शान्ति मान्दैनन ।।३।।
त्यसका कारणले अरुभन्दा श्रेष्ठ नठान्नु, न तल्लो श्रेणिको, न त समान । अनेकौं प्रकारको स्पर्श पाएर पनि आफुलाई विकल्पमा नराख्नु ।।४।।
आफ्नो चित्तलाई शान्त राख्नु, भिक्षु अन्य उपायले शान्तिको गवेषण नगर्नु । जसको भित्र शान्त छ उसमा अपनत्व हुँदैन फेरि परत्व कहाँबाट ? ।।५।।
जुन प्रकारले समुन्द्रको बिचमा लहर उठदैन, स्थिर रहन्छ । त्यस्तै प्रकारले स्थिर, चञ्चलता रहित भिक्षु काहीं तृष्णा नगर्नु ।।६।।
उन्मिलीत चक्षु ! तपाईंले बाधाहरु हटाउनका लागी साक्षात धर्म बताउनु भएको छ । आफ्नो भद्र प्रतिपदालाई बताउनुहोस जुन कि प्रतिमोक्ष या समाधी हो ।।७।।

बुद्ध:-
चक्षुका विषयमा लालची नहुनु । नचाहिने कुरामा कानलाई बन्द राख्नु, स्वादको लालच नगर्नु, न त संसारमा केही अपनाउनु ।।८।।
दु:खद स्पर्श पाएर भिक्षु काहीँ बिलाप नगर्नु, भवको तृष्णा नगर्नु र भवबाट कम्पीत नहुनु ।।९।।
अन्न अथवा पान, खाद्य र बस्त्र पाउँदा खेरी त्यसको संग्रह नगर्नु । त्यो नपाउदा चिन्ता पनि नलिनु ।।१०।।
ध्यानी घुमन्ते नबन्नु, व्याकुलताबाट बिरत रहनु, प्रमाद नगर्नु । भिक्षु एकान्त स्थानमा बिहार गर्नु ।।११।।
निन्द्रालाई नबढाउनु, प्रयत्नशील भएर जागरणको अभ्यास गर्नु । निन्द्रा, छल, हाँसो, क्रीड्रा, मैथुन र श्रृङ्गारबाट टाढै बस्नु ।।१२।।
मेरो शिष्यले मन्त्र, सपना, लक्षण तथा ज्योतिषीको अभ्यास नगर्नु, जन्तुको आवाज ननिकाल्नु, गर्भकरण तथा चिकित्साको अभ्यास पनि नगर्नु ।।१३।।
भिक्षु निन्दाबाट नहुनु, प्रशंसाबाट मख्ख नपर्नु, लोभ, कञ्जुसी, क्रोध तथा चुकलीबाट टाढा बस्नु ।।१४।।
भिक्षु क्रय-बिक्रय ( किन-बेच ) कर्ममा नलाग्नु, काहीँ कसैलाई दोष नदिनु, गाउँमा कसैलाई गाली नगर्नु र लाभ प्राप्त गर्ने इच्छाले कसैसँग नबोल्नु ।।१५।।
भिक्षु आत्म प्रशंसी नबन्नु, स्वार्थको कुरा नगर्नु, प्रगल्भता नसिक्नु र कलहको कुरा नगर्नु ।।१६।।
मिथ्या भाषणमा नपर्नु, जानेर बुझेर कपट नगर्नु, जिबिका, प्रज्ञा, शिल ब्रतको बारेमा अरुको अवज्ञा नगर्नु ।।१७।।
बहुभाषिक श्रमणको दोषयुक्त धेरै कुराहरू सुनेर उसलाई कठोर जबाफ नफर्काउनु, साधुजन प्रतिहिंसक हुँदैनन ।।१८।।
यस धर्मलाई जानेर विवेकी भिक्षु सधैं स्मृतिमान हुन सिक्नु । निर्वाणलाई शान्ति भनी जानेर गौतमको शिक्षामा प्रमाद नगर्नु ।।१९।।
ती बिजयीले अजय भएर धम्मलाई साक्षात जानेका छन । त्यसैले अप्रमत्त भएर वहाँ भगवानको शिक्षालाई सम्मान पुर्बक सिक्नु ।।२०।।
अनुबाद सुर्य तामाङ्ग घिसीङ्ग