Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नाङ्गेलीः कर तिर्न नसकेपछि स्तन काटेर शासकलाई बुझाइन

July 24, 2023
in अन्तराष्ट्रिय
नाङ्गेलीः कर तिर्न नसकेपछि स्तन काटेर शासकलाई बुझाइन

१९ औँ शताब्दीताका दक्षिण भारतको केरला राज्यमा अनौठो नियम थियो । त्यहाँका दलित महिलाहरूले आफ्नो छाती ढाकेर हिंड्न समेत पाउदैनथे ।

यदी उनिहरूले आफ्नो छाती र स्तनहरू ढाक्ने हो भने शासकलाई धेरै कर तिर्नुपर्दथ्यो । त्यती मात्र होइन ठूला स्तन हुनेले धेरै पैसा तिर्नुपर्दथ्यो भने साना हुनेले अली कम तिरे पनि पुग्दथ्यो । धन हुने स्त्रीहरूले त कर नै तिरेर पनि आफ्नो लाज ढाकेर हिड्दथे भने जो गरीब हुन्थे उनिहरूले लज्जित हुँदै छाती देखाएर हिंड्नुपर्दथ्यो ।

यस्तैमा एक गरीब परिवार थियो, जहाँ थिइन- नङ्गेली । शासकले दलित महिलामाथि गरेको यो ज्यादती,उनलाई सह्य भएन । उनले बिद्रोह स्वरुप आफ्नो छाती ढाकेर हिंड्न थालिन,खबर थाहा पाउने बित्तिकै उनिसँग मोटो कर असुल्न कर्मचारीहरू उनको घर आइपुगे ।

राज्यलाई बुझाउन पुग्ने उनिसँग त्यतिधेरै धन थिएन, त्यसैले उनी घर भित्र गइन, धारिलो हँसियाले आफ्ना दुबै स्तनहरू काटिन, ती स्तनलाई पातमा राख्दै भनिन-“मसँग यी स्तन ढाकेर हिंड्नका लागि तिर्ने पैसा छैन, बादलामा तिमीहरू यी स्तनहरू नै लगेर आफ्नो शासकलाई देऊ ।”

यति भनेर नङ्गेली भुइँमा ढलिन, छातीबाट अत्यधिक रक्तस्राब हुनाले उनले केहीबेरमा त्यही आफ्नो प्राण त्यागिन । यो घटनाबाट यती ठूलो बिद्रोह जन्मियो कि, वाध्य भएर तत्कालिन शासक वर्गद्वारा दलित महिलामाथि लादिएको अन्यायपूर्ण कानुन हटाउनु पर्‍यो ।

आज पनि दक्षिण भारतमा नङ्गेलीलाई बिद्रोहकी प्रतिमूर्तीका रुपमा पूजा गरिन्छ । आज जुन समाजमा हामी बस्न पाएका छौँ, पक्कै पनि यो व्यवस्थाका लागि धेरैले जेल,नेल र प्राण उत्सर्ग गर्नुपरेको छ र अझ राम्रो भविश्यका लागि अझ कती धेरैले सकारात्मक बिद्रोह गर्न बाँकी छ ।

ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post

राष्ट्रपतिको स्वास्थ्य उपचार सम्बन्धी परेको रिट सर्वोच्चद्धारा दरपीठ, दरपीठ बिरुद्ध इजलास जाने

विज्ञानको चमत्कारिता मुटु विनै मान्छे बचाउदै

विज्ञानको चमत्कारिता मुटु विनै मान्छे बचाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In