Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home विविध

मल्लकाल

October 26, 2023
in विविध
मल्लकाल
जसरी किराँतकालमा पाटनको च्यासलमा आठ सय जना किराँतीहरुको हत्या गरि बैशालीबाट आएका लिच्छविहरुले शासन आफ्नो हातमा पारे । त्यसरी उज्जैनबाट आएका मल्लहरुले लडाइँ गरेर शासन लिएको ईतिहास पाइन्दैन । किराँतीहरुको शासन भैरहेको समयमा लिच्छवि, शाक्य, मल्लारि, वज्जी लगायतका समुदायहरु शरणार्थीका रुपमा उपत्यकामा प्रवेश गरेका थिए । पछि मल्लारीको सहयोगमा लिच्छविहरुले किराँतीहरुसंग विद्रोह गरी शासनमा अधिकार जमाएका थिए । सुपुष्प प्रथम लिच्छवि राजा थिए । सुरुका समयमा देव थर भएका राजाहरुले नै शासन गरेका थिए । जस्तै बसन्तदेव, शिवदेव, मानदेव, मित्रदेव आदि । पछिल्लो लिच्छवि कालमा द्वैध शासन व्यवस्था रहेको थियो । यसरी हेर्दा लिच्छविबाट नै सहज किसिमले मल्लवंशमा शासन हस्तान्तरण भएको देखिन्छ । बि.सं १२११ नेपालमा राजा मित्रदेवले मल्लयुद्ध गरी सर्वसाधारण जनतालाई मनोरञ्जन दिइरहेका बेला दरबारमा उनको छोराको जन्म भयो । त्यस बेला उनले आफ्नो छोरालाई मल्ल उपाधि दिए । त्यही उपाधि नै थरका रूपमा रहन गयो भन्ने वंशावलीहरूमा पाइन्छ । १२५७ मा नेपालमा प्रथम मल्ल राजा अरि मल्ल भएका थिए भने यसै समय कहिले लिच्छविले त कहिले मल्लहरुले राज्य चलाएको देखिन्छ । यस समय नेपाल मण्डलको राजधानी भक्तपुर थियो भने राजाहरू ‘युथनिम्हम’ र ‘त्रिपुर’ दरबारमा रही शासन चलाउँथे । यो क्रम अरि मल्ल पश्चात् अभय मल्ल, आनन्द मल्ल हुन्दै रुद्र मल्ल सम्म रहेको थियो । रुद्र मल्लका छोरा नभएको कारण छोरी नायकादेवीको बिबाह हरिशचन्द्र र पछिल्लो पल्ट सिम्रौनगढबाट शरण लिन आएका जगतसिंह संग भएको थियो भने उनिबाट पनि एक मात्र सन्तान रजलादेवी भए । जसको बिबाह स्थिती देवसंग भयो । स्थितीदेवले उपत्यका मै दीक्षा लिएर देवबाट मल्ल थर धारण गरेपछि जयस्थिती मल्ल हुन पुगे र द्वैध शासनको अन्त्य गरि मल्ल शासनको सुरुवात गरे । जयस्थिती मल्ल पश्चात् जयधर्म मल्ल, जयज्योतिर मल्ल र यक्ष मल्लले शासन गरेका थिए । बि.सं १४८५ मा राजा यक्ष मल्लको मृत्यु पश्चात् जेठा छोरा राय मल्ल भक्तपुरका राजा भए भने महिलो छोरा रण मल्ल काभ्रेका राजा भए । त्यस्तै कान्छो छोरा रत्न मल्ल र छोरी धर्मवतीले संयुक्त रुपमा कान्तिपुर र
ललितपुरमा शासन गरेका थिए । काभ्रेमा रण मल्ल पछि केशव मल्ल र कृष्ण मल्लले शासन गरेका थिए । यसै समय भक्तपुरमा राय मल्ल पछि सुवर्ण, प्रण मल्ल र विश्व मल्लले राज्य चलाएका थिए । बिश्व मल्ल कमजोर भएका कारण रानी गंगा महारानी सर्वेसर्वा थिए । गंगा महारानीले नै काभ्रेमा आक्रमण गरि काभ्रेलाई भक्तपुरमा गांबेका थिए । बिश्व मल्ल पछि त्रैलोक्य मल्ल, जग ज्योती मल्ल, नरेन्द्र मल्ल, जगत प्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्लले शासन चलाएका थिए । त्यस्तै कान्तिपुर र ललितपुरमा भने राजा रत्न मल्ल पश्चात् सूर्य मल्ल, अमर मल्ल, महेन्द्र मल्ल, सदाशिव मल्ल राजा भएका थिए । सदाशिव मल्लका पालामा भाइ हरिहर मल्लले पाटनलाई अलग्गै राज्य बनाउन विभिन्न षड्यन्त्र रचे । यसरी कान्तिपुर र ललितपुर छुट्टै राज्य बन्न पुगे । कान्तिपुरमा सदाशिव पछि लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल, पार्थिबेन्द्र मल्ल, भूपलेन्द्र मल्ल, भाष्कर मल्ल राजा भए । भाष्कर मल्ल (सन् १७००-१७२२) मृत्यु पश्चात उनि निसन्तान भएकोले उनका भान्जा नाता पर्ने तत्कालिन मुख्यमन्त्री झंगल थाकुलका नातेदार जगजय मल्ल राजा भए । जगजय मल्ल पछि उनका छोरा जय प्रकाश मल्ल राजा भएका थिए ।
