Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

February 9, 2025
in विविध
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला स्थित साल्पा सिलिछो गांऊपालिका स्थित साल्पा जाने क्षेत्र बिलबाटे चौर भन्ने स्थानमा रहेको (हाङलुङ = राजालुङ) हो।यस (हाङलुङ/राजालुङ) मुन्दुमी ईतिहासमा (साल्पा हाङ/साल्पा राजाले साल्पा हाङ्मा/साल्पा रानी लाई खोज्ने क्रममा अन्ततःयहि (हाङलुङ ढुङगा) माथी चढेर हेर्दा साल्पा रानी लाई साल्पा पोखरीमा नागले बेरेको अवस्थामा देखेका थिए भन्ने मुन्दुमी ईतिहासमा पाईन्छ।मुन्दुमी ईतिहासमा कतै संखुवासभा अरुण उपत्यका खेईम्पालुङको एक प्रतापी किराती राजा त कतै सालाप्पा राजा कतै रिब्रिमा/रिभ्यामा/रिमेम आदि-ईत्यादि भनेर सम्बोधन गरीएको पाईन्छ।यस हाङलुङ/राजालुङ किराती पुर्खाहरुले पुस्तौपुस्ता देखी मौखिक रुपमा बताऊदै आईरहेको मुन्दुमी ईतिहासको एक जिवित प्रमाण/ऐतिहासिक पुरातात्विक प्रमाण हो भन्ने कुरा निसन्देह भन्न सकिन्छ।यस साल्पा राजा र साल्पा रानी संग सम्बन्धित ऐतिहासिक महत्व बोकेको यस (हाङलुङ/राजालुङ) लाई संरक्षण तथा भौतिकिकरण गरेर एक पुरातात्विक प्रमाणको रुपमा स्थापना गर्न आवश्यक छ।
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहासः-
मुन्दुममा आधारिक मिथक अनुसार श्रृष्टिकर्ता सुम्निमा पारुहाङले श्रृष्टिको उत्पत्ती गराए पश्चात वहाँहरुकै सन्तान किराती मानव पुर्खा होँछा/हाङछा र नागाहाङ/नागाहोङको छोरी सिकुरीमा/सिक्रिमा संग बिवाह भयो।बिवाह पश्चात हाङछा÷होङ्छा र सिकुरीमाको छोराछोरी (सालपाहाङ÷होङ र रिभिमा÷रिब्रिहाङमा) (साल्पा राजा र साल्पारानी)को जन्म भयो।सालापाहोङ र रिभिमा÷रिब्रिहोङमा जवान हुनुभयो।रिब्रिहोङमाले सालापाहोङसँग बिवाह गर्ने ईच्छा राख्नुभयो।तर उहाँहरू माईतीचेली हुनुभएकोले बिवाह गर्नु सक्नु भएन। त्यसपछि सालापाहोङले भन्नुभयो ए छेत्कुमा (चेली) अब म साल्पापोखरीमा गएर बस्छु। तिमीले यहि ठाउँमा जङ्गल फाँडेर फेसा, घैया साप्पाचा, पाङ्दुर छरेर खेतीपाती गरेर बस्नु है। त्यो घैया, साप्पाचा र पाङ्दुर आदि पाकेपछि म याङभोक(बँदेल) बनेर त्यो अन्नबाली खानु आउँछु। त्यहिबेला तिमीले त्यो अन्नबालीको छेउमा पासो थाप्नु। म त्यो पासोमा परेर मर्छु।तर तिमीले किरात मुन्धुम फलाक्दै रक्खेखाचासहितको सोलेन्वा र बेछुकले मलाई छर्कनु।म पुनः ब्युँतिन्छु। हाम्रो माईतिचेलीबीचको नातासम्बन्ध पनि टुट्छ।अनि हामीबीच विवाह गरेर यस हेन्खामा भरी साखा–सन्तान फैलाएर बस्नुपर्छ।त्यो कुरामा रिभिमा÷रिब्रिहोङमा राजी हुनुभयो।त्यसपछि सालापाहोङ साल्पामा गएर बस्नुभयो। रिब्रिहोङमाले पनि वहाँको भनाईनुसार अन्नबाली लगाउनुभयो।