Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

हाइकिङको असफल योजना

February 17, 2026
in समाचार

March 16, 2020 Everest News स्वस्थ्य समाचार 0

संवाददाता ।
काठमाण्डौँ, चेत्र–३ ।

सदा पाँचौ घण्टीमा पढाइ हुने नेपाल पर्यटन तथा विकास विषयको निम्ति पर्खाइमा रहने रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शर्नी मार्गका स्नातक तह अन्तिम वर्षका विद्यार्थाीहरू गत शुक्रबार पुरानो बसपर्कको पश्चिम पट्टिरहेको अस्थायी बसपार्कमा सबैजना हतार अबस्थामा थिए । कारण थियो, त्यो दिन नबबुद्ध हाइकिङमा जानु ।

गत आइतबारबाट उपप्राध्यपक डा. डोलप्रसाद काफ्लेले त्रिभुवान विश्व विद्यालयको केन्द्रीय विभाग किर्तिपूरमा एम.ए.का इतिहास विषयमा अध्ययपन गराउनुपर्ने भएकाले शुक्रबारको कक्षा अन्तिम थियो र पर्यटन विकास विषय भएकोले विषयसंगको सम्बधित व्यवाहारिक ज्ञानको निम्ति काम्तिमा चार पटक पदयात्रा गराउनु पर्ने अध्ययपक डा. काफ्लेको योजना मुताविक यो अन्तिम पदयात्रा थियो ।

विद्यार्थीहरू यो कारणले पनि सबै उत्साहित थिए कि आफ्नो अन्तिम वर्षको अध्ययन समापनसँगै अध्ययपक डा.काफ्लेको पनि सरुवा परेकाले एकैसाथ विद्यार्थी र शिक्षक विदाई हुन पाउँदा ।

विषयगत सैद्धान्तिक शिक्षणमा वस्तुगत ज्ञान अर्थात जीवनसंग सम्बन्धीत व्याहारिक शिक्षालाई सधै सन्दर्भ सामाग्री अर्थात उदाहरणहरू समेत प्रस्तुत गर्दै शिक्षालाई जीवनका पाटोसंग जोडेर सिकाइलाई प्रभावकारी र व्यवाहारिकमुलक अध्ययपन गराउनु हुने विद्यार्थीहरूको अतिप्रिय शिक्षक डा. काफ्लेसंगैको अन्तिम यात्रा थियो यो ।

यात्रा …

पुरानो बसपार्कबाट बसमा अगाडि बढेको हाम्रो यात्रा पनौति पुगेपछि एतिहासिककालिन पनौती मन्दिर, मकर मेला र संग्राहलय अवलोकनपछि पुन्यमाता नदिको किनारा हुँदै नवबबुद्धको फेदी तर्फमा लम्कियौँ । लोकल बसको लागि करिब एक घण्टा लाग्ने फेदीसम्मको यात्रा समयमा बस नपाएपछि पैदल यात्रा नै हाकियौँ ।

सितल मौसम, रमणीय स्थल, कतै हल्का अग्लो घेरा परेको डाँडा, कतै सुन्तला घारी, कतै रङ्गीचङ्गी तोरीबारी अनि कतै आलु र लटारम्मै फलेको फलफूलहरू ।

हामी आफै हराउदै, रमाउदै करिब ३ घण्टामा शंकेश्वरी मन्दिर अर्थात फेदी पुग्यो ।

सितल मौसमबाट शुरु भएको हाम्रो यात्रा, जति गर्मीदै गयोे उति नै बर्षाद बढ्यो र फेदी पुगेपछि झमझम झरी परेकोले शंकेश्वरी मन्दिरको प्रागनमा छमछम नाचगान गर्नु पाउनुको मजा बेग्लै थियो । केही झरी ओभिन साथ नबबुद्धाको उकालो हाम्रो यात्रा अगाडि बढ्यो ।

कथाको केही भाग सुन्निजेल हामी नबबुद्धको मध्यभाग आइपुगेको थियौँ । जहा जंगल नै रातम्मै गुराँसको फुलहरूले जंगल नै भरिभराउ थियो ।

यहि अनुपम दृश्य र सिमसिम पानीसंगै हामी नबबुद्धको स्थल पुग्यो । जहाबाट देखिने अलौकिक सुन्दर मनमोहक दृश्यको वर्णन शब्दबाट जाति नै व्यख्या गरेपनि अधूरो नै हुन्छ ।

