Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

किरात राज बंश बारे

January 3, 2024
in विविध
किरात राज बंश बारे
नेपालमा सबै भन्दा लामो शुशासन गर्ने किरात राज बंश बारे राष्ट्रिय -अन्तराष्ट्रिय ईतिहासकारहरुले ३२ /३३ पुस्ता र शासन कालबरे किरात शासन समयअबधिबारे लेखेका छन।
नेपाल सरकारले पनि ति ईतिहास पढाये तर खण्डित ईतिहास मात्र अब पुर्ण ईतिहासको लागी हामी आफै रगत बंश धर्म संमस्कृति बाट जुटम है त…
राजा यलमबर देखि अघिल्ला पुस्ताहरु र अन्तिम ३२ पुस्ताका खिगूकहांग पछिका पुस्ताहरु बारे जान्नु जरुरत छ हैन त?
१. प्रथम पुस्ता सुमनिमांग पारोहांग देखि शुरु हुन्छ २९ औं पुस्तामा मंगोल को जन्म हुन्छ र मंगोलबाट मुनाईंगबाको जन्म र मुना ईंगबाबाट कैरात/किरात ३१ औं पुस्तामा तेसैगरी ५४ पुस्ता शम्बरहांग /लशमबरहांग सम्म २० पुस्ताकिरात राजाहरुले सिन्दुघाटीमा १५०० बर्ष शासन गरे । “देवसुर संग्राम “ किरात र अरबिया ( आर्या )बिच ४० वर्ष युद्ध पछि किरातहरुले आर्यहरुलाई छोडे ।किरात सभ्यतामा आर्य -हिन्दु – ….?बुद्धिस्ट हरुले क्रमसः आस्रय लिये ।
किरातहरुले छोडेपछि ….सिन्दु सभ्यता किरात माहान पुर्खाहरु हांगदापा हांग र मांग जुदादुमांग यी हांग र मांग हरुबाट स्थापित किरात सभ्यता हडपामहेनजोदादु -सिन्दु सभ्यता को केन्द्र देखि ब्र्म्हापूत्र सम्म पुर्व पस्छिम फैलियेर अनेक राज्यहरु स्थापना गरी बसे।
६६ औं पुस्ताका हिंगसेनहांग सम्म लायछा मा ७०० बर्स शासन गरे । ७९औ जाम्बुहांग सम्म १३ पुस्तासम्म लखनउमा १००० बर्ष शासन गरे तेसपछि कामाख्यामा ९० औं पुस्ता जेतनेहांग देखि धम्बरहांगसम्म ८ पुस्ताले शासन गरे।
१२० औ पुस्ताका हुतुम्बहांग का छोरा नेबेहांग र नेबोहहांगका छोरा १२२औ पुस्ताका एकलब्बे ऊनका छोरा डिम्बापूहांग नाती हिडमबाहांग र पनाती जितेईगहांग १२५ औ पुस्ता र जितेईगहांग का छोरा सेनचेईगहांग कामरुप राज्यमा ८८ औ पस्ताका सुमन्नदहांग देखि १२६ औं पुस्ताका सेनचेईहांग सम्म जम्मा ३९ पुस्ताले शासन गरी सेनचेईगहांगका छोराहरु १२७ औ पस्ताका नागाईगहांग र यलमहांग पटना हुदै सिंगमांगजोंग आए ।
सेनचेईहांगका कान्चा छोरा नागाईगहांग नेपालको पुर्व लागे पछि नागाल्याण्ड राज्य खडा गरे ।सेनचेईहांगका जेठा छेरा यलमहांग सिंगमांगजोंगबाट नारायणी हुदै काठमानडौ आई ईसापूर्व ३०६० मा कलियुग ४० वर्ष पछि नेपालको प्रथम पुरुष प्रधन किरात राजबंशको यलमबरहांग राजा भये।