ललितपुरमा हरिहर सिंह मल्ल पछि सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योग नरेन्द्र मल्ल राजा भए । राजा योगनरेन्द्र मल्लको मृत्यु पश्चात उनि निसन्तान भएकोले मथ्याहा तर्फको छोरा लोकप्रकाश मल्ल (सन् १७०५-१७०६) को समेत मृत्यु भए पश्चात भान्जा नाता पर्ने इन्द्र मल्ल (६ प्रधान मध्ये १ को छोरा) राजा भए । कतै कतै इन्द्र मल्ललाई बिष्णु मल्ल पनि भनिन्छ । बिष्णु मल्ल पछि ६ प्रधानहरु शक्तिमा आउन थाले पछि उनिहरुले नै आफू खुशी राजाहरु नियुक्त गर्ने थाले । यसरी बिष्णु मल्ल पछि राज्यप्रकाश मल्ल, बिश्वजित मल्ल राजा भए भने बिश्वजित पछि कान्तिपुरका राजा जय प्रकाश मल्ल र भक्तपुरका राजा रणजित मल्ललाई पनि ललितपुरका राजा बनाएका थिए । त्यसैगरि यी ६ प्रधानहरुले पृथ्वीनारायणका भाइ दलमर्दन शाहलाई पनि ललितपुरका राजा नियुक्ती गरेका थिए । अन्तमा तेज नरसिंह मल्ल ललितपुरका राजा भए । यस समय पृथ्वीनारायण शाहका सेनाहरुले उपत्यका चारैतिरका राज्यहरु जित्दै आएका थिए । बि.सं १८२५ मा काठमाडौ जितेपछि यी ६ प्रधानहरुले पृथ्वीनारायण शाहलाई नै ललितपुर सुम्पेका थिए । सत्ताच्यूत भएका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्ल भने भक्तपुरका राजा रणजित मल्लकोमा शरण लिन आएका थिए । पृथ्वीनारायण शाहले आफ्नो मीतबुबासंग शरणलिन आएका राजाहरु मागे पछि मीतबुबाले दिन नमानेपछी भक्तपुर माथी आक्रमण गरे । यस आक्रमणको प्रतिकार गर्न राजा रणजित मल्ल नमानेपछि यसको कमान राणजित मल्लका छोरा अवधूत सिंह मल्ल, जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले गरेका थिए । बि.सं १८२६ मा तीन दिनको लडाइँ पश्चात् भक्तपुर माथी जीत हासिल गरे । जयप्रकाश मल्ल र तेज नरसिंह मल्ललाई बन्दी गरे भने रणजित मल्ल र अवधूत सिंह मल्ललाई काशी पठाए । बाँकी सन्तानले पृथ्वीनारायण शाहबाट बच्न प्रधान, प्रधानांग, बैदार, बहिदार, मुलेपति, तिमिला, था, थाकु, थाकुल, राजवंशी, रघुवंशी, राजलवट, श्रेष्ठ आदि थर लेख्ने गरेका छन् । काशी गएको १५ बर्षपछि अवधूत सिंह बाग्लुङमा फर्केका थिए । पर्वतका राजा कीर्तिबम मल्लबाट अवधूत सिंहले बागलुङ उपल्लाचौरमा १०० मुरी जग्गा बिर्ता पाएका थिए । अवधूत सिंहले उपल्लाचौरमा तेलिया इँटाको गारो र काठको कलात्मक थाम, झ्याल, ढोका भएको भव्य दरबार बनाएका थिए । उनकै सन्तानहरु हाल कुश्मा बजार, बागलुगं, पाल्पा, बुटवल, खैरेनी, गोरखा, दमौली, चितवन, हेटौंडा, रिडी, प्युठान, डोटी, बर्दिया, नेपालगंजमा बसोबास गर्छन GR Ranjit
ShareTweet

Related Posts

पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Next Post
लोकप्रिय गायिका मनु नेम्बाङ घाइते

लोकप्रिय गायिका मनु नेम्बाङ घाइते

यो कस्तो भाषिक समानता ?

यो कस्तो भाषिक समानता ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In