Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

न्यायाधीशमाथि करणीको अरोप

फाल्गुन १६, काठमाण्डौँ ।

March 5, 2023
in Uncategorized
न्यायाधीशमाथि करणीको अरोप

सुन्दा विश्वास नै नलाग्ने तर घटना त्यही । राज्यको मुख्य ३ अंग मध्ये न्यायलय महत्वपूर्ण, जिम्मेवार र स्वतन्त्र निकाय हो । अर्थात आम जनता मात्रै होइन, विधि र न्यायसंगत तबरले काम नगरेमा सरकारलाई समेत ठिक लगाउने उपल्लो निकाय तिनै न्यायालय हो ।

अर्थात व्यक्तिको के कुरा सरकारले समेत गल्ति गरेमा, सरकार वा सरकारको कार्यकारी प्रमुखलाई नै डण्ड वा सजाए सुनाउन सक्ने जिम्मेवार निकाय, कानुनको विज्ञ अर्थात बहालवाल न्यायाधीशको श्रीमतिले नै अन्यायमा पर्यो भन्दै न्याय पाउन भौतारीरहेको छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ नै ।

कानुनको विद्धुवन मात्रै होइन, सही र गलत, सत्य र खराब, वा ठीक र बेठीक सबै पर्गेली अझ शब्द शब्दको व्याख्य विश्लेषण गरि दुधको दुध पानीको पानी छुट्टाउने सक्ने क्षमता मात्रै होइन अधिकार पनि केबल न्यायलय मात्रै छ ।
आरोप मात्रै लागेकोलाई सफाइ र गल्ती गर्नेलाई डण्डीत गर्ने संवैधानिक निकायको बाहालवाला न्यायाधीशको श्रीमतिले नै न्याय पाऊँ भन्दै जब सञ्चार गहृको कार्यालयमा आइपुगिन तब हामीलाई पनि यो घटनाले स्तब्ध बनायो ।

पिडित महिलाको बलिन्द्र आशुको धारासंगै घटनाको फेहरिस्ता र घटनासंग सम्बन्धित प्रमाणहरूले, उनले भागेको पिडा तथा उनेले न्यायको लागि गरेको संघर्षमा प्रहरी प्रशासन देखि गृहमन्त्रालय एवं मानवअधिकारदेखि न्यायपरिषदसम्मले न पिडित माथि भएको अन्याय कपोकल्पित हो नै भन्न सक्यो न त न्याय दिलाउन सक्योे ।


कपिलवस्तु जिल्लाको न्यायाधीश भुवन गिरीको कान्छी श्रीमति आरती रावल गिरी । ५ वर्ष अगाडि विवाह भएको बताउनु हुन्छ ।
जगा जमिनको मुद्धाको मामलामा न्यधिश गिरी भएको भेट सामाजिक सञ्जाल मार्फत नजिकै गएपछि जेठी श्रीमतिसंगको सम्बन्ध राम्रो नरहेको र आफुसंग विवाह गर्नैपर्ने दवाफ दिएर भारतको अयोध्यमा लगेर विवाह गरेको पिडित महिलाले बताउनु भयो ।

२०७५ साल बैशाख ५ गते विवाह भएपछि आफुलाई श्रीमतिको छाप लगाएर यौनजन्य साधनको रुपमा उपभोग गर्दैआएको पिडित महिलाले भक्कानिदै बताउनुहुन्छ आफ्नो पिडा ।आफुलाई सिकस्ति विमारी हुँदा वा मासिक श्राप हुदासम्म कुनै बखत श्रीमानको चाहाना पुरा गर्न मात्रै होइन कतिपय अबस्थामा अप्राकृतिक यौनकार्य गर्न बाध्य पारेको पिडित महिलाको आरोप छ ।

५ वर्ष सम्म आफुले श्रीमानसंग कुनै धनसम्पति केही नमागरेको तर विवाहित महिला भएपछि बच्चाको आमा बन्ने महिलाको जन्मसिद्ध अधिकारबाट वञ्जित गराइ सधै आफुलाई यौनजन्य वस्तुको रुपमा भोगविलासी मात्रै गर्ने श्रीमानको चाहानाले आफुले धेरै पिडा र कष्ट झेल्नु परेकोले सधै यस्तो कठोर सास्तीपूर्ण जिवन यापन गर्न नसक्ने भएकोले नै न्यायको आवाज उठाएको बताउनु भयो ।

पिडित महिलाले घटनाको फेहरिस्ता यसरी खोल्नुहुन्छ । विगत केही वर्षदेखि कुटपिट, बलत्कार र अप्राकृतिक यौनजन्य घटनाहरू सहदै आएपनि गत मंसिर १ गतेको बेलुका अर्थात राति पनि कुटपिटपछि बलात्कार गरेको सो घटनालई लिएर २ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता गर्न गएको तर प्रहरीले मुद्धा दर्ता गर्न आनकानी गरेपछि महिला अधिकारकर्मीको सहयोगबाट मंसिर ३ गते स्वप संकलनको लागि अस्पताल गएको र पुन ५ गते जाहेरी गर्न गएपछि प्रहरी ६ गते बोलाएको बताउनु हुन्छ ।

