संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ विश्वभर योग दिवस मनाउन ‘द आर्ट अफ लिभिङ फाउण्डेसन’ संस्थाले विशेष तमतयारी गरेको छ ।
‘द आर्ट लिभिङ फाउण्डेसन’ को संस्थापक तथा विश्व विख्यात योग गुरु रबि शंकरले डिसेम्बर २१ मा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र«को केन्द्रीय कार्यालयबाट प्रत्यक्ष प्रशारण मार्फत विश्वभरका योगका अनुयायीहरूलाई सम्बोधन तथाा प्रवचन दिने कार्यक्रम रहेको छ ।
आध्यमिक गुरु शंकरले डिसेम्बर २० मा राष्ट्र संघ केन्द्रीय कार्यालयमा प्रवचन दिने र डिसेम्बर २१ मा १८० वटा भन्दा बढि मुलुकमा शाखा रहेको द आर्ट आफ लिभिङ फाण्डेशनका अनुुयायीहरूलाई प्रत्यक्ष प्रशारणबाट सम्बोधनको साथै प्रवचन दिने कार्याक्रम रहेको हो ।
स्वस्थ्य र स्वच्छ जीवनको लागि आजको अति व्यस्त जीवनशैलीमा सबैले अनिवार्य डिसेम्बर २१ को प्रवचन सुनेर जीवन जीउनुको अर्थ र सुनौलो जीवन बाच्न सिक्न विश्वभरका मानव समुदाय सबैमा आर्ट लिभिङ संस्थाको विनय अनुरोध छ ।