राजा यलमबरहांग संग पुर्खाराजाहरुका बिरासत भयेकोले किरात धर्म दर्शनको “मुनधुम ग्रन्थ “ शासन नियम कानुनको “मापचोक सुली कुथेर ग्रन्थ “ सिचाई र खानेपानीको ब्यावस्थापनको लागी “ कुलवा ग्रन्थ “ब्यापारको लागी “साथवाट ग्रन्थ ”र सैनिक विकासको लागी “ लिंगबल ग्रन्थ “ लेखेर ९० वर्ष ३ महिना १ दिन सम्म शासन गरी राजकुमार पबिहांगलाई शासनभार सुम्पे जुन किरात शासन ३२ औं पुस्ताका राजा खिगुकहांग र राजकुमार ३३ औं पुस्ताका योक्नेहांग सम्म येलेखोम राजधानीमा शुशासन राज्यब्यस्था सम्पन्न गरे ।
भारतको वैशालीदेखि मुसलमानहरुबाट खेदियर बर्मा र देबहरु किरात राजाका शरण लिय्एका थिए तर निरंकुस सामन्ति अंसुबर्माका कुटिल जनबिद्रोहमा आफ्ना किरात शाकुहांगे किरात जनता र किरात राजपरिवारमा हुर्केका किरात भान्जाचेला लिछा बंश (लिच्छाबी बंश )समेत सामेल भयेको बूझे पछि किरात राजपरिवार आफनो सुरक्षाहेतु कुनै प्रतिकार नगरी पुर्व लागे।
पुर्वमा सन १७५ तिर बनेपालाई राजधानी बनाये वनेपा धुलिखेल सिनधुली दोलखा मिलाईकन नयॅा राज्य खडा गरेर खिगुकहांग राजाले राजकुमार योकनेहांगलाई राजा बनाये।योक्नेहांगका भाई किरात राजकुमार वाकुहांगका छोरा खिन्चिहांग बाट सुरेल ,हायु,थामी ,जिरेल र रोकतांगहांगे चेपांगहरुका वंशबृक्ष सुरु भयो भने
राजा योक्नेहांग का राजकुमारहरु खाम्सोहांग बाट राई खम्बुका बंश बृक्ष र लेलिमहांग (लिसुसुहांग )बाटलिम्बु बंशबृक्षको सुरु भयेको छ।
राजा खाम्सोहांग बाट राजकुमार जुमुहा्ग जुमुहागबाट राजकुमार बुधहांग किरात बंश अनुसार १६२ औ पुस्ताका र यलमबरहांग देखि ३७ औं पुस्ताका र वनेपाका नयॅा किरात बंश अनुसार चौथो पुस्ताका राजा बुधहांग उनका माहारानीहरु सिलिकुपमांग र वासाकुपमांग तेसैगरी बहिनिहरु रीजकुमारी
सैसैला र राजकुमारी स्यामुना यि ५ जनाले येलेखोम छोडनका कारणहरु अध्यायन गरीकन नया नियम र निर्णयहरु लगु गरेका थिये ।
किरात मुनधुमी राज्यब्याबस्थामा सैनिकिकरण प्रमुख मान्ने परिवार बंशनै अनिवार्य सैनिक बन्नु पर्ने किरात बंशबृक्षका भन्दा अरु जातीमा बिस्वास गर्नु नहुने आफ्ना बंशबृक्षले राज्य र शासन ब्यावस्था चाहेमा नया ठाऊमा गई राज्य स्थापित गर्नु पर्ने र राजपरिवारजनले जति नया ठाऊं फैलिदै राज्यफैलाऊदै अघि बढनु पर्ने नया किरात मुनधुमी राज्य ब्यावस्थाको घोषणा गरे ।
बुधहांगका राजकुमार राईहांग राजा भयेसी जतिसकिनछ पुर्व तिर फैलनु जनसंख्या बृदि गर्न १० भाई सन्तान जनमाऊनु र जुनसुकै निर्णय लिन दिन १० जनाको सहमतबाट मात्र हुनु पर्ने प्रजातान्त्रिक निर्णय गर्नु राजाज्ञा भयेको तेस्तै सेनकिरात किरात बंशबृक्षका जो हिन्दुकृत हिन्दु शासन प्रणालीबाट शासन गर्ने भयेता पनि मिलेर नया राज्य ब्यास्था चलाऊने र किरात मुनधुमी संम्मस्कृतिक रुपमा बुधहांगराजाको राज्यब्यावस्थालाई बचाऊने ऊनका सम्पूर्ण भाबी सनततीको
