Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

May 20, 2023
in अन्तराष्ट्रिय
पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

९४ वर्षका एकजना बाजेलाई घरभाडा तिर्न नसकेपछि घरपट्टीले निकाला गर्‍यो । उनले घर मालिकलाई केही समयको लागि वस्न पाउ भनि निकै बिन्ती गरे । तर घरपट्टीले मान्दै मानेनन्। ती वृद्धा लाई घरवाट निकाल्न लागेको हल्ला सुनेर छिमेकीहरू जम्मा भए र उनीहरूले केही समय दिन घरपट्टीलाई जसोतसो मनाए ।

यो घटना संयोगले बाटो हिंड्दै गरेका जना पत्रकारले देखेका रहेछ । उसले यस घटनाको समाचार बनाउँदा रुचिकर बन्छ भन्ने ठानेर केही फोटा सहित समाचार तयार गरी आफ्नो पत्रिकाको संपादक समक्ष पेश गर्‍यो । पत्रकारले नचिने पनि सम्पादकले ती वृद्ध को थिए ,चिन्हीहाले ।

भोलिपल्टै अखबारको मुखपृष्ठमा तस्बिर सहितको सनसनीपूर्ण खबर छापियो । शीर्षक थियो – “भारतका पूर्व प्रधानमंत्री गुलजारीलाल नन्दाको अवस्था !” समाचारको पेटबोलीमा उनको यो हालत सविस्तार खुलाइएको थियो । यसले सारा भारतभर ठूलो सनसनी फैलियो । समकालीन नेताहरू ऐश्वर्य र वैभवमा पौडी खेलिरहँदा दुई पटकसम्म भारतको प्रधानन्त्री (नेहरु र लालबहादुर शास्त्रीको मृत्यु पश्चात् १९६४ र १९६६ मा) र कैयौंपटक प्रदेश र संघीय सरकारमा मन्त्री बनेका यस्ता हस्तीको यो दुरावस्थाले सबैलाई छोयो ।
(गुलजारीलाल नन्दालाई स्वतत्रता सेनानीको नाताले मासिक रु.५००/- भत्ता मिल्थ्यो र यो पनि उनले सबैको दबाबमा अनिच्छापूर्वक स्वीकार गरेका थिए । यसैबाट उनको कोठाभाडा तिर्ने र आफ्नो सारा गुजारा चल्ने गर्थ्यो ।)

तुरुन्तै प्रधानमन्त्री, मन्त्रीहरू र सबै ठूलाबडाका गाडी उनी बसेको ठाउँमा ताँती लागे । अब बल्ल घरमालिकलाई आफ्नो घरमा गुमनाम बस्ने ती व्यक्ति अरू नभएर स्वयं गुलजारीलाल नन्दा रहेछन् भन्ने थाह भयो । सरकारको तर्फबाट उनलाई सरकारी आवास दिने प्रस्ताव गरियो तर उनले “मलाई यो वृद्धावस्थामा सुविधायुक्त सरकारी निवासको के अर्थ छ र?” भनेर साफ इन्कार गरे र अन्तिम दिनसम्म त्यही एउटा कोठामा अत्यन्तै सादगीपूर्ण जीवन गुजार्दै १०० वर्षको उमेरमा देह त्याग गरे ! सामाजिक सञ्जालबाट साभार ।(facebook.com/photo/?fbid=2815657661914156&set=pb.100004098492506.-2207520000.)

Tags: पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post
विगेसोद्धारा बेलायतमा जानकारी सभा

विगेसोद्धारा बेलायतमा जानकारी सभा

‘सिमान्त गुरू’ भनिने भरत भट्टराई दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फरार

‘सिमान्त गुरू’ भनिने भरत भट्टराई दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In