Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

《सेतो सर्पको कथा》-१

May 22, 2024
in Uncategorized
《सेतो सर्पको कथा》-१
हजारौं हजार वर्षअघि आउ मै पहाडमा दुइवटा एक हजार वर्षभन्दा जेठा सर्प थिए। तिनीहरुको रंग एउटाको सेतो र अर्काको हरियो थियो। सेतो सर्पको नाउँ पाइ शु-चन र हरियो सर्पको नाउँ सिआउ छिन् थियो। एक दिन तिनीहरु सर्पको स्वरुप बदलेर दुइवटी एकदमै सुन्दरी-केटीको रुपमा हान चाउ शहरको प्रसिद्ध रमणीय क्षेत्र सि हु भन्ने स्थानमा खेल्न गए।
तिनीहरु सि हुमा पर्ने दुआन छिआ, अर्थात् एउटा भत्किएको पुलको छेउमा आइपुग्दा पानी पर्‍यो। तिनीहरु एउटा रुखमुनि बसिरहेको बेला एकजना सिउ सिएन नामको लोग्ने मानिस आइपुग्यो। उसको हातमा एउटा छाता थियो। त्यो मानिस आफ्ना बा-आमाको समाधिबाट फर्केको थियो। सिउ सिएनले आफ्नो छाता ती दुइवटी केटीलाई दियो र एउटा डुंगा बोलाएर तिनीहरुलाई घरमा पुर्‍याइदियो। त्यस मानिसको त्यस्तो व्यवहार देखेर सेतो सर्प पाइ शु-चनलाई त्यो मानिस सिउ सिएन मन पर्‍यो। पै शु चनले सिउ सिएनलाई छाता लिनका लागि भोलि आफ्नो घर आउन भनिन।दोस्रो दिन सिउ सिएन पै शु चनको घरमा आएपछि पै शु चनले उनलाई धन्यवाद दिनुका साथै सिउ सिएनको परीवारको अवस्था बारे पनि सोधिन। सिउ सिएनका बा-आमा उनि सानै हुँदा मरेका थिए। हाल उ आफ्नी दिदीको घरमा बस्छ र हाल एउटा ओखती पसलमा काम गर्छ। सिउ सिएनसँग विवाह गर्नु पाइ शु चन इच्छुक थियो। यसबाट सिउ सिएन पनि खुशी भए। सिआउ छिनको अग्रसरतामा तिनीहरुको विवाह भयो। विवाहपछि तिनीहरु आफैले एउटा ओखती पसल खोले। पाइ शु चन दिन-दिनै धेरै बिरामीको उपचार गर्थिन। यसैले स्थानीय मानिसहरुले तिनीलाई निकै मन पराए र पाइ शु चनलाई रानी पाइ भन्नथाले।
चन् च्याङ्ग भन्ने स्थानमा एउटा चिङ्ग शान मन्दिर छ। मन्दिरमा एकजना फा हाई नामका भिक्षु थिए। उनलाई रानी पाइ एउटा हजार वर्षीय सर्प-राक्षस भएको कुरा थाहा भयो। उसको विचारमा राक्षसले अवश्य मानिसलाई मार्न खोज्छ। यसैले उसले सिउ सिएनलाई रानी पाइलाई छोड्ने सल्लाह दियो।
एक दिन भिक्षु फाइ सिउ सिएनको घरमा आएर सिउ सिएनलाई रानी पाइ मान्छे होइन, सर्प नै हो भन्ने कुरा सुनायो। तर सिउ सिएनलाई विश्वास लागेन। यसैले फा हाईले सिउ सिएनलाई यो कुरा भन्यो: चिनियाँ पात्रो अनुसार पाचौं महिनाको पाचौं दिनमा रानी पाइलाई खनिज पदार्थ रातो हरिताल हालेको रक्सी खुवाउनु पर्छ। त्यसपछि रानी पाइ सर्पमा परिणत हुनेछ अर्थात त्यसको वास्तविक रुप देखिने छ।पाचौं महिनाको पाचौं दिन आयो। त्यति बेला हरेक परीवारमा मानिसहरुले रातो हरिताल हालेको रक्सी खाने चलन छ। पाइ शु चन र सिआउ छिङ्ग यी दुइवटा सर्प यस रक्सीदेखि डराउँछन। त्यसै कारण तिनीहरुले आफूहरु बिरामी भएको कुरा सिउ सिएनलाई सुनाएको कथा सिआरआइमा प्रकाशित भएको छ ।
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
टेलिफोन आविष्कार र हेलोको इतिहास

टेलिफोन आविष्कार र हेलोको इतिहास

टियु बिबिए कप क्रिकेट, असार १२ देखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In