Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

मेयरलाई ३० लाख क्षतिपूर्ति, घाइतेले गोली निकालेको खर्च पनि पाएनन्

February 16, 2026
in समाचार

गोली लागेर आन्द्राभुँडी बाहिर निस्किएका मणि नेपाली भन्छन्- ‘मैले गोली निकालेको ऋण तिर्न सकिन’

आन्द्राभुँडी बाहिर निस्किएका थिए, मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुमबासी मजदुर मणि नेपाली ब्युँतिए, तर उपचारमा लागेको ऋणले थिचिएका छन् । उनी भन्छन् :

इलाम दानाबारीको मान्छे हुँ, बिर्तामोडमा बस्छु । मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु । इलाममा मेरो केही छैन । बिर्तामोड आएर घर बनाउने काममा लागेको थिएँ । ०७४ कात्तिकमा यतैको एक बालक पोखरीमा मृत भेटिएपछि आन्दोलन सुरु भयो । तर, म मजदुरी गरेर खानुपर्ने, आन्दोलनमा पनि जान पाइनँ । सहकारीको एउटा भवन बन्दै थियो, त्यहीँ काम गर्दै थिएँ । १० कात्तिकको दिन दिउँसो खाजा खान कोठातर्फ जाँदै थिएँ । बाटोमा आन्दोलन चलिरहेको थियो । एक्कासि म भएकै ठाउँमा झडप सुरु भइहाल्यो । मेरै अगाडि नरेश थापा भन्ने मान्छे गोली लागेर ढले । त्यो देखेपछि भाग्न थालेँ । त्यहीवेला मलाई पनि गोली लाग्यो ।

गोलीले ढले पनि होसमै थिएँ । मलाई गोली लाग्यो, मलाई बचाओ भन्दै कराउन थालेँ । स्थानीय जनता मेरो उद्धारमा आएका थिए, प्रहरीले उनीहरूलाई लखेट्यो । मेरो कपाल त्यसवेला लामो थियो । प्रहरीले कपालमा समातेर घिसार्दै लग्यो । त्यतिन्जेलसम्म नरेशको मृत्यु भइसकेको थियो, यो पनि मर्‍यो भन्ने ठानेर मलाई नरेशको शवसँगै राखेछन् । मेरो पनि होस आउँदै–जाँदै थियो ।

त्यहाँबाट नरेशको शवसँगै मलाई उठाएर प्रहरीले पोस्टमार्टमका लागि भद्रपुर लग्यो । नरेशको शव सिटमा थियो, मलाई तल राखेका थिए । खाल्डाखुल्डीमा गाडी हल्लिँदा नरेशको शव सिटबाट झरेर ममाथि आयो । नरेशको शव रगताम्ये थियो । छेउमा बसेका प्रहरीलाई मैले ‘यो लास उता सारिदिनुस् न’ भनेँ । ए, यो त जिउँदै रहेछ भन्न थाले । तर, दया गर्नुको सट्टा अश्लील शब्द बोल्दै गाली गर्न थाले । अस्पतालको बेडमा लानुको सट्टा पोस्टमार्टम गर्ने घरमा लगे । एकैछिनमा मान्छेहरू पनि भेला भइहाले । मेरो खल्तीमा मोबाइल थियो । श्रीमतीलाई चाहिँ सुनाउन पाए हुन्थ्योजस्तो भयो । ‘मनकुमारी’ भनेर सेभ गरेको नम्बरमा फोन लगाइदिन भनेँ । तर, प्रहरीले मोबाइल नै लगिदिए ।

मणि नेपालीको उपचार खर्चबारे झापाका सिडिओ जनकराज दाहाल भन्छन्–माथि सिफारिस भइसकेको छ, तर के भयो थाहा छैन 

घटना हुँदा म झापा आएकै थिइनँ । तर, उपचार खर्चको बिल भर्पाइसहितको फाइलचाहिँ यहाँबाट सिफारिस गरेर माथि पठाइसकिएको छ । फाइल पक्कै पनि राहत शाखामा गएको होला । तर, माथि के भएको छ थाहा छैन । मणि नेपालीले भुक्तानी पाउनुभयो कि भएन भन्ने जानकारी छैन हामीलाई । भुक्तानी सीधै ट्रमा सेन्टरमा पनि गएको हुन सक्छ । यहाँचाहिँ आएको छैन ।

