Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home विविध

हाइकिङमा पोलियो

February 17, 2026
in विविध

March 1, 2020 Everest News समाचार 0

सम्वाददाता

काठमाण्डौँ । व्यस्त शहर, कोलहल र भिडले निशासिएर बाँच्नु शहरी जीवनको पर्याय नै बनेको छ, आजकाल काठमाण्डौँ जस्ता अस्तव्यस्त विकासोन्मूख शहरको लागि ।

यहि भिडबिच केही युवायुवतीहरू भने शहर भन्दा परको सुन्दर प्राकृतिक छटामा रम्ने बानी परिसकेकाछन ।

हरेक महिनाको शनिबार हाइकिङ अर्थात पदयात्रामा जुटछन यी युवाहरू (महिला पुरुष दुबै)। रत्नराज्य लक्ष्मि क्याम्पसका पर्यटन विकास विषयका शिक्षक डा. डोल राज काफ्लेको नेतृत्वको टोली हो यो हाइकिङ ।

पर्यटन विकास व्यवाहारिक ज्ञानसंग सम्बन्धीत विषय भएको र शैक्षिक भ्रमणको लागि क्याम्पसले कुनै तागरुकता नदेखाएकोले व्यक्तिगत पहलबाट हरेक वर्ष यसरी नै पदयात्राको माध्यमबाट नेपाल पर्यटन विषयसंग सम्बन्धीत आधारभूत ज्ञान दिने गरेको बताउनु डा. काफ्ले ।

हाइकिङ जाने बानीपरेपछि शनिबार पनि आजकाल कलेज डे जतिकै उर्जाशील अनुभूति हुने थालेको बताउछिन सहभागी अनुशा रोका ।

हँसिला मुद्रामा उनी थप्छिन “कलेज बिदाको दिन पहिला त अल्छि लाग्थ्यो र ढिलोसम्म सुतिन्थ्यो, आजकाल त शनिबार झन छिटो निन्द्राले छोड्छ हाइकिङको मोहले”।

अर्का सहभागी विष्णुप्रसाद अर्याल उत्तिकै जोशीला र हँसिला पात्र हुन । चन्द्रगिरीको हाइकिङ लगातै हजुर आमाको दुःखत निधनले घर गुल्मी फर्केका अर्याल हजुर आमाको विधिपूर्वक अन्तेष्टिपछि रातारात शनिबार विहान मात्रै काठमाण्डौँ आइपुगे ।

उनी कतै अडिएनन् सिधै पदयात्रामा सहभागी हुन आइपुगे । भावविह्ल मुद्रामा उनले बताए
“के गर्नु दैबको लिला जे नहुनु थियो त्यो भइसक्यो । एक्लै पिडामा बस्नुभन्दा बरू स्वथ्य नि राम्रो हुने साथी भाइसंग पनि भेटघाट हुने साचेर सिधै हाइकिङमा आएँ” ।

अर्याल छुट्ने पीरले सबै सहपाठीहरू न्यास्रो मान्दै थिए । किनकी उनी मिजासिला मात्रै हैनन् अति नै हसौली स्वभावकाछन ।

गलामा सानो साउण्ड बक्स र भजन गीत कहिल्यै छुट्दैन । अरू भजन सुन्छन तर उनी भजनमा फनफनी घुमेरा नाच्छ र अरुलाई नचाउछ । उनको यही अत्भूत तरिकाले हाइकिङमा रमाइलो गर्ने नया आयम बन्यो ।

पदयात्रामा अर्यालका समुहले भजन टोली उपनाम नै पाएकाछन ।

यो समुहको अर्को विषेशता यात्राको क्रममा अरू कसैलाई देख्यो कि होहल्ला गरेरै भए पनि आफ्नो नाच हेर्न बाध्य पार्ने ।

कठै यसपटकको यात्रामा अर्याललाई हजुरआमाको स्वर्गरोहणले मन र मुटुमा ठूलो भारी गडिए पनि सहयात्री माझ उनको भूमिका कायम नै रह्यो उनले देखाएको सहयात्री प्रतिको अतुलनीय भाव र स्नेहले सबै नतमस्त भए ।

सम्पूर्ण हाइकिङ समुहको तर्फबाट मृतक आत्मले शान्ति पाओस हार्दिक समबेदना ।
पिडामा परेका अर्याल मात्रै होइनन् । विगतका विद्यार्थीहरू समेत सहभागी थिए यसपटक ।

पदयात्राको माध्यमबाट पर्यटन विकास हुने एकतर्फ छ भने अर्कोतर्फ यसबाट व्यक्तिगत रुपमा मानसिक र शारीरिक दुबै पक्षकोलाई फाइदा पुग्ने भएकाले गतसालदेखि नै लगातार सहभागी भएको बताइन युजु खालिङले ।

सङ्गैरहेकी सुष्मा सुवेदीले प्रफुल्लितहुँदै थपिन “म नि हाइकिङ आउन असाध्यै मन पराउछु । तैपनि अघिल्लो पटकको लागि चाही जनाकरी नभएर छुटेछु” ।

पदयात्राको अर्को सवल पक्ष डा. काफ्लेले सहभागीहरूलाई घरी योगा शिक्षा र स्वस्थ्यका कुरा, घरी इतिहासका पाना पल्टाउदै यात्रालाई थप उर्जाशील बनाउनु हुन्छ ।

सबै विद्यार्थीहरूमा भाइचारा र आत्मियताको विकास हुनु यस पदयात्राको अर्को सवल पक्ष हो । आपसी मेलामिलाप, सहयात्री र सहपाठी बन्नु हाइकिङको उपलब्धी हो ।

यसै सन्दर्भलाई सहभागी नारायण प्रधान थप्नु हुन्छ

“पैदल यात्रा सधै आफूलाई सप्तान्तमा ताजा गर्नको लागि उत्तम मनोरञ्जनात्मक उपचार विधि हो।
यो नयाँ ठाउँहरू भ्रमण गर्न र पर्यटन पक्षको अन्वेषण गर्न धेरै राम्रो हो। यात्रा सिक्नुको उत्तम रूप हो । पर्यटनले स्थानीय व्यापार र सांस्कृतिक महत्वको प्रवर्धन गर्न मद्दत गर्दछ। मैले मित्रहरूसंग अद्भुत सम्बन्ध भेट्टाएको छु।

जुन ठाउँ मरणोत्तर ऐतिहासिक स्थल हो, हाम्रो पूर्वजहरू र स्वर्गीय कालु पाण्डेको बहादुरी बुझ्नका लागि। यो एकदम सुन्दर र छोटो दूरीको यात्रा हो जहाँ तपाईं सीमित बजेटको साथ जान सक्नुहुनेछ र सप्ताहन्त रमाईलो बनाउन सक्नुहुनेछ।

यसका साथै स्थानहरूको चरणबद्ध विकास भइरहेको छ, आशा छ यो होटल रेष्टुरेन्टहरुसंग आगन्तुकहरुको लागि पूर्वाधार विकासको काम भइरहेकोछ।

म बिल्कुल र निश्चित रूपमा फेरि भेट्न आउनेछु” ।

About Everest News  877 Articles
ShareTweet

Related Posts

विविध

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

March 20, 2020 Everest News विविध 0 सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन...

February 17, 2026
को हुन आशिका ?
एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो ।...

September 29, 2025
हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
Next Post

कस्ले बनायो कोरोना ?

हाइकिङको असफल योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In