काम कर्तब्य हुने साथै किरात मुनघमी संम्स्कृतिमा किरातका अनेकौ माहान किरात पुर्खाहरुका बिरासतलाई बचाऊनू भन्ने राईहांगका राजाज्ञा र ज्ञानादेशले गर्दा राईहांगका छोरा खमबेकहांग अन्तिम केन्द्रिकृत राजाको रुपमा पऊन सकिन्छ ।
किरात राजा बुधहांगका माहान बिचार येजना परिस्थिति अनुसार ऊनका नाती राजा खाम्बेकहांगबट प्राकृतिमय मुनधुमी संमस्कृतिमय बनाईयो र सेनकिरात संग मिलेर मुख्य राई खम्बेकहाग बंशले शासनको बगडोर लिने र नया किल्लाहरु बढाऊदै जाने नया कुटनैतिक रणनितिमा प्रवेस गरे।
नया मुलुकमा प्रवेस गर्दा सुरक्षित -सजिलो र ब्यवस्थित पनि भयो किनभने किरात नगाईगबा का सन्ततीहरुले भोगचलन गरेको किरात राज्य ब्यावस्था रामेछाप ओखलढुंगा – खोटांग-भोजपुर-ऊदयपुर -सुनसरी मोरहांग हुंदै आखिर पुर्वज थलो मा पुगी नागाल्याण्ड राज्य स्थापना गर्न पुगेको नागाईगबकाक दाजु सेनचेईगका सन्तान खम्बेकहांगका सन्तानहरु तमोर -मेवाखोला खामसोहांगका भाई लिलिहांगका सनतानका राज्य लिम्बुवान सम्म सजिलो छिटो फैलियेका हुन भन्ने बुझिन्छ ।
नागा -कोचे -मेचेले पुजेका शाकेलाहरु राईहांगका छोरा राजा खम्बेकहांगका सनतानहरुले पनि पुज्न -मान्न -किल्ला बनाऊदै अघि बडने काममा निरन्तरता दिये भने नागा किरातका सिन्धुघाटी देखि चलाई आयेको गाडधन हांगछा र नागेलुंगमाको अमर प्रेमको प्रतिक ‘वीछीनारी ‘ नागा किरातका घनावस्तीका चिहानबाट समेत ऊतखनन गरी ऊपभोग गर्दै आये ।
न त कसैसंग युद्ध भो -न हार भो र न त राज्यब्यावस्थाको अन्तभो ; मात्र किरात शासन ब्यावस्था गौरबपुर्ण तरिकाबाट प्रकृतिमय -संमस्कृतिमय बनाई किरात राज्यब्याबस्था सदाका लागी किरात मुनधुमी संमस्कृतिमा स्थापित गरी अमर बनायेका हुन।
खमबेकहांगका १० राजकुमार का सनतानहरु ७१ थरीका राईहरु -ऊनीहरुका हजारौ पाछाको बंशबृक्षमा फैलिये पनि ऊनीहरु एक हुन्छन र कैरातका-हाकाबुंगका ( हर्कबुंग )-
यलमबरहांगका -बुधहांगका र राईहांगका किराती मुनधुमी राजाग्या पालन गर्दै आएका छन।
मुनधुमी संमस्कृति किरात राजकुमारीहरु सैसैला र स्यामुनाको नामबचनबिना बनदैन
….सैसैला होई सैसैला ….तेस्तै …स्यामुना ना लै लै स्यामुना …. किरात जिवनसैली दस थरी राईका एक चुला भान्सा -समानता -सदभाव -स्वतन्त्रता र मानवतालाई विस्वास गर्दछन।
भुमीपुजा -मतृभुमीको पुजा -राज्यको पुजा राष्ट्रको पुजा गर्नु हो ।सुमनिमांग -पारोहागका माहान किरात पुर्खाहरुका माहान राजा-रानीहरुका , माहन तयमी -शायमी- मांगयमी हरुका शक्तिहरु विस्वासहरु राईहांगका राजाज्ञा अनुसार मुनधुमी प्रणाली अन्तर्गत केन्द्रिकृत तथा बिकेन्द्रिकृत रुपमा किराती मुनधुमी सांम्स्कृतिक अनुसार मान्दै आएका छन।
