Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ती

चैत्र २९, काठमाडौं ।

April 12, 2024
in Uncategorized
महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ती

काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयंति मनाउने कार्य सम्पन्न भयो । उक्त पालाले गत साल पनि महाकवि गिरिजाप्रसाद जोशीको ८५ औ जन्म जयंति मनाउने कार्य गरेका स्मयणीय छ ।

कार्यक्रम भर्खरै बित्नु भएका महाकवि गिरिजाप्रसाद जोशीका एक शिष्य लगायत नेपालका प्रथम केमीकल इन्जियर र साहित्यकार राजदास श्रेष्ठ जसले तन मन धनले नेपालभाषाको साहित्यिक क्षेत्रमा योगदान गर्दै आउनु भएको थियो उहांको सम्झनामा गुणानुस्मरण गरी १ मिनेट मौनधारण गरि शुरु भएको थियो ।

सुकुन्दा साहित्य पालाको इतिहासमै प्रथम पटक अनलाइन जुम मार्फत भएको कार्यक्रमका प्रमुख अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. बाल गोपाल श्रेष्ठले महाकवि गिरिजा प्रसाद जोशीको योगदान बारे प्रकाशन पार्नु हुन्दै आफुहरु भाग्योदय मा.वि.मा पढदै गर्दा महाकवि गिरिजा प्रसाद जोशी शिक्षक भई अङग्रेजी र नेपालभाषा विषय अध्यापन गराउनुका साथै स्कुल र सांखु शहर भित्र अनेकन साहित्यिक कार्यक्रम गर्ने लगायत विद्यार्थीहरुलाई विभिन्न हस्तलिखित पत्रिका प्रकाशित गर्न लगाएको साथै उहाँकै उपस्थितिमा सांखुमा भाषा साहित्य मुंज्या खलको गठन भएको र सो सस्थाको प्रथम अध्यक्ष भइ विविध साहित्यिक कार्यक्रम सांस्कृतिक कार्यक्रम गर्ने गरेको र महाकवि गिरिजा प्रसाद जोशीले रचना र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको स्मरण सुनाउनु भयो । महाकाव्य देखि थुप्रै कृति छाडेर जानुभएका महाकवि गिरिजा प्रसाद जोशी ४९ वर्षको अल्पायु वितेर जानु भएपनि आफु लगायत नेपालभाषा क्षेत्रका धेरै साहित्यकारहरुका प्रेरणाका श्रोत भएको उहांले वताउनु भयो ।

प्रमुख अतिथि श्रेष्ठले महाकविकै प्रेरणामा आफूले साहित्यिक सृजनामा लागेको र मातृभाषाको सेवामा अहिलेसम्म लागिपर्न सकिरहेको जनाउनु भयो । प्रमुख अतिथि श्रेष्ठले भर्खर वित्नु भएका भाषासेवी राजदास श्रेष्ठको निधनप्रति गहिरो शोक प्रकट गर्नु हुन्दै यो नेपालभाषा क्षेत्रको लागि ठूलो क्षति भएको कुरा बताउनु भयो । रत्न राज्यलक्ष्मी क्याम्पसबाट नेपालभाषाबाट चौथा तह अध्यापन पूरा गरेका रुपा शाही, साहित्यकार रामेश श्रेष्ठ, सुकुन्दा साहित्य पालाका सचिव एवम् संयाजेक रिदेन महर्जनका साथै प्रशान्त डंगोलले आ आफ्नो साहित्यिक सृजना प्रस्तुत गर्नुका साथै महाकवि गिरिजाप्रसाद जोशीका योगदानलाई सम्झनेकाम गर्न भएको थियो ।

सो कार्यक्रमको संयोजक रिदेन महर्जनले आगामी दिनहरुमा नेपालभाषा तथा साहित्यक क्षेत्रमा अतुलनीय योगदान दिनु भएका महान् व्यक्तित्वहरूको कदर स्वरूप आगामी दिनमा अझै सशक्त ढंगबाट साहित्यिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थिए ।

Tags: महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ती
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
दृष्य गुमेका युवतीको आखा फिर्ता

दृष्य गुमेका युवतीको आखा फिर्ता

Once upon Bollywood Legend actor Dilip Kumar

Once upon Bollywood Legend actor Dilip Kumar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In