अन्नबाली पनि पाक्यो।त्यहि समयमा विभिन्न जनावरहरूले अन्नबाली खानथाल्यो।त्यसपछि रिब्रिहोङमाले पासो थाप्नुभयो।त्यो पासोमा याङभोकको रूप धारण गरेर आउनुभएको सालापाहोङको मृत्युभयो। त्यसपछि रिब्रिहोङमाले त्यस याङभोकलाई बेछुक र रख्खेखाचा सहितको सोलेन्वाले थोक्दाउनु भयो। त्यो याङभोकको रूपमा मरेको सालापाहोङ पुनः ब्युँतिनुभयो । अब सालापाहोङ र रिब्रिहोङमाको नाता–सम्बन्ध पनि टुट्यो । त्यसपछि सालापाहोङ र रिब्रिहोङमाले एकआपसमा विवाह गरेर साल्पा दरबार बनाएर बस्नुभयो।साल्पाहाङको साल्पा सिलिचुङ क्षेत्रमा अत्यन्तै सुन्दर (साल्पादरबार) थियो।एक दिन हिमाल÷कैलाश तिर मधेस तिर भ्रमणमा निक्लँदा (निरिवा)ले उक्त साल्पाहाङको सुन्दर दरबार देखेछन र औधि मन पराएछन।साल्पाहाङको सुन्दर साल्पा दरबार देखि लोभिएर (निरावा)ले उक्त दरबार हात पार्न बिभिन्न षढ्यन्त्र र जालहरु रच्न थालेछन।(निरावा)ले (सालपाहाङ) लाई तन्त्रमन्त्र विधाले बिरामी पारीदिए।(साल्पाहाङ) लाई पिनासले समात्यो र सारो बिरामी पर्नुभयो।त्यतिबेला नै निरावा भिक्षुको भेष धारण गरेर साल्पा दरबारको तल माथि हिडि रहेको नाटक गर्यो।साल्पादरबारको अगाडि लामाको भेषमा निरीवा देखापरेपछि सालापाहाङले भन्नुभयो ए लामा तपाई त विद्या गर्दै भोट–मधेश गर्नुहुन्छ।तपाई त तन्त्रमन्त्र विद्यामा धेरै शक्तिशाली र निपूर्ण हुनुहुन्छ।अहिले म बिमारी छु। लौ न मलाई निको पारीदिने केहि उपाय गरीदिनु पर्यो? भनेर बिन्ति बिलौना गर्नुभयो।त्यो कुरा सुनेर लामाको भेषमा रहेको निरीवाले भन्योः–सालापाहाङ तपाई लाई यो साल्पादरबार फापेन त्यसैले तपाईलाई पिनास लागेको छ।त्यसको उपचार म गरिदिन्छु।तर तपाईंले यो साल्पादरबार छोडेर अन्त कतै टाढा जानुपर्छ।नत्र तपाईको ज्यान पनि जानसक्छ भनेपछि सालापाहाङ साल्पा दरबार छाडेर जान राजी हुनुभयो।त्यसपछि सालापाहाङले रिभ्यामा÷रिब्रिहोङ्मा संग सल्लाह गरेर साल्पादरबारलाई छोडेर (हाल सुनसरी स्थित धरानको बिजयपुरतिर) लाग्नुभयो।साल्पाहाङले पछि साल्पादरबारमा फर्किदा बाटो नभुलियोस भनेर उहाँले बाटो बाटोमा फलैचा÷चौतारा÷देउराली बनाऊदै त्यहाँ बर–पीपलको रुखहरु रोप्दै जानुभयो।त्यसरी सालापाहाङ साल्पा दरबार छाडेर हालको बिजयपुर पल्लोकिरातस्थित धरानको बूढासुब्बा मन्दिर क्षेत्र)मा आएर बस्नुभयो।उता साल्पादरबारमा रिभ्यामा रिब्रिहोङ्मा (साल्पा रानी) एक्लै हुनुभयो।त्यहि मौका छोपेर निरीवाले रिभ्यामा÷रिब्रिहोङमालाई त्यस साल्पादरबारबाट जबर्जस्ति निकालेर साल्पादरबारमा बस्यो।त्यसपछि निरिवाले सालापाहाङले बाटो–बाटोमा बनाउनुभएको फलैँचा–चौतारा–देउराली र रोपेको बर–पीपललाई निरीवाले संखुवाखोलामा बगाईदियो।