मुनधुमी संम्सकृतिक बिस्वास मात्र होईन किरात राज्य स्थापना र शासन ब्याबस्था लाई निरन्तर रुपमा यसरी मानिरहेका छन जस्तै माहा शाकेला (राजधानी -केन्द्र ) अरु हजारौ शाकेलहरु -ति
शाकेलाहरुबाट हजारौ हजर सेऊलीहरु -ति सेऊलीहरुबाट लाखौ लाख चुलाहरु – ति हजारौ चुलाहरुबाट नौ लाख किरातीका लाखौ लाख किरातीहरुका आत्मासम्म बिकेनद्रकृत भै ब्याक्ति ब्याक्तिमा निहित हन्छ भन्ने बिस्वास नै किरात मुन्धुमी बिशेस्ता हो भनी बुझिन्छ ।
लिलिमहांगका सनताहरु खम्बेकहांगका राई-खम्बुहरुका सन्तानहरु फैलियेका क्षेत्रभन्दा टाढा खुवालुंग तरेर लिम्बुवान राज्य खडा गरी बसेका छन।
खम्बेकहांगका १० छोराहरु मध्ये सात भाईका सन्तानहरु मात्र खुवालुंग तर्ने मदेशपहाडहिमालको यात्रा गर्ने गरेका मुनधुमी यात्रा -विस्वास -ईतिहासले पुष्टि गर्दछ ।
( सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण सहितको प्रतिमा )
किराती समाज/समुदायको मुन्दुममा सुम्निमा पारुहाङको महिमा वर्णन प्रशस्त रुपमा पाईने गरीएको छ।मुन्दुम अनुसार सुम्निमा पारुहाङ लाई यो सृष्टिको उत्पती गराऊने,विभिन्न जीव जीवात्माको र सारा चराचर जगतको उत्पत्ती गराऊने सृष्टिकर्ताको रुपमा वर्णन गरीएको छ।त्यस्तै मुन्दुममा सुम्निमा पारुहाङ लाई मामा सुम्निमा पापा पारुहाङ भनेर साकुदिमा-साकुदिवाको रुपमा वर्णन गरेर आदिम माता र आदिम पिता,आदिम पुर्खाको रुपमा पनि लिने गरीएको पाईन्छ।मुन्दुममा अनिवार्य रुपमा महिमा गाईने सुम्निमा पारुहाङको स्केच,प्रतिमाहरु किरात समाजमा पछिल्लो समयमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङको आधुनिक युगको आधुनिक मानवहरु जस्तो विभिन्न स्केच,तस्बिर र प्रतिमाहरु बनाऊने कार्य तिब्र रुपमा बढिरहेको छ।तर किरात समाज,समुदायमा सृष्टिकर्ता सुम्निमा-पारुहाङ सृष्टिकालिन समयमा कस्तो हुनुन्थियो ? होला भनेर मुन्दुमले व्याख्या विश्लेषण गरे अनुसारको एउटा प्राज्ञिक बहस र छलफल गरेर सबैको साझा सामुदायिक धारणा बनाएर एउटा निचोडमा पुगीएको पाईएको छैन।सुम्निमा पारुहाङ कुनै पनि आकार प्रकारको नभएको निराकार हुन कि ? जस्ता तर्कहरु किराती समाज समुदायमा बिधमान रहेको पाईएको छ।सुम्निमा पारुहाङ आकार? सहितको? आदिम किराती मानव पुर्खा थिए या बिम्बात्मक रुपमा सुम्निमा र पारुहाङ लाई प्रकृतीको रुपमा लिईएको हो या सुम्निमा पारुहाङ भनेको चेतनाको तह लाई भनिएको हो ? जस्ता आ आफ्नो बुझाई र तर्कहरुका बिषयमा प्राज्ञिक बहस छलफल गरेर एउटा निचोडमा पुग्न सकिएको छैन।
