डान्स च्याम्पीयनको सिजन २ को सेमि फाईनलसम्म पुगेकी विनर रार्ई कलिलै उमेरमा नै म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् ।
सुपरडान्स, केपप आइडल लगायतको लोकप्रिय कार्याक्रमहरूमा दमदार प्रस्तुतिको साथ विद्यालय स्तरिय विभिन्न प्रतियोगिताहरूमा समेत अब्बल क्षमताको प्रदर्शन गर्दै मिस ट्यालेन्टको उपाधि पाइसेकी राई पढाई, नृत्य तथा मार्शल आर्टमा समेत दक्ष बन्दै गएकीछिन ।
नाचुन नाचुन लाग्ने , बादलपारि लगायतको आधा दर्जन गीतहरूमा अभिनय गरिसकेको बाल–कलाकार राईले कला राईको स्वरमा रहेको साल्पा शिलिचुङ नामक म्यूजिक भिडियोमा उनको बेजोड प्रस्तृति देख्न सकिने भिडियो निर्देशक तथा कोरियोग्राफर टार्जन राईले बताउनु भयो ।
बाल्यकालमा नै कलाकारिता क्षेत्रमा उनको विशेष रुचि र अब्बल प्रतिभा रहेकोले हामी अभिभावकले पनि सकेसम्म उनको प्रतिभालाई अगाडि बढाउन आफुले सकेको भूमिका निर्वाह गरिरहेको वीनरकोे बुबा सरोज राईले बताउनु भयो ।