निरिवाले साल्पादरबारलाई पनि अर्कै रूपमा परिवर्तन गर्यो।निरावाले सालापाहाङ पछि आफ्नो सालपादरबारमा फर्किनु नसकोस भनेर साल्पादरबार वरिपरि ठूलोठुलो भीर–पहराहरु बनाईदियो।त्यसैले आजसम्म साल्पा पोखरी वरपर ठुलठुला भिरपहराहरु रहेको जनविश्वास रहेको छ।त्यहाँ नीरीवाको अन्याय र अत्याचारको विगविगी बढ्न थाल्यो।त्यसको प्रतिवाद गर्दै (साल्पारानी)रिभ्यामा÷रिब्रिहोङ्माले आफ्नो साल्पादरबारलाई र आफ्नो सतित्व बचाउनु ठूलो संघर्ष गर्नुभयो,तर सफल हुनुभएन।निरावाले रिभ्यामा÷रिब्रिहोङमा माथी झन्झन ठूलो षडयन्त्रहरु गरेर दुख दिन थाल्यो।त्यहाँ रिभ्यामा÷रिब्रिहोङमा सुरक्षित हुनुभएन।रिब्रिहोङमाको सतित्व जोगाउन पनि खतरा भयो।रिब्रिहोङमाले आफ्नो सतित्व बचाउनको लागि धेरै संघर्ष गर्नुभयो।तर निरीवाको अगाडि रिब्रिहोङमाको केहि पार चलेन।त्यसपछि रिभिमा÷रिब्रिहोङमा (साल्पारानी)ले रूँदै–रूँदै साल्पाराजा)सालापाहाङलाई धेरै तिर खोज्नुभयो,तर कहिपनि भेट्नु भएन। रिब्रिहोङमा÷रिभिमा बेसहारा हुनुभयो।त्यसपछि रिब्रिहोङमाले साल्पादरबार छोडेर सालापाहोङलाई खोज्न हिड्नुभयो।
रिब्रिहाङमा÷साल्पारानीले उन्ले साल्पाहाङ कता छन ? भनेर साल्पाहाङ(साल्पा राजा)लाई पुकार्दै ढुङ्गा–माटो,खोलानाला,
रुखबिरुवा,हावापानी पशुपंक्षी र चराहरुलाई सोध्दै आफ्नो अबस्था र साल्पा दरबार निरिवाले कब्जा गरेको बारे साल्पाहाङको लागी समाचार छोड्दै छोड्दै अरुण नदि कोशी तरिन। यसरी दिनरात साल्पाहाङको खोजीमा हिड्दा हिड्दा पनि कहि कतै अत्तो पत्तो नलागेपछि रिब्रिहाङ्मा (साल्पारानी)थाकिन,निराश भईन र पानी पिएर एउटा ढुंगामा ढल्किइन।त्यसरी रिब्रिहाङमा(साल्पारानी)ले साल्पाहाङ लाई खोज्दै उकाली ओराली गर्दै हिड्ने क्रममा कुनै स्थानमा रिब्रिहाङ्मा हिडेको बाटो (साल्पा हाङ) लाई पछि पत्ता लगाउन सजिलो होस भनेर पैतालाको डोबहरु छाड्दै गईन।त्यसरी प्राचिनकालमा(रिभिमा÷रिब्रिहाङमा)साल्पारानीले टेकेका पाईलाहरुको डोबहरु नै साल्पा शिलिचुङ क्षेत्रमा लामो (पैताला आकारको पोखरी)भएको हो भन्ने जनविश्वास रहेको छ।रिभिमा÷रिब्रिहाङ्माले टेकेर छाडेका डोबहरु भनिएका यस्ता पैताला आकारको पोखरीहरु आजपनि साल्पा पोखरी जाने बाटो÷साल्पा सिलिचुङ क्षेत्रमा प्रशस्त रुपमा देख्न सकिन्छ।त्यसरी धेरै समय हिड्दै यात्रा पछि रिब्रिहाङमा दोभाने फेदी पुगिन। त्यसपछि पनि साल्पाहाङ लाई कहिकतै नभेटिए पछि रिभिमा रिब्रिहाङमा फेरी उकालो हुदै फर्किएर साल्पाहाङ बसेको स्थल साल्पा पोखरी पुगिन। साल्पा दरबार छाडेर हिडेको धेरै समय भएपछि (साल्पाराजा)साल्पाहाङको स्वास्थमा सुधार भयो र साल्पाहाङ साल्पा दरबार तिर फर्किए।पहिला आफुले बाटो बाटोमा बनाउनुभएको फलैचा–चौतारा–देउराली र बर–पीपल केहि पनि भेट्नु भएन।