Sunday, May 10, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

एभरेष्ट न्यूज जेठ ३, काठमाण्डौँ ।

May 17, 2025
in समाचार
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।

२०५० जेठ ३ गते म पोखराबाट काठमाडौ तर्फ जाँदै थिए । दिनभर जसो पानी परेको हुँदा बाटो असहज थियो । ठाउँ ठाउँमा पहिरो खसेको हुँदा मुगलिङ पुगेपछि बस अगाडि जान सकेन । बाटोमा अलपत्र पर्नुभन्दा मुगलिङ बस्दा सहज हुने भन्दै बस मुगलिङमा नै बस्यो । त्यहाँ केही घण्टा अगाडि देखी सडक बन्द भएको हुँदा बसहरु धेरै थिए । म पनि दिउसै देखि सडक खुल्ने आशामा मुगलिङमा अल्झिरहेको थिए । त्यहाँ अचानक सुनियो, मदन भण्डारी चढेको गाडी नारायणीमा खसेको भन्ने सुनियो । धेरैका धेरै कुराहरु सुनिएका थिए । केवल अडकल काट्नु बाहेक केही यकिन गर्न सकिने थिएन । मृत्युु भएको भन्ने सुनिएन तर घटनाको भने चर्चा निकै भयो । राति साढे एक बजेतिर एकतर्फी खुलेको भन्दै बस अगाडि बढ्यो । बिहान काठमाडौ पुगेपछि बिहान समाचारमा थाहा भयो, वहाँ सहित वहाँको साथ जानुभएका जीवराज आश्रितको पनि निधन भएको रहेछ ।

दुर्घटना आकस्मिक थियो वा घटिट थियो, थाहा हुन सकेन । तर जल्दाबल्दा नेताको निधनमा धेरैले आशंका गरे । समय बित्दै गयो अब त केवल श्रद्धाञ्जली मात्र दिन सक्छौ । हत्या हो वा दुर्घटना हो वास्तविक छानविन नै भएन वा गर्न चाहेन । देशको परिवर्तनको एउटा आशा थियो सेलायो । २०५० बाट आजसम्म देशमा धेरै परिवर्तन आए । तर वहाँ त्यो परिवर्तनको साक्षी बन्न पाउनु भएन ।

सन १९९१ को मे २७ को न्यूजविकको अंकमा वहाँको अन्तर्वार्ता छापिएको थियो, जसको शीर्षक थियो – In Nepal, Karl Marx lives. वहाँका बिचारहरुले गर्दा कार्ल मार्क्सको पूनर्जन्मको तर्क सम्म गरिएको थियो ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनु भएका स्व. मदन भण्डारी, एक शिक्षित तथा बुद्धिजीवी राजनीतिकर्मी हुनुहुन्थ्यो । २०४६ सालमा नेकपा मालेको महासचिव बन्न सफल हुनुभएका वहाँ पछि नेकपा मार्क्सवादी संग एक भएपछि बनेको नेकपा एमालेको पनि महासचिव चयन हुनुभएको थियो । २०४६-४७ को जनआन्दोलनमा बाममोर्चाको तर्फबाट सक्रिय रहनु भएका वहाँ, देशमा आएको परिवर्तन संगै २०४८ सालमा भएको बहुदलीय संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी प्रतिनिधि सभाको सदस्य बन्नुभएको थियो । वहाँ काठमाडौं क्षेत्र नं ५ बाट पनि विजयी बन्नुभएको थियो ।

देशको प्रमुख राजनीतिज्ञ एवं भविष्यमा प्रधानमन्त्री बन्ने सम्भावना बोक्नुभएका वहाँको २०५० जेठ ३ गते सडक दुर्घटनामा अविश्वसनीय रुपमा निधन भयो ।

ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
महासचिव भाकपा (माओवादी) 2

महासचिव भाकपा (माओवादी) 2

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पुखुलद्याङ मासेर बनेको न्यूरोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In