महिला हिंसा जस्तो जघन्य अपराधमा प्रहरीले जाहेरी लिएर अनुसन्धान गर्नु पर्नेमा छलफलको लागि बोलाएपछि आफु मञ्जुर नरहेको र जाहेरी दर्खास्ताको दर्ता नम्बर माग्दा नदिएको र दर्खास्ता फिर्ता माग्दा केही दिन नमिल्ने प्रहरी प्रशासनले जवाफ दियो ।
बरु प्रहरी प्रशासनकै अगाडि श्रीमानले आफ्नो शक्ति र धनको कारण कानुनी तथा कुनै रुपमा केही गर्न नसक्न भनि धम्काएन मात्रै प्रहरी प्रशासनकै अगाडि शक्ति र सम्पत्ती सबै भएकोले आफु विरुद्ध केही गर्न नसक्ने धम्की नै दिएको पिडित महिलाले बताउनु भयो ।

भएभएरको हार गुरहार र प्रकृयाको अबलम्बन गर्दा पनि न्याय पाउने त कहा हो कहा आफ्नो उजुरी नलिने मात्रै होइन, उल्टै प्रहरी प्रशासनसंग मिलेर २६ हजार चोरीको आरोप लगायो । आफ्नो केही सिप नचलेको र ज्यानै जोखिममा परेपछि ज्यान जोगाउन र न्यायको खोजिमा काठमाण्डौँ भगेर आएको बताउनु भयो पिडित गिरी ।

पिडित महिला गिरीको खासै त्यस्तो ठुलो माग केही छैन । खाली यति मात्रै हो प्रहरीले जाहेरी लिएर यथासिघ्र घटनाको छानविन गरिदेओस । कानुनी रुपमा भोली मुद्धा जित्ने वा हार्ने फरक पाटो हो ।

अन्यायमा परेमा आम नागरिक जो सुकैले प्रहरी प्रशासन समक्ष उजुरी गर्न पाउनुपर्ने संवैधानिक मौलिक हक र अधिकार हो ।
तर बहालवाला न्याधिशको श्रीमतिको जाहेरी नै नलिनु कस्तो विडम्बना हो यो भन्नु हुन्छ उहा (पिडित महिला) ।

मानवअधिकारदेखि न्यायपरिषद, महिला आयोग, गृह मन्त्रालय सबै निकायमा न्याय खोज्न कहा गाइन, के गरिन कसैले सुनिदिएन म माथि परेको अन्याय र अत्यचारबारे भत्कानिदै व्यक्त गर्नु हुन्छ आफ्नो कष्ट क्षण पिडित गिरी ।

न्याय नपाउने र बाच्नै गाह्रो भएपछि आत्मदाह पनि प्रयास गरेँ तर मर्न बाट रोकेको बताउनु हुन्छ पिडित महिला ।
अरुको सहयोग र मागेरले गाडी भाडा र खाइखर्च टार्दै आएको छु, बास आफन्तजनमा सरण लिएको छु, त्यो पनि लुकीलुकी, मार्नलाई मान्छे लगाएको छ रे भन्ने सुन्छ बलिन्द्र आशु पुच्छ्दै आफ्नो कहनु भयो ।

प्रहरीले जाहेरी नलिएकोको र अदालत मुद्धा दर्ता गर्न आफूसंग रकम अभाव भएकोले कानुनी उपचार र न्यायको लागि लड्नको लागि सक्नेले आर्थिक सहयोग र नहुनेले न्यायको लागि आवाज उठाइदिन पिडित महिलाको सबैसंग अनुरोध छ ।

मनकारी मानुभवले ग्लोबल आइएमई बंैकको आरती रावल गिरी नामको खाता नं २३९०७०१००८८५७६ (Arati Rawal Giri  Global IME Bank, Ac No: 23907010088576) रकम जम्मा गरि सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै आफुले न्यायपाएपछि सबैको रकम फिर्ता  गरिदिने समेत बताउनु भयो ।

घटना बारे सत्य तथ्य के हो भनि महिलाको आरोपित श्रीमान कपिलवस्तुको जिल्ला न्यायाधीश भुवन गिरीसंग फोन सम्पर्क गर्दा आफु इजलाशमा रहेको भन्दै फोन सम्पर्क विच्छेद गर्नु भयो भने, पिडित महिलाको जाहेरी के कारणले अर्थात के प्रकृया नपुगेर जाहेरी दर्ता नभएको भन्ने प्रश्नमा प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले सबै कुरा सम्झाएर पठाएको बताउनु भयो ।

न्यायाधीश गिरीसंगको घटना के हो भन्ने प्रश्नमा उहाहरूको आन्तरिक मामिला हो केही बोल्न नमिल्ने भन्दै यो घटनाबारे थप बोल्न अस्विकार गर्नु भयो ।

 

 

Tags: न्यायाधीशमाथि करणीको अरोप
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
गायिका समिक्षा अधिकारीको फेक आइडीबाट जेलबाट छुटेका नायक पह शाहलाई शुभकमना !   गायिका अधिकारीद्धारा आपत्ति

गायिका समिक्षा अधिकारीको फेक आइडीबाट जेलबाट छुटेका नायक पह शाहलाई शुभकमना ! गायिका अधिकारीद्धारा आपत्ति

प्रदेश १ को नाम कोशी,  जातिय संघ-संस्थाद्धारा घोर आपति

प्रदेश १ को नाम कोशी, जातिय संघ-संस्थाद्धारा घोर आपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In