Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सारुप्ली राजा र फेङमा

November 8, 2022
in Uncategorized
सारुप्ली राजा र फेङमा
धेरै पहिलाको कुरा,छुलुवारथुम फेमाडाँडा (सुनापाताल वरिपरि) को क्षेत्रमा सारुप्ली नाम गरेको असल राजाले राज्य चलाउने गरेको थियो रे जसको असाध्यै राम्री ज्ञानी फेङमा नाम गरेको मुन्दुमी एक्ली छोरी थियो।राजा सारुप्लीले आफ्नी छोरीलाई असाध्यै माया र सुखमा हुर्काएको थियो जसको कारण सारुप्लीले छोरी फेङमाकै नामबाट दरवार पनि बनाएको थियो।फेङमाको उमेर बढेसंगै छिमेकी राज्यहरुमा सारुप्लीको छोरी फेङमालाई आफ्नो बनाउन चाहनेको पनि कमी थिएन।फेङमाको कारण वरिपरि छिमेकी राज्यहरुमा बेला बखत सारुप्लीको राज्यको समेत चर्चा हुन्थ्यो।यसै कारण छिमेकमा रहेको गोल्पा राजालाई समेत सम्बन्ध जोड्न मन लाग्यो र माग्नको लागि सेना दलबल सहित गोल्पा राजा फेङमा दरवार पुगे।गोल्पा राजाको राज्य पनि धेरै शक्तिशाली थियो,त्यहि भएर सारुप्ली राजा पनि सम्बन्ध गाँस्न तयार भए।
जब कुरा अगाडि बढ्दै गयो,फेङमा र गोल्पा राजा बिच बिहेको कुरा सारुप्ली राजाले पक्का गरे तर यो कुराले फेङमा खुशी नदेखिए पछि सारुप्लीले छोरीलाई सोध्यो।सारुप्लीको कुरा सुनेपछि फेङमाले गोल्पा राजालाई प्रस्ताव ग-यो “म नाँच्छु,म नाँच्दा नाँच्दै मेरो शिरको फूल जसको हातमा पुग्छ म त्यसको नै हुनेछु”।यो कुरा गोल्पा राजालाई मन्जुर भयो किनकी ऊ राजा र शक्तिशाली पनि थियो।उता फेङमा नाँच्न थालिन्,धेरै बेर नाँचे पछि नाँच्दा नाँच्दै फेङमाले शिरको फूल त्यहि दरवारमा काम गर्ने एउटा गोठाले केटाकोमा फालिन्।किनकी धेरै समयदेखि उनीहरु एक अर्कालाई मन पराउथे।
यो देखेर गोल्पा राजालाई असह्य र बेइज्जतीको महशुस भयो र त्यति नै बेला उसका सेनाहरुलाई त्यो केटालाई जार काटे झैं काट्नु र फेङमालाई पक्रेर ल्याउन लगाए।त्यति भन्नु बित्तिकै त्यहाँ कोकोहोलो हुन थाल्यो।गोठाले केटो त्यहाँबाट हत्तपत्त भाग्यो तर गोल्पा राजाको सेनाले पछ्याउदै पछ्याउदै दुधकोशीको किनारमा ल्याई जार काटे झैं काटिदिए।त्यहाँ अझै पनि एउटा ढुंगा काटिएको छ जसलाई जार काटेको ढुंगा भनेर भनिन्छ।
उता फेङमाले पनि दरवार छाडेर भागेर गइन् ,त्यो सब देखेर गोल्पा राजा पनि पछि पछि फेङमालाई पछ्याउदै आए।यसरी पछ्याउदा पछ्याउदै जादा फेङमालाई (फेङमा रानी/गोल्मारानी )
पनि भनिन थालियो।यसरी फेङमा रानीलाई गोल्पा राजाले भोजपुर जिल्लाको पात्लाखाम भन्ने ठाउँको गोल्मे भिरमा भेटे जहाँ अझै पनि गोल्मा रानी,गोल्पा राजा रहेको विश्वास गरिन्छ जसलाई अझै पनि गोल्मा/गोल्पा भिर भन्ने गरिन्छ भने उता जन्तीहरु जन्तेढुंगा दिप्लुङ नेर आइपुगे पछि कलियुगले छोइल्याएको हुँदा त्यहि ठाउँमा ढुंगा भई
लहरै जन्ती जसरी अलप भएको रे र त्यहि ठाउँलाई जन्तेढुंगा भनियो जसलाई गोल्पा राजा र गोल्मा रानीको जन्ती पनि भनिन्छ‌ र अझै पनि यो ठाउँ जन्तेढुंगामा जन्ती जस्तै देख्न सकिन्छ।
यो कथा किराती मिथकमा आधारित छ र किम्बदन्तीको रुपमा अझैं पनि सुनिन्दै आएको छ।
साभारः-अन्जान किराती
ShareTweet

Related Posts

Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post
चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण

खप्तड बाबा

खप्तड बाबा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In