सुम्निमा पारुहाङ लाई किरात समाज/समुदायमा आदिम पुर्खा साकुदिमा मामा सुम्निमा र साकुदिवा/पापा पारुहाङ लाई सृष्टिकर्ताहरुको रुपमा लिने गरिन्छ।त्यस्तै सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई (निनाम्मा/आकाश)को रुपमा लिने गरीन्छ। यो सृष्टिको उत्पत्ती गराऊने सृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ त्यो सृष्टिकालिन समयमा आदिमयुगमा कस्तो हुनुन्थियो होला? भनेर गहिरो रुपमा चिन्तन मनन साथै कल्पना गरेर मुन्दुमले व्याख्या विश्लेषण गरे झै मुन्दुमी व्याख्याको आधारमा यहां सुम्निमा पारुहाङको स्केच तैयार गरीएको छ।साल्पा सिलिचुङ परीयोजनामा सुम्निमा पारुहाङको प्रतिमा नै मुख्य आकर्षणको केन्द्र भएकोले किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङ/सिलिछो दर्शन गर्न जाने दर्शनार्थीहरुले सुम्निमा पारुहाङको दर्शन गरेर शिर निहुराई पुजा आजा समेत गर्ने भएकोले सुम्निमा पारुहाङ लाई सामान्य मानिसहरु जस्तो मात्र नभएर आदिमयुगको या अलौकिक रुपमा मुन्दुमले व्याख्या विश्लेषण गरेझै मुन्दुमी व्याख्याको आधारमा सुम्निमाको स्केचलाई आधा शरिर हेन्खामा धर्तीको रुपमा र पारुहाङको आधा शरीर (निनाम्मा/आकाश)को रुपमा अनी आधा शरीर आदिमयुगको मानवरुपी आदिम पुर्खाहरुको रुपमा देखाईएको छ ।
यस सुम्निमा पारुहाङको स्केचलाई सृष्टिकालिन समयमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङ कस्तो हुनुन्थियो होला? स्केच/प्रतिमा कस्तो हुनुपर्छ ? सुम्निमा पारुहाङ कुनै पनि आकार नभएको निराकार हुन कि ? आकार ? सहितको ? मानव पुर्खा थिए या सुम्निमा र पारुहाङ लाई प्रकृतीको रुपमा या सुम्निमा पारुहाङ भनेको चेतनाको तह लाई मात्र भनिएको हो ? या आदिम पुर्खा हरु नै हुन भन्ने सबै प्रकारको प्राज्ञिक बहस छलफल लाई खुल्ला छाड्दै यस साल्पा सिलिचुङ/सिलिछो परीयोजनामा साल्पा सिलिचुङमा राखिने सुम्निमा पारुहाङको प्रतिमाको स्वरुप लाई सकेसम्म मुन्दुमी तायामी मुन्दुमविदहरु,माङ्पाहरु र मुन्दुम अध्येताहरुको ज्ञान–व्याख्या विश्लेषण र सल्लाह सुझाबको आधारमा यस सुम्निमा–पारुहाङको स्केच तैयार पारीएको हो।यस साल्पा सिलिचुङ/सिलिछो परीयोजनाको सुम्निमा पारुहाङको प्रतिमा लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने पवित्र तथा ऐतिहासिक महाअभियान संगै यस मुन्दुममा व्याख्या विश्लेषण गरेझै तैयार पारिएको यस सुम्निमा–पारुहाङको प्रतिमा पनि किरात समाज/समुदायको निमित्त संसारभरको किरातीहरुको लागी एउटा ऐतिहासिक उपलब्धि हो भन्ने ठानेका छौ।
# सुम्निमा पारुहाङको प्रतिमाको मुन्दुमी बर्णन
मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= रमारुङ भनेको सारा चराचर प्राणी जगत, हाङ भनेको राजा अर्थात पारुहाङको शाब्दिक अर्थ = यो चराचर प्राणी जगतको पिता,प्राणी जगतको सृष्टिकर्ता÷पिता÷राजा भन्ने अर्थ लाग्ने देखिन्छ। सुम्निमा शब्द सुम्दिमा बाट अप्रभंशित भएको हो भन्ने मान्यता रहेको छ ।सुम्दिमाको शाब्दिक अर्थ सुम÷सुम्मा = न्यानो दिने÷ओथारो बस्नु र दिमा=बोजु÷आदिम माता को रुपमा अर्थ लाग्दछ। सुम्दिमाको शाब्दिक अर्थ न्यानोपन दिने आदिम माता भन्ने अर्थ लाग्ने देखिन्छ।