एकै छिनपछि डाक्टरहरू आए । उनीहरूले मैले औँला चलाएको देखेपछि ‘यो त जिउँदै छ’ भने । त्यसपछि बिर्तामोड ल्याएर बी एन्ड सी अस्पतालमा भर्ना गरे । त्यहाँबाट धरान लगे । घोपा (बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान)ले ‘यो मान्छे बाँच्दैन’ भन्दै विराटनगर रेफर गर्‍यो । विराटनगरबाट काठमाडौं पठाए । काठमाडौं आउँदा  साथमा श्रीमती र बहिनी पनि थिए । कुहिनो छेडेर पेटभित्र पसेको गोली सरेर छातीतिर आउँदै थियो । ट्रमा सेन्टरमा तुरुन्तै अपरेसन भयो । ट्रमामा चार महिना बसेँ । ऋण खोजेर उपचार गरेँ ।

कुहिनो छेडेर पेटमा गोली छिरेको थियो ।आन्द्राभुँडी बाहिर निस्किएका थिए । आन्द्रामा प्लास्टिक जोडिएको छ । तिघ्राको छाला लगेर पेटमा टालिएको छ । कुहिनोको हड्डी कामै नलाग्ने भएको छ, डाक्टरले स्टिल लगाइदिएका छन् । अहिले घाउ पाकेर पिप आइरहेको छ । स्टिल नै देखिन थालिसक्यो ।

उपचार गर्दा दयामायाले थुप्रै ठाउँबाट ऋण त पाएँ । तर, तिर्न समस्या भइरहेको छ । ऋण दिनेले पैसा फिर्ता माग्छन् । तिर्ने उपाय छैन । श्रीमतीले अरूको घरमा काम गरेर थोरै पैसा ल्याउँछिन् । त्यही पैसाले कोठा भाडा तिर्न र छोरो पढाउन मुस्किल छ ।  बसेको ठाउँबाट उठेर जसोतसो खाना पकाएर छोरालाई खुवाउँछु र स्कुल पठाउँछु । पहिला छोराले बोर्डिङमा पढ्थ्यो, पैसा नै नभएपछि अहिले सरकारी स्कुल सारेका छौँ । बिर्तामोडको मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु । मासिक भाडा तिर्नुपर्छ । पहिले बसेको घरमा भाडा तिर्न नसकेर निस्किनुपर्‍यो । ती घरबेटीलाई अझै ४० हजार ऋण तिर्नु छ ।

काठमाडौंको ट्रमा सेन्टरमा गोली झिकेपछि उपचार खर्च पाइएला भनेर बिर्तामोड र अर्जुनधारा नगरपालिका कार्यालय पुगेँ । एक लाख ८० हजारजतिको बिल त काठमाडौंमै हराएछ । अर्जुनधारा नगरपालिकाले बिलहरू हिसाब गरेर एक लाख २१ हजारको फाइल बनाएर सिडिओ कार्यालयमा दिनु भन्यो । फाइल लिएर सिडिओ कार्यालय पुगेँ । पैसा आउँछ भनेर आसचाहिँ नगर्नु, आयो भने हामी फोन गर्छौँ भन्नुभयो सिडियो सा’बले । फोन आउँछ कि भनेर बसेको छु, अहिलेसम्म आएको छैन ।

हात चलाउन गाह्रो छ, पेट दुख्छ । अघाउन्जेल खान पनि मिल्दैन । अब मसँग खर्च नै छैन । फलोअपमा काठमाडौं जाने वेला भयो । फेरि एउटा अप्रेसन गर्नु छ । म घाइते भएका वेला अर्जुनधारा नगरपालिकाले दुईवटा प्लेन टिकटको व्यवस्था गरिदियो । बिर्तामोड नगरपालिकाले ४० हजार र दुईवटा प्लेन टिकट दिने भनेको थियो । मेरा आफन्तलाई १०/१५ हजार मात्र दिएको रहेछ । पूरै रकम पाइएन । मेयर सा’बले दिने भनेबमोजिमको पैसा नपाएपछि नगरपालिका नै गएँ । पुरानो कुरा बिर्सिएँ भन्नुभयो । तर, उहाँ आफैंले बिमाबाट साढे ६ लाख पाउनुभयो, सरकारबाट ३० लाख रुपैयाँ पाउँदै हुनुहुन्छ भन्ने पत्रिका पढेर थाहा पाएँ ।

यता, मैले गोली निकालेको ऋण तिर्न सकेको छैन । उहाँ त यहाँको मेयर, सरकारी तलब खाने मान्छे, व्यापार पनि गर्नुहुन्छ, महिनामा लाखौँ रुपैयाँ कमाउनुहोला, मेरो त खेतीपाती पनि छैन, घर पनि छैन । हामीजस्ता मान्छेको पक्षमा उहाँ बोल्नुपर्ने हो कि होइन ? नया पत्रिकाबाट

ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

विगेसोको सिङ्गापुर शाखा गठन

चलचित्र निर्देशक वाम्बुले सर्वाधिक राशि सहित सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In