Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

बुद्ध र राम: के संबन्ध छ?

January 31, 2024
in Uncategorized
बुद्ध र राम: के संबन्ध छ?
बौद्धधर्म हिन्दुधर्म १६६
जिज्ञासा: बुद्ध र राम: के संबन्ध छ?
उत्तर: हामीले यो विषयमा दुई कुरालाई छुट्याउन सक्नु पर्दछ।
एक “राम-पण्डित” भन्ने पात्र संबन्धी बौद्ध अवधारणा र अर्को वैदिक-हिन्दु धर्मले मानीआएको पात्र, विष्णुका अवतार भनिने “मर्यादा-पुरुषोत्तम राम”।
यी दुई नितान्त अलग पात्रहरु हुन् जसको पृष्ठभूमिमा बौद्ध र वैदिक-हिन्दु धर्मको सैद्धान्तिक आवरण छ। तर ऐतिहासिक रुपमा यी दुई पात्रहरु जोडिएका पनि देखिन्छन्।
पहिले बौद्ध धारणा: भगवान बुद्धले दिएको शिक्षालाई पहिले ९ भागमा बाँडिएको थियो जसलाई नवाँग-शासन भनिन्थ्यो, अर्थात बुद्धका शिक्षालाई ९ अंगमा भाग लगाएर व्यवस्थित गरिएको शिक्षाको संकलन।
त्यस्मा एउटा “जातक”को संग्रह पनि पर्दथ्यो। जातक भनेको भगवान बुद्ध आफैंले आफ्नो पुर्व जन्ममा कसरी बौद्ध मार्गमा निरन्तर लागेर बोधिसत्त्वको रुपमा विभिन्न पारमिताहरु पूरा गरेको भन्ने प्रेरणादायी जीवन कथा। बुद्ध सर्वज्ञ भएकोले उहाँलाई आफ्ना सबै पुर्व-जन्महरुको स्मृती थियो।
यसै क्रममा उहाँ एकपल्ट राम पण्डितको नामले दशरथ राजाको छोरा भएर जन्मनु भएको थियो। उहाँ कुनै अवतार हुनुहुन्थेन। जसरी तपाईं-हामी कर्मको वशले जन्मन्छौ त्यसै गरेर जन्मनु भएको थियो। यो कथा दशरथ जातकमा छ। उहाँका दुई भाई लक्ष्मण, भरत र सीता बहिनी हुन्छन्।
कालान्तरमा सौतेनी आमाको ईच्छाले गर्दा रामलाई १२ बर्षका लागि वन जानू पर्ने स्थिती हुन्छ र उनी आफ्ना भाइ लक्ष्मण र भरतका साथ जान्छन्। सौतेनी आमा आफ्नो छोरा भरतलाई राजा बनाउन चाहन्थिन्। राम-पण्डितलाई यसरी राज्य त्याग गर्न कुनै संकोच हुन्न किनकी जन्मौ देखिको बौद्ध अभ्यासले गर्दा उनको मन त्याग गर्न सक्ने भैसकेको थियो भने त्यो जन्ममा उनी अझ त्याग गरेर “नैष्क्रम्य-पारमिता” अर्थात संसार छोड्ने दृढ संकल्पको अभ्यास अझ तिव्र बनाउन चाहन्थे।
यसरी जंगलमा बस्दै तपस्या गर्दै गर्दा उन्को बुबाको ९वौं बर्षमा मृत्यु हुन्छ जसको खबर भाइ भरत लिएर जंगलमा आउँदछन् । त्यो समाचार सुन्दा राम पण्डित अलिकती पनि विचलित हुन्नन्। यो देखेर सबै फेरि आश्चर्यमा पर्दछन् र उनलाई यो धैर्यको कारण सोद्धा उनी भन्दछन् कि सबै “संस्कृत धर्म अनित्य हुन्छ!” यो बौद्ध शिक्षा हो जसलाई उनले धेरै जन्मदेखी अभ्यास गरेकोले यो शिक्षा उन्को आफ्नै अंग भैसकेको थियो।
भरतले बाबु नभएकोले फर्कन भन्दछन् तर राम-पण्डित मादैनन् किनकी उनले १२ बर्षको निर्वासनको वचन बाबुलाई दिएका हुन्छन्। बरु आफ्नो खरेउ दिन्छन् जसलाई राजगद्दिमा राखेर भरतले बाँकी ३ बर्ष राज्य गर्दै कुर्दछन्।
१२ बर्षको अन्त्यमा बोधिसत्त्व राम-पण्डित आफ्ना भाइ र बहिनी सितासंग फर्कन्छन् र फेरि राजगद्दी सम्हाल्दछन्।
यहाँ बुझ्नु पर्ने कुरा के भने रावण आदिको कथा यहाँ छैन, राम-पण्डित विशुद्ध बौद्ध मार्गमा हुन्छन् र बोधिसत्त्वको रुपमा पारमिताको अभ्यास गरिरहेका हुन्छन्।
जबकी हामीले सुनेको रामायणमा राम विष्णुको अवतार हुन्छन्, वैदिक-हिन्दु धर्मको वर्णाश्रम धर्मको संरक्षणको लागि अवतारको रुपमा उत्रिएका हुन्छन्, सीता पत्नी हुन्छिन्, रावण लगायत वैदिक धर्म नमान्ने धेरैको बध हुन्छ आदि।
यसरि सैद्धान्तिक र कथानक रुपमै दुई रामको अवधारणा भिन्न छ।
अब ऐतिहासिक पक्ष: आज एसियामा सयौं भिन्न रामायणहरु छन्। तर कुनैपनी बुद्ध भन्दा अगाडि विद्यमान भएको ऐतिहासिक रुपमा पाइन्न। यसै पनी वाल्मीकि रामायणमा बौद्धलाई नास्तिक भनिएको र बुद्ध-तथागतलाई चोर भनिएकोले यो बुद्ध भन्दा पछिको रचना हो भनेर भन्न गार्हो छैन। आज पाईने वैदिक रामायणमा बौद्ध जातकहरु “वेसान्तर-जातक” र माथी उल्लेखित “दशरथ-जातकको” प्रभाव छ। यो कुरा राहुल साँकृत्यायन लगायतका विद्वानहरुले गरेको अनुसंधानमा देखिएकै हो।
यसरी बौद्ध राम-पण्डित र वाल्मीकि रामायणका “मर्यादा-पुरुषोत्तम राम” जस्ता पात्र नितान्त भिन्न हुन्।
बुद्ध कसैको अवतार यसैपनी होइन, तसर्थ यी दुई विचको संबन्ध अवधारणाको सापटिको मात्र देखिन्छ।
“भवतु सर्वमंगलम्”
#Bibek Sharma
ShareTweet

Related Posts

Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

'जीवन दान' उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In