सुम्निमाको मुन्दुमी वर्णन सहितको स्केचः-
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता सुम्निमा लाई हेन्खामा (धर्ती) को रुपमा देखाऊनका लागी सुम्निमाको आधा शरीर लाई हेन्खामा (धर्ती) र आधा शरीर शरीर मानवरुपी पुर्खाको रुपमा देखाईएको छ।सुम्निमाको शिरमा मुन्दुमी फुल पहेलो आम्लाबुङ (सुनाखरी) फुल (सायाबुङ)को रुपमा रहेको छ।सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) मट्टि माला) लाई पहिर्याईएको छ।सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक(अदुवा रहेको छ।सुम्निमाको कम्मरमुनीको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ र मातृसतात्मकको प्रतिकको रुपमा (तुप्ला) केराको पात समेत देखाईएको छ।सुम्निमाको कम्मरदेखी मुनी आधा शरीर हेन्खामा (धर्ती)मा चोमोलुङ्मा ,साल्पा पोखरी र सिलिचुङ देखाईएको छ।त्यस्तै साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल पहाडखोलानाला,वनजंङ्गल र प्राकृतिक रुपमा पाईने मुन्दुमी वनस्पती र साल्पा क्षेत्रमा प्राकृतिक रुपमा पाईने मुन्दुमी फुल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।
# पारुहाङको मुन्दुमी वर्णन सहितको स्केचः-
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता पारुहाङ लाई निनाम्मा(आकाश) को रुपमा देखाऊनका लागी पारुहाङको आधा शरीर लाई निनाम्मा आकाशको रुपमा देखाईएको छ। पारुहाङको शिरमा मयुंरको प्वांख,सेतो आम्लाबुङ(सुनापाती)को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहिर्याईएको छ। पारुहाङको गलामा आदिमयुगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना(माला)मट्टिमाला )लाई पहिर्याईएको छ।पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङको (सिखिवा) रहेको छ।पारुहाङको कम्मरदेखी मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ। पारुहाङको कम्मरमुनीको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु ) लाई पारु बसेको स्थानको रुपमा देखाईएको छ। सेची सेन्मी माङ्पाले चिन्ता बस्दा पारु खेल्दा सुप्तुलुङ देखी घुरेन सम्मको,घुरेन देखी आधा बाटो र मृतकको लामतुम ३ तुम लाई नजोडेर पारु बसेको स्थान पारु पुग्नको लागी सेचीसेन्मी माङ्पाहरुले ८ तहसम्मको रेप्कातुङ खेलेर पुगिने भएकोल थान देखीको पारु पुग्नको लागी ८ तहको पारु खेल्ने ८ तुम १) बक्सा छोङ २) चेत्चुरी छोङ ३) नाम्ची छोङ ४) कुयु छोङ ५) बिरावा छोङ ६) साम्सेङवा छोङ ७) सापा छोङ ८) सिङ्लु छोङ लाई ८ तलको आकाश निनाम्माको रुपमा देखाईएको छ। समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।
