Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

February 16, 2026
in Uncategorized
१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ । स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो । बेरोजगारी हटाउने उद्देश्यले सरकारले ल्याएको यो कार्यक्रम कसरी कार्यान्वयन भइरहेको छ र यसबाट कुन वर्ग लाभान्वित भइरहेको छ भन्ने प्रष्टै देखियो । गहनापोखरी नजिकै अलिकति खाली ठाउँ थियो । त्यहाँ १२ जना महिला र एक पुरुष उभिएका थिए । उनीहरु त्यहाँ झार उखेल्न आएका रहेछन् । टोलमा रहेकी एक महिलाले हातमा कुटो र कोदालो बोकेकी थिइन् । ‘अन्त त ज्याकेट र हेलमेट पनि दिन्छन् रे है ?’ उनले भनिन्, ‘खोई, हामीलाई त दिएका छैनन्, भोलिपर्सि देलान् कि ?’ पोखरीको डिल नजिकै उभिएका उनीहरुले अनलाइनखबरको टोली पुगेपछि आफूहरुले आज गरेको काम देखाए । अञ्दाजी २ मिटर चौडाई र ७ मिटर जति लम्बाई भएको ठाउँमा झार उखालेर सिनिक्क बनाइएको थियो । ‘यसपछि के गर्नुहुन्छ, कि आजको डिउटी सकियो ?’ अनलाइनखबरको प्रश्नमा उनीहरुले साँझ ६ बजेसम्म काम गर्नुपर्ने सुनाए । तर, कामअनुसार सरकारले हाजिरा कम दिएको उनीहरुको गुनासो थियो । ‘हामीले कामदार लगाउनुप¥यो भने दैनिक १ हजार २ सय रुपैयाँ दिनुपर्छ, तर, हामीलाई सात सय मात्रै दिने भनेका छन्,’ उनीहरु भन्दै थिए । उनीहरुले दुई सिफ्टमा काम गरेमा १४ सयसम्म पाइने बताए । टोलीकी संयोजक सकुन्तला घिमिरेले चाहिँ १ हजार रुपैयाँ पाउने निर्णय वडा कार्यालयले गरेको बताइन् । बेरोजगार भएवापत प्रधानमन्त्र िरोजगार कार्यक्रममा समेटिएकी करिब ६० वर्ष उमेरकी देखिने शकुन्तला एउटा सामुदायिक होम स्टेकी सञ्चालिका रहिछन् । वडामा १८ जनाको नाम रोजगारी लागि छनोट भएको भए पनि १३ जनामात्रै उपस्थित थिए । टोलिकी प्रमुख घिमिरेले भनिन्, ‘पहिले १८ जना नै थियौं, ५ जनाले पछि अन्तै काम गर्न थाल्यौं भन्नुभयो ।’
टोलीमा एक दम्पत्ती पनि थिए । उनीहरुले फुर्सदिलो भएर दिनभर घरमा बस्नुभन्दा दुबैजना काममा आउन पाउँदा खुसी लागेको सुनाए । हामीले सोध्यौं, ‘तपाईंहरुको घर कहाँ हो ?’ श्रीमानले भने, ‘सुनसरी ।’ ‘सुनसरीको मान्छेले पनि यहाँ काम गर्न मिल्दो रहेछ ?’ श्रीमतीले जवाफ दिइन्, ‘काठमाडौंमा पनि घर छनि ।’ **** सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । तर, चालु आर्थिक वर्षमा छुट्याइएको बजेट नै सदुपयोग हुन सकेको छैन । बाँदर लखेट्नेदेखि झार उखेल्नेजस्ता काममा सरकारी ढुकुटी खर्च गरिएको छ । हातमा बेल्चा समाउँदै हेलमेट र राता टल्कने ज्याकेट लगाएर झार उखेलिरहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ छन् । गोरेटो बाटो बनाउन गाउँपालिकाले यही कार्यक्रम अन्तर्गतको बजेट खर्च गरेको भन्दै आलोचना पनि भएको छ । जनश्रमदानबाट हुने कामहरुमा पनि सरकारले राज्यकोषबाट खर्च गरेको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमका लागि अधिकांश गाउँपालिकाहरुले भर्खर कार्यक्रम छनोट गर्दैछन् । तर, अधिकांश स्थानीय तहका कार्यक्रम एकैखालका छन् । विशेष गरी सडकका