Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

May 7, 2025
in Uncategorized
मच्छिन्द्रनाथ र मिननाथको रथ
ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः आदि विभिन्न नामबाट पुकारिन्छ भने स्थानीय नेवार समुदायमा भने “बुंग द्यः” नामबाट लोकप्रिय मानिन्छ) रथलाई पुल्चोकबाट गाःबाहाल सम्म ल्याईयो । आज मंगलबजार पुर्याईन्छ । भोली मंगलबजारबाट पाटनको सुन्धारा पुर्याईन्छ । यसरी क्रमैसंग लगनखेल हुदै जावलाखेलमा पुर्याई भोटो देखाए पछी जात्रा सम्पन्न गरिन्छ । यस भोटो संग पनि बिभिन्न किंवदन्तीहरु जोडिएको पाईन्छ । उपत्यकाको सबैभन्दा प्रसिद्द मानिने जात्रा आज भन्दा करिब १६०० वर्ष पहिला देखि मानिदै आएको ईतिहासमा भेटिन्छ । भोटो जात्रा संगै परम्परागत बाजागाजा सहित गुरुजुको पल्टन र भक्तजनको लावा लस्कर सहित भगवान श्री रातो मच्छिन्द्रनाथलाई खटमा बिराजमान गराई वुङगमतीमा पुर्याईन्छ र मन्दिर भित्र करुणामयलाई प्रतिस्थापन गरिन्छ । यसरी वुङमती लाने क्रममा स्थानीयहरुद्वारा स्थानीय बाजा सहित छ्वाली वाली बाटो देखाउने काम गरिन्छ ।”
“भगवानको रथका सुन्दर चार पाङ्ग्रामा रहेका को को भगवान हुनुहुन्छ नि?” भन्ने हाम्रो जिज्ञासा मेटाउदै उहां भन्नुहुन्छ, “करुणामय आर्यअवलोकितेश्वर प्रभुलाई नेपाल मण्डलमा बोकेर ल्याउने भैरवहरु हुनुहुन्छ । जसमा लुभुका श्वेत भैरव, हरिसिद्दिका क्रोध भैरव, लेलेका टिका भैरव र पाटनका चन्द्र भैरव हुन । जसले गर्दा आज सम्म पनि रातो मच्छिन्द्रनाथ मन्दिर विराजमान हुने रथको चारै पाङ्ग्रामा उहांहरु चारै भैरवको संकेत स्वरुप प्रतिमा बनाउने चलन छ । साथै रथको अग्रभागमा रातो वर्णको तिन आंखा भएका निक्कै शक्तिशाली हंयग्रिव भैरवको सुन्दर प्रतिमा राखिएको हुन्छ । पाल्पाका राजा मुकुन्दसेनले वुङमतीमा हमला गरी हयंग्रीव भैरवको मुर्तीलाई उखेलेर पाल्पा लिएर गएको र पछि प्रायश्चित गर्दै क्षमा पुजा सहित पुनः वुङमतीमा नै स्थापना गराएको बाट पनि स्पष्ट हुन्छ कि हयंग्रीव भैरव निक्कै शक्तिशाली हुनुहुदो रहेछ भन्ने ।”
हयंग्रीव भैरव विराजमान विशाल आकृतीको रथको अग्रभागको आसन देखाउदै बाबु महर्जन भन्नुहुन्छ, “उहां कर्कोटक नागराज हो । त्यतिवेला राजा नरेद्रदेव (सहित ३ जना)ले भगवान करुणामयलाई आसामबाट लिएर आउदा बाटोमा पर्ने खोलानालाहरुमा अहिले जस्तो पुल-पुलेसा थिएनन । खोला-नालाहरु तार्न सजिलो होस् भनी स्वयं कर्कोटक नागराज आफै आसनको अग्रभाग वनी आउनु भएको किंवदन्ती अनुसार आज पनि उहांको सम्मान स्वरुप रथको अग्रभागमा सजिएका विशाल वृक्षआसनलाई कर्कोटक नागराज भनिन्छ”।
हिजो रथ तान्ने बेलामा वर्षा भएको र आज पनि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको कुरा हामीलाई वताउदै ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, ”भगवान करुणामयको रथयात्राका समयमा पानी नपरेको (सानो/ठुलो) मैले आजसम्म थाहा पाएको छैन । त्यसै उहांलाई वर्षा र सहकालका देवता मानिएको कहां हो र ?”
तत्कालीन समयमा निक्कै लामो समय सम्म काठमाडौँ उपत्यकामा वर्षा नभएपछी गुरुजु बन्धुदत्तको सल्लाह अनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम) बाट भगवान श्री मच्छिन्द्रनाथलाई काठमाडौँमा ल्याइएको इतिहासमा पाईन्छ ।( रातो मच्छिन्द्रनाथ भगवानले हामी सबैको कल्याण गरुन ) kantipath Online
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
Uncategorized

कलाकार हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र...

May 4, 2025
Next Post

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In