बरू साल्पादरबार वरिपरि जताततै भीरैभीर मात्र भेट्नुभयो।सालापाहाङ अरुण नदीको किनारै किनार हिडेर साल्पा दरबारमा पुग्नुभयो।तर वहाँले रिब्रिहाङमा लाई भेट्नु भएन । तर साल्पा दरबार शत्रु (निरावा)ले कब्जा गरीसकेको थियो र रिब्रिहाङमा÷साल्पारानी पनि लापत्ता थिईन। रिब्रिहाङमा बारे सोधि खोजी गर्दै जाँदा बर पिपलको रुखले निरिवाले गरेको अत्याचार रिब्रिहाङ्मामा दुख दिएको र दरबारबारे घटेको सबै घट्ना सबिस्तार बताए । खोला, रुख, पानी, हावा, चरा र जनावरहरुले रानी गएको दिशा बताइ दिए।साल्पाहोङ तुरुन्तै त्यो दिशातिर रिब्रिहोङमा खोजीमा निक्लिए । जाँदा जाँदा बाटोमा पोखरीको रुपमा रानीको पैतालाको डोब भेटियो । रानी अबस्य भेटिने आसमा राजा अझ छिटो अगाडि बढ्यो ।
# यसरी रानी खोज्दै जाँदा (जौंबारी)भन्ने ठाउँमा साल्पाहाङले अग्लो ढुंगा ठडिएको भेट्यो । उ उक्त ढुंगामा चढेर रिब्रिहाङमा चारैतिर खोज्न थाल्यो । यसरी खोज्दा टाढा रानीको टाउको मात्र देखियो । उस्ले त्यस माथि अर्को ढुंगा थपेर हेर्दा रानीको माथिल्लो आधि भाग देखियो ।त्यसैले आज पनि जौंबारीमा अग्लो ढुंगा माथि अर्को ढुंगा थपिएको अबस्थामा देख्न सकिन्छ। त्यसपछि रिब्रिहोङ्मालाई खोज्दै सालापाहोङ अरुण नदिको किनारै–किनार हिड्दै सिदोमा पुग्नुभयो । सिदोमा रिब्रिहोङ्मासँग भेट हुनुभयो । त्यहाँ वहाँहरूले दुःखसुःख साटासाट गर्नुभयो । रिब्रिहोङमाले रूँदै आफूले पाएको दुःख–कष्ट अआफ्नो राज्य फर्काउनको लागि गरिएको प्रयास र आफ्नो सतीत्व बचाउनुको लागि सालापाहोङलाई धेरै खोजेको, तर पाउन नसकेको सबै वृतान्त बताउनुभयो । त्यसपछि उहाँहरूबिच जुनी–जुनीसम्म सँगै मर्ने, सँगै बाँच्ने बाचाकसम खाएर बस्नुभयो । तर सिदोबाट पनि वहाँहरूलाई निरीवाले लखेट्यो । त्यसपछि उहाँहरू सुकेपोखरीमा आएर बस्नुभयो । त्यहाँबाट पनि निरिवाले लखेट्यो । फेरि आहालेडाँडामा आएर बस्नुभयो त्यहाँबाट पनि उहाँहरूलाई निरीवाले धपायो । जहाँ गए पनि उहाँहरूलाई निरीवाको सिपाहीहरूले लखेट्यो र ज्यानको सुरक्षा कहिँ पनि भएन ।त्यसपछि उहाँहरूले एकापसमा सल्लाह गरेर साल्पादरबार नै फर्किनु भयो । त्यहाँ वहाँहरू र निरीवाका सिपाहीहरूको बिच घमासान लडाँई भयो । त्यो युद्वमा उहाँहरूले किरात मुन्दुम फलाक्दै वाँण हान्नुभयो । त्यो वाँणले निरीवाको सिपाहीहरू सखाप भयो । यो युद्वमा उहाँहरूको जित भयो। त्यो निरीवा डरले काम्नु थाल्यो । त्यसपछि रिब्रिहोङमाले निरीवाको अनुहारमा आफ्नो फुची दलिदिँदै पहिला आफ्नो सतीत्व खोस्न खोज्ने निरीवा भएको कुरा साल्पादरबारको जनताहरूलाई बताउनुभयो।त्यो दर्दनाक कहानी सुनेर त्यहाँको जनताहरूले निरीवालाई सालापाहोङले काटेर मार्नुपर्ने फैसला सुनायो । त्यो फैसला अनुसार उहाँले निरीवालाई काटेर मार्नुभयो । त्यसरी सालापाहोङ र रिब्रिहोङमाको बिजय भयो । उहाँहरूको बिजयमा साल्पादरबारको जनताहरूले जयजयकार मनायो । साथै उहाँहरूलाई साल्पादरबारमा ल्याएर राख्यो । त्यसपछि साल्पादरबारको जनताहरूको ईच्छाअनुसार सालापाहोङ र रिब्रिहोङमाले साल्पादरबारमा फेरी पहिलाझैं त्यहाँको जनताहरूको रक्षा गरेर राज्य गर्नुभयो।त्यसपछि उहाँहरू साल्पादरबारको पोखरीमुनि बस्नुभयो। त्यहाँ उहाँहरूलाई कसैले पनि केहि गर्न सकेन।
# संखुवासभाको खेम्पालुङको किरात राजा/साल्पा राजाको ईतिहास
किरातीहरुको किरातीहरुको मुन्दुमी ईतिहास अनुसार उहिल्यै संखुवासभाको अरुण उपत्यका स्थित (खेम्पालुङ) भन्ने ठांऊमा एकजना प्रतापि किराती राजा(साल्पा राजा) थिए। खेम्पालुङ राज्यमा एकदिन महादेव घुम्दै आईपुगे।खेम्पालुङ राज्य महादेव लाई एकदमै सुन्दर लाग्यो र महादेवले खेम्पालुङ राज्यबाट किराती (साल्पा राजा) लाई त्यहाबाट लखेटेर आफ्नो बनाऊने षढ्यन्त्र गर्न थाले। महादेवले किराती साल्पा राजा लाई पिनाश लाईदिए। साल्पा राजाले पिनाश रोग निको पार्न विभिन्न नाक्छोङ माङ्पा धामी बिजुवा लाई लगाऊदा पनि निको भएनन। साल्पा राजा लाई रोग लागेपछि उक्त महादेव नै लामाको भेष लिएर आए। साल्पा राजाले आफ्नो समस्या उक्त लामा लाई राखेः-ए लामा तिमि त तन्त्र मन्त्र गर्दै भोट मधेश गर्छौ मलाई के रोग लाग्यो ? यसको उपाय तिमिसंग छ कि ? भनेर सोधे । महादेवले साल्पा राजा लाई त्यहां बाट हटाऊने उदेश्यले भने ए महाराज तपाई लाई पिनास लागेछ ।यो दरबारले फापेन।यो ठांऊ परीवर्तन गर्नुपर्छ,पिनास निको हुन्छ।ठांऊ परीवर्तन नगरेमा पिनासले मार्न पनि सक्छ ।यो कुरा सुनेपछि किराती (साल्पा राजा)ले साल्पा रानी लाई खेम्पालुङमा छाडेर छाडेर हालको सुनसरीको बिजयपुर तिर लागे। बाटोमा किराती राजा साल्पा राजाले चौतारा,फलैचा,देऊराली आदि बनाऊदै गए।फर्किदा बाटो नभुलियोस भन्नको खातिर राजाले बाटोभरी चौतारा फलैचा बनाऊदै गए।किराती राजा/साल्पा राजा केहि समयको लागी सुनसरीको बिजयपुरगढिमा गएर बसे।
यता किराती राजा खेम्पालुङबाट गएपछि महादेवले अर्को रुप धारण गरी आएर खेम्पालुङ दरबार बाट रानी लाई निकालेर आफै दरबार कब्जा गरेर बसे।रानीलाई खेदिसकेपछि महादेवले किराती राजा आऊन नसकोस भनेर किराती राजाले बाटोमा बनाऊदै गएका चौतारा फलैचा देऊराली सबै संखुवा खोलामा लगाएर बगाईदिए।खेम्पालुङ राज्यलाई पनि आऊन नसक्ने गरी अर्कै रुप बनाईदिए। किराती राजा आऊने बाटोभरी अग्ला अग्ला भीरहरु बनाईदिए । रानीले किराती राजा लाई खोज्न थालिन। रानी हिड्दै भोजपुरको दोभाने स्थित बोखम्मा भन्ने ठांऊमा गएर बास बसिन।