नबबुद्धको दर्शनसंगै केही तस्वीरहरूको कैदपछि ध्यान गर्नमा केन्द्रीत भयो ।

यो पटकको पदयात्रा संग अर्को पनि लक्ष्य जोडिएको थियो कि नबबुद्धमा विद्यार्थीको तर्फबाट सर डा.काफ्लेलाई विशेष उपहार सुम्पने जस्को लागि अनुशा रोका र विष्णुप्रसाद अर्यालेको नेतृत्वमा कार्यक्रम तर्जुमा बनेपनि सो स्थानमा विद्यार्थीहरूले सोचे जस्तो सरलाई सुम्पने कुनै उपहार सामाग्री नपाएपछि सो सपना अधुरै रहयो ।

हिलाम्मेबाटो, केही उकालो उग्लोपछि मिलेको सानो चौरमा सरको आज्ञा मुताबिक सबै विद्यार्थीहरूकोे खाजा खोलियो ।

यो सामूहिक चौथौ पटकको यात्रा भएकोले हामी सबैजनासंग घनिष्ट सहपाठीका बनिसकेकाले यो पटक म कबुरो सञ्चारकर्मीले सबैलाई क्यामेरा मात्रै बोक्ने खाजा नबोक्ने अनुमति लिएको थिएँ ।

उतिमात्रै हाइन कि म अझ घूमिफिरी सबै प्रकारको आजा खान फुर्सदिला भएँ । मन परेको प्रकार रोजीछानी खान जुर्यो । हात्तीको देखाउने दाँत भने झै मेरो देखाउने क्यामेराले सबैमा सकरात्मक प्रभाव परेकोले ।

सबैजना एकै साथ खाजापानपछि समय निकै घर्किसकेकोले हामी धुलिखेल ताकेरा हानियौँ ।

खाजाको बन्दोबस्तापछि मात्र बल्ला हाम्रो भजन समुहलाई गजबले नै जोश चलेछ बाटैभरि भजन र नाच एकै चोटी छरपस्टिदै यात्रा निरन्तर तबरले अगाडि बढ्यो साँझमा मात्रै बतासे डाँडा (वी.पी. राजमार्ग) आइपुग्योे ।

साँझ परिसकेकोले बस पाउन निकै मुस्किल प¥र्यो । हामी हिडेरै धुलिखेल आइपुग्ने बाहेक केही सिवाय नरहेपछि बाटो लाग्दैगर्दा मिनिट्रक आइपुग्यो तर सुरक्षा चेकजाँच पोष्टमै रहेकाले सुरक्षाकर्मीको अनुमति विना हामीलाई सवार नमिल्ने भो ।

मैले सुरक्षाकर्मीसंग अनुमतिको लागि अुनरोध गरेँ तर निजले आनकानी गर्नथाले । हुनपनि मालबाहक गाडीलाई यात्रु बोक्न दिनु कानुन सम्बत मिल्दैन ।

तर हामीसंग कुनै उपाय नरहेकोले धुलिखेलसम्मको लागि केही प्रशासनिक अफ्ठ््यारा आइपरे स्वय म आफु नेपाल टेलिभिजनको रिपोटर भएको हैसियतले त्यति सहयोग गर्न अनुनयविनय गरेपछि मात्रै बल्लैले अनुमति दिनु भो तर मिनिट्रकमा तयार हुँदैगर्दा अर्को मिनिबस आइपुग्यो र मेरो विन्तिभाउ त्यही छोड्दै मिनिबसमा हुइकियौँ ।

हाम्रो यात्रा बडो रसपूर्ण तबरले नाचगानसाथ डौडदै थियो मिनिबसको बेगसंगै । युवा(पुरुष–महिला) जोशमा रौसिएका सहयात्रीहरूको रोमञ्चदेखि सायद गुरुजीलाई जलन भो क्यारे । मिलेको पक्की सडकमै एकाक्सी ब्रेक लगाउनु भो र एकैचाटी पाँच जना सहयात्रीहरू एकै ठाउमा खप्टिए र घाइते भए ।

जसमध्ये सफलता अधिकारी र विष्णुप्रसाद अर्याललाई निकै साह्रो धक्का लागेको छ । हामी चाहान्छौँ दुबैको स्वस्थ्य स्थिति चाँडै ठिक होस ।

को हो नबबुुद्ध. . . ?

राजा महारथको पुत्र महासत्वले भोकाएकी सुत्केरी बघिनी र डमरुहरुलाई आफ्नो शरीरिर काटेर ख्वाइ सुत्केरी बाघिनी र डमरुहरूलाई बचाएको पौराणिक कथन पाइन्छ भने अर्को कथन गौतम बुद्धले शिष्यहरु नमोबुद्ध पुगेर ध्यान गरेको जनश्रुति पनि पाइन्छ ।

About Everest News  877 Art
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

स्वर्गका राजा इन्द्रको तेस्रो आँखा “पनौति”

काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In