Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व बिख्यात फ्लोरेन्स नाइटिङ्गेल

May 12, 2024
in Uncategorized
आजैको दिन २०४ वर्ष अगाडी विश्व बिख्यात फ्लोरेन्स नाइटिङ्गेलको जन्म भएको थियो । उनलाई आजको नर्स पेशाको जन्मदाता भनिन्छ । यसर्थ आजको दिनमा विश्व नर्स दिवसको मनाइन्छ ।
नाइटिङ्गेललाई “ए लेडी विथ ए ल्याम्प”को रुपमा पनि सम्झिने गरिन्छ । यूरोपको युद्धको समय उनि अहोरात्र लाल्टीन बोकेर बिरामीको सेवामा खटिने गर्दथिन् । जसले गर्दा उनलाई लाल्टीन बोक्ने महिलाको रुपमा चित्रण गरिएको हो ।
उनको ममतामयी सेवाभावको प्रेरणा र आदर्शको रुपमा लिदै आज लाखौ महिलाहरु नर्सिङ पेशामा आबद्ध छन् । नर्स भन्ने बितिक्कै हाम्रो मन मस्तिष्कमा नरम हृदय भएको ममतामयी र मिठोभाव प्रकट गर्ने आकृती सामु आउछ । तसर्थ आज नर्स पेशामा आबद्ध हुने सबैले उनको आदर्शलाई बिर्सन हुदैन । बिरामीसंग झर्केर बोल्ने रिसाउने वा बिरामीलाई गाली गर्ने स्वभाव बोकेको महिलाले यो पेशालाई आजैबाट त्यागौ होइन भने आफ्नो स्वभावलाई सुधार गरौ ।
नेपालको पहिलो नर्स भने दार्जिलिङमा जन्म भइ नेपालमा बिबाह भएर नेपाली भएकी ल्हामू अमात्यलाई नेपाल सरकारले पहिलो नर्सका रुपमा सम्मान गरेको छ । तर जन्मले नै नेपाली पहिलो नर्स भने उमादेवी दास हुन् ।
दरवार हाइस्कुलका पुराना हेडमास्टर ठाकुर दासको छोरी उमादेवी शुरुमा पद्मकन्यामा शिक्षिका थिइन् । २००९ सालमा नेपाल सरकारको कोटामा भारतको फत्तेगढमा रहेको मिसनरी अस्पतालबाट तीन वर्षको कोर्स र एक वर्षको इन्टर्नसिप पूरा गरेर नेपाल फर्किएकी थिइन् ।
नेपाल फर्किएको एक वर्ष पछि नै २०१३ सालमा नेपालमा नर्सिङ शिक्षाको औपचारिक शुरुआत भयो । महाबौद्ध नर्सिङ विद्यालय नामको सो केन्द्रमा वहाँले सिनियर नर्सिङ ट्यूटरको जागिर पाउनु भयो । त्यहाँ रहँदा डाइरेक्टर सम्मको पद वहन गर्नुभयो । स्कुल अफ नर्सिङमा १५ वर्ष बिताए पछि २०२९ सालमा नयाँ शिक्षा सहित नर्सिङ क्याम्पस खुल्यो । त्यस क्याम्पसको पहिलो प्रिन्सिपल पनि वहाँ नै हुनुहुन्थ्यो ।
यी दुई महिला भन्दा अगाडि बि.सं. १९८५ सालमा श्री ३ चन्द्रशमशेरले वीर अस्पतालका लागि प्रसूति सेवा सम्बन्धी तथा नर्सिङ तालिमका लागि विद्यावती कंसाकार, राधादेवी मालाकार, विष्णुदेवी माली तथा धर्मदेवी कंसाकारलाई भारतको शहर इलाहावादमा १८ महिने तालिममा पठाइएको थियो । यसरी तालिम प्राप्त गरेकाहरु वीर अस्पतालमा काम गर्न थालेका थिए । ती मध्य अन्य प्रसूति सेवामा रहे पनि विद्यावती कंसाकार भने नर्स थिइन् ।
सम्पूृर्ण नर्सिङ सेवामा आबद्धलाई शुभकामना ।
Tags: विश्व बिख्यात फ्लोरेन्स नाइटिङ्गेल
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
《सेतो सर्पको कथा》-१

《सेतो सर्पको कथा》-१

टेलिफोन आविष्कार र हेलोको इतिहास

टेलिफोन आविष्कार र हेलोको इतिहास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In