योजनामा कार्यक्रम केन्द्रित छन् । सडक मर्मत गर्ने, नाला बनाउने, ढुंगा बिछ्याउने लगायतको कामलाई धेरै स्थानीय तहले यो कार्यक्रमभित्र समेटेका छन्, र बेरोजगारको सुचीमा दर्ता भएका थोरै व्यक्तिलाई रोजगारी दिइएको छ । कुलो मर्मत गर्ने, मठमन्दिर र सामुदायिक भवन तथा सार्वजनिकस्थल सरसफाइ गर्ने कामका लागि पनि यो बजेट खर्च हुँदैछ । अधिकांश गाउँपालिकाहरुले यतिबेला छनोट भएका बेरोजगारहरुलाई काँधमा बेल्चा भिराएर कुलो खन्ने, बाटो खन्ने, गोरेटो बनाउने, नाली सफा गर्ने जस्ता ठाउँमा खटाएका छन् । महानगरमा बेरोजगार ३१९ मात्रै ! प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारीका लागि आवदेन दिनेको संख्या काठमाडौंमा अत्यन्तै न्यून देखिएको छ । काठमाडौं महानगरले दिएको जानकारीअनुसार यहाँ जम्मा ३१९ जनाले मात्रै रोजगारीका लागि आवेदन दिएका छन् । जब कि महानगरको जनसंख्या २० लाखभन्दा बढी भएको मानिन्छ । यति ठूलो जनसंख्यामा जम्मा ३१९ जनाले मात्रै रोजगारीका लागि निवेदन दिनुले कार्यक्रममा वास्तविक वेरोजगारको आकर्षण नभएको बुझ्न सकिन्छ । महानगरमा कार्यरत रोजगार संयोजक भरत ओली भने आँकडा हेरेर निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । नयाँ अभ्यास भएका कारण यसपालि आवेदन कम आएको उनको आँकलन छ । ‘कतिपयले रोजगार पाइन्छ भनेर विश्वास नगरेकाले पनि धेरै मानिस आएनन्,’ उनले भने । रोजगारीका लागि आवेदन दिने ३१९ जनामा पनि सबैले रोजगारी पाउने सम्भावना छैन । चालु आर्थिक वर्षका लागि एक महिना मात्रै बाँकी छ । कहाँ के काम ? महानगरले दिएको जानकारीअनुसार आइतबारदेखि ३ वडा वडाहरुले यसको कार्यान्वयन गर्न थालेका हुन् । काठमाडौं महानगरको वडा नम्बर ५ ले आइतबारदेखिको तलब पाउने गरी १३ जनालाई रोजगारी दिएको हो ।
यस्तै, वडा नम्बर २६ ले नाली सफा गर्ने काम शुरु गरेको छ । २६ वडा कार्यालयले १८ जनालाई नै सामाखुसीमा नाली सफा गर्न खटाएको हो । यता, काठमाडौं महानगरपालिकाको १३ नम्बर वडा कार्यालयले भने फरक किसिमको रोजगारी दिँदैछ । काठमाडौं महानगरका रोजगार संयोजक ओलीका अनुसार आइतबारबाटै सो कार्यालयले तथ्यांक संकलनको जागिर दिदैछ । १३ नम्बर वडा कार्यालयमा २५ जना रोजगारीका लागि छनोट भएका छन् । उनीहरुले वडा कार्यालयमा रहेका विभिन्न कार्यालयहरुको तथ्यांक संकलन गर्ने ओलीले बताए । उनका अनुसार २५ जनाले वडामा कति अस्पताल छन्, कति विद्यालय छन्, कति विभिन्न संस्थाहरु छन् भन्ने तथ्यांक संकलन गर्नेछन् । अन्य २ वडा कार्यालयहरुले पनि यसै वर्ष कार्यक्रमको शुरु गर्ने ओलीले जानकारी दिए । संयोजक ओलीका अनुसार वडा नम्बर १५ र ७ ले पनि विरुवा रोप्ने नै काम गर्नेछन् । उक्त कामका लागि १५ वडाले ३ जनालाई वृक्षारोपण गर्ने काम दिने छ भने ७ ले बागमति किनारामा २० जनालाई फूल रोप्न लगाउनेछ । अनलाइन खबरबाट तस्वीरः शंकर गिरी
ShareTweet

Related Posts

Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post

योगको सुरुवातबारे मतभेद

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In