यस यस मुन्दुमी व्याख्या विश्लेषण सहितको सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा महत्वपुर्ण राय सुझाब तथा बौद्धिक योगदान पुर्याऊनु हुने सम्पुर्ण मुन्दुमविद/विज्ञ तथा अध्येता ज्युहरु लाई विशेष धन्यवाद व्यक्त गर्दछौ।
मुन्दुमविदः-रण ब बोखिम राई Dupduhang Bokkhim
माङ्पाः-ढक ब राई DB Sohonwa
मुन्दुम अध्येताः-कमलजंङ राई Kamaljung Rai
कुलपती/प्राज्ञः-नारादमणि हार्ताम्छाली Kalang Hrtmchhli
मुन्दुम अध्येताः- चन्द्र हतुवालीChandra Hatuwali
मुन्दुम अध्येताः-भोगीराज चाम्लिङBhogi Chamling
मुन्दुम अध्येताः-शालिक सताषक राई शालिक राई
मुन्दुम अध्येताः-प्रविण पुमा Praveen Puma
भाषाविदः-डा तारामणि राई तारामणि राई
लगायत सम्पुर्ण साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान उपसमिती
स्केच/कलाकारः डिबि याम्फु Db Yamphu Kirat
मुर्तीकारः-भक्तिराम राई Bhaktiram Kolbaali Mewahang
यस यस मुन्दुमी व्याख्या विश्लेषण सहितको मुन्दुमविद तथा विज्ञहरुको सुझाब सल्लाह सहित सुम्निमा पारुहाङको स्केच तथा प्रतिमा गरीएको हो।यस प्रतिमा निर्माणमा महत्वपुर्ण राय सुझाब तथा बौद्धिक योगदान पुर्याऊनु हुने सम्पुर्ण मुन्दुमविद/विज्ञ तथा अध्येता ज्युहरु साल्पा सिलिचुङ अध्ययन तथा अनुसन्धान उपसमितीको सम्पुर्ण लाई धन्यवाद प्रकट गर्दछौ।
अन्तमाः-यस किरात समाजको विभिन्न मुन्दुमविद तथा विज्ञहरुको परामर्श सुझाब सल्लाह सहित निर्माण गरीएको मुन्दुमी व्याख्या विश्लेषण सहितको सुम्निमा पारुहाङको प्रतिमा लाई नै विश्वभरको किरात जन्य संघ संस्थाहरु,संसारभर रहनु भएका सम्पुर्ण किरातीहरुले प्रतिमा निर्माण गर्न गराऊन हार्दिक अनुरोध गरीन्छ।
तस्बिरः-सुम्निमा पारुहाङको मुन्दुमी वर्णन सहितको प्रतिमा
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिती
मुलघरे कान्छा (राजेन खिम्बुले राई)
ShareTweet

Related Posts

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Once upon Bollywood Legend actor Dilip Kumar
एभरेष्ट टेलिभिजन नेटवर्क

Once upon Bollywood Legend actor Dilip Kumar

Dilip Kumar. (a bollywood actor) says: At the peak of my career, I was once travelling by plane. The passenger...

April 17, 2024
Next Post
श्वेतकालीको १२ वर्षे नाच

श्वेतकालीको १२ वर्षे नाच

तलेजू भवानीको नेपाल प्रवेश

तलेजू भवानीको नेपाल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In