Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

February 18, 2026
in Uncategorized

September 15, 2022 Everest News Uncategorized 0

किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए । पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए ।

उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गरे । यो तथ्य इतिहासहरुमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरु ईष्याले जल्दथे । उनीहरुले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरु नाग वृक्ष हावा पानी आगो चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरुले आफ्ना तीन चुलालाई सुम्निमा पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे ।

र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरुले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरुले फसाए । यो उनीहरुको कुटनीति जालझेल थियो । किरातीहरुको पतनको इतिहास यहीबाट शुरु हुन्छ । किरातीहरुको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरुले हार व्यहोनु परे पछि किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरुले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरु कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती किराती हरुको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् ।

उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपी उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरु १। बाउलाई नमार्नु २। दाजुलाई नमानु र ३। भाइलाई नमार्नु थिए । लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरुले किरातीहरुको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेली बाटै थाहा पाए । त्यसपछि लिच्छवीहरुले सर्वप्रथम किराती शक्तिश्रोतहरुलाई वित्तल पारे । तिनको सांस्कृतिक धरोहरहरु नास गर्न थाले । कूलपितृ र भूमