Monday, May 25, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नमुना संसद कार्यक्रम

फाल्गुन १, काठमाण्डौँ ।

February 16, 2023
in Uncategorized
नमुना संसद कार्यक्रम

 

ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ काठमाडौ उपत्यका सहित देशका ३५ वटा कलेजमा कानुन संकाय अध्ययरत १६५ जना विध्यार्थीहरुको सहभागीतामा ट्रिटन नमुना संसद कार्यक्रमको दोस्रो संस्करण यहि माघ २८ र २९ गते शुभश्री कलेज अफ म्यानेजमेन्टको सभा हलमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अन्तरगत माघ २८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले १६५ जना सहभागीहरुलाइ  प्रशिक्षण गराएका थिए ।

त्यसपश्चात् माघ २९ गते भएको नमुना संसदमा भने छनोट भएका जम्मा ८८ जना विध्यार्थीहरु मात्रै सहभागी भएको कलेजकि सि इ ओ ऋतु न्यौपानेले जानकारी दिनुभएको छ ।

नमुना संसद कार्यक्रममा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक), २०७९ पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधिन पेश हुँदै पारित समेत गरिएको थियो ।

कार्यक्रम समापन समारोहको प्रमुख अतिथि पुर्व उपसभामुख एवं कानुनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसदमा भएका कमी कमजोरी हरुलाइ समेत सुधार गरि अझै परिष्कृत रुपमा युवाहरुले यस्ता कार्यक्रमहरु विध्यालय स्तरिय, नगर स्तरिय, प्रदेश स्तरिय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने र यस्तै कार्यक्रमहरुले देशको योग्य जनप्रतिनिधि जन्माउने बताउनुभएको छ ।

त्यसैगरि विशिष्ट अतिथि भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राइले मन्तव्यको क्रममा राज्य संरचना तथा राज्य संचालन बारे जानकारी गराउने यस्ता कार्यक्रमहरु अझै व्यापक रुपमा प्रत्येक स्थानीय तहहरुमा समेत आयोजना हुनुपर्ने र यस्ता कार्यक्रमले उत्कृष्ट सचेत नेतृत्व उत्पादन गर्ने राह्य व्यक्त गर्नुभएको छ ।

नयाँ युवा नयाँ सोच, नेपालका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएको यस कार्यक्रममा उत्कृष्ट बहसकर्ता एलिशा शाही (एड मार्क एकेडेमी), सान्त्वना पुरस्कार समीर लामिछाने (कुमारवर्ती बहुमुखी क्याम्पस), उत्कृष्ट अनुसन्धानकर्ता स्मृति शर्मा (ट्रिटन कलेज), सान्त्वना पुरस्कार निशा घिमिरे (ह्वाइटहाउस कलेज) तथा उत्कृष्ट नेतृत्वकर्ता दृश्या काफ्ले (के एम सी, बागबजार), सान्त्वना पुरस्कार रामकृष्ण अधिकारी (के एम सी बालकुमारी) ले हात पार्न सफल भएका छन् ।

ट्रिटन कलेजका कानुन तथा व्यवस्थापन संकाय संयोजक कमान सिङ आर सिका अनुसार यस कार्यक्रमको तेस्रो संस्करण अझै धेरै कलेजहरुको सहभागीतामा व्यापक रुपमा आयोजना ट्रिटन कलेजले आयोजना गर्नेछ ।

 

 

Tags: नमुना संसद कार्यक्रम
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

सिलिन्डर पड्केर संसद घाइते

सिलिन्डर पड्केर संसद घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In