(बोखम्मा भन्ने ठांऊमा एउटा ठुलो ढुंगाको चप्लेटि ढुङ्गा छ।त्यहा मान्छेका पाईलाको डोबहरु छन।त्यो पाईला रानीको पाईलाहरु भन्ने गरीन्छ। रानी हिड्दै जादा सिदो भन्ने ठांऊमा नागराजासंग भेट भयो ।त्यहा नागराजा र रानीको बिवाह गरेर बसिन । यता किराती राजा बिजयपुरमा केहि समय बसेपछि पिनास ठिक भएर आफ्नो राज्यमा फर्किए।किराती राजाले घर फर्किदा खेम्पालुङ जाने बाटो पाएनन। त्यसपछि उनी अरुणको किनारै किनार घुम्दै जादा रानी भएको ठांऊमा साल्पा पोखरीमा पुगे । साल्पा पोखरी पुगेपछि रानी लाई नागराजा संग बिहे गरेको अवस्थामा भेट भयो।रानीले सबै कुरा बताईन ।साल्पा राजाले संगै बसौ भन्दा रानीले भनिन (मेरो बिहो नागराजा संग भईसक्यो) । म अब यहि नागसंग बस्छु ।म तपाई लाई एउटा भाले दिन्छु, त्यो भाले जहां बस्छ त्यहा राजा भएर शाषन चलाऊनु।राजाले पनि हुन्छ भनेर रानीबाट भाले लिएर हिडे । किराती राजा सोलुखम्बुको सोताङमा गएर बसे।त्यहा भाले बासेनन।ओखलढुङ्गा गएर बसे।त्यहा भने भाले टकटकियो मात्र ।अर्को दिन किराती राजा हालको काठमाण्डौ (यलाखोम) पुगेर बास बसे।यलाखोम(काठमाण्डौ) पुगेपछि चाहि भाले बास्यो।त्यसैले यलाखोम(काठमाण्डौ)मा किरातीहरुको राज्य शाषन सुरुवात भएको हो भन्ने मुन्दुमी ईतिहास रहेको पाईन्छ।
श्रोतहरुः-
१) साल्पा सिलिचुङ/सिलिछो मुन्दुमी मिथक र विश्वास
२) किराती मुन्दुमी मिथक संग्रह प्रसिद्ध किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा पोखरी
३) विभिन्न मौखिक श्रोतहरु
तस्बिरः-साल्पा राजा र साल्पा रानीको मुन्दुमी ईतिहासमा आधारीत एक पुरातात्विक महत्व बोकेको साल्पा बिलवाटे चौरमा रहेको किरात ऐतिहासिक स्थल हाङलुङ (राजालुङ)
Picture By:-जलवती सोताङ
मुलघरे कान्छा(राजेन खिम्बुले राई)
ShareTweet

Related Posts

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Once upon Bollywood Legend actor Dilip Kumar
एभरेष्ट टेलिभिजन नेटवर्क

Once upon Bollywood Legend actor Dilip Kumar

Dilip Kumar. (a bollywood actor) says: At the peak of my career, I was once travelling by plane. The passenger...

April 17, 2024
जेरो जातिको पुर्खा कागुनी
एभरेष्ट टेलिभिजन नेटवर्क

जेरो जातिको पुर्खा कागुनी

माघ १६, काठमाण्डौँ । प्रकृति पुजक भनेर चिनेन किराती समुदाय अझ उनीहरूको पहिचान नै प्रकृति अर्थात अन्नबाबालीबाट स्थापित हुनुले किराती...

January 30, 2024
Next Post
स्कृप्ट राईटर सम्पदा

स्कृप्ट राईटर सम्पदा

अन्तराष्ट्रिय मातृभाषा दिवसमा गणेश राई पुरस्कृत

अन्तराष्ट्रिय मातृभाषा दिवसमा गणेश राई पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In