Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

स्वर्गका राजा इन्द्रको तेस्रो आँखा “पनौति”

February 17, 2026
in समाचार

March 17, 2020 Everest News धर्म 0

सम्बाददाता

काठमाण्डौँ । पौराणिक कथा तथा धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाट नजीकै बस्थे।

अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए।

समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए। यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरकि सम्बन्ध बनाए।

नदी तट नजीकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए। आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुवैलाई श्राप दिए।

श्रापको प्रभावका कारण अहिल्या ढुंगामा परण्िात भइन्। उक्त ढुंगा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्िथत छ। श्रापकै कारण राजा इन्द्रको शरीरभर िहजारौँ योनि निस्िकए।

कथा अनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे।

गुरुको सल्लाह अनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसे। तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, “यसलाई टेक्दै यात्रा गर्नु, बाँसको पालुवाबाट जरा निस्केरा जहाँ गाडिन थाल्छ तत्पश्चात तिमी योनिमुक्त हुनेछौ।”

मुक्तेश्वर महादेवको आज्ञा अनुसार पृथ्वीको यात्रामा निस्िकएका इन्द्र त्रिवेणीको नजीक पुगेपछि उनले ढुंगामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभरी आएका योनि लुप्त भए।

इन्द्रले ढुंगामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ। किनभने, नेवारी भाषामा ‘पँ’ भनेको बाँस र ‘ल्होँ’ भनेको ढुंगा भन्ने बुझिन्छ। ढुंगामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ ‘पँल्होँ’ हुँदै कालान्तरमा पनौती नामकरण भएको मानिन्छ।

निधारको योनि नहटेपछि राजा इन्द्र पनौती नजीकै रहेको भालेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ।

यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनिलाई आँखामा परण्िात गरिदए। भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ। त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेस्रो आँखा भएका इन्द्रको पूजा महत्त्वको विषय रहँदै आएको छ। जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ।

इन्द्रले जुन ढुंगामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए। इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ।उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईस्वीको १३औँ शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन्।

ऐतिहासिक तथ्यका आधारमा पनौतीको महत्त्व यति मात्रै छैन। यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ। अहिले पनि उक्त मन्दिर १३औं शताब्दीकै स्वरूपमा छ -हेर्नूस्, तस्बिर)। समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन्। तर, ती दुवै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औँ र १५औँ शताब्दीमा बनेका हुन्।

ऐतिहासिकता र धार्मिक मान्यताका हिसाबले पवित्र पनौतीका बारेमा हिन्दू धर्मावलम्बीहरू नै अनभिज्ञ छन्। सम्पदाहरूको महत्त्व त्यसको धार्मिक पक्षसँगै त्यसका पछाडि जोडिएको इतिहासले पनि निर्धारण गरेको हुन्छ। पनौती यी दुवै पक्षबाट सबैभन्दा अगाडि छ।

यीनै एतिहासिक क्षेत्र पनौति यतिखेर कर्फ्यु लागु भएकोछ । गत सोमबार टिपरेले एक महिला र बच्चालाई ठक्कर दिइ उपचारको क्रममा महिलाको मृत्यू भएपछि “टिपर आतंक बन्द गर मृतकलाई उचित क्षतिपूर्ति दे” भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएपछि प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु घोषणा गरेको हो ।

फोटो अपलोड हुनेक्रम जारी….

About
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

कोरोना कहरमै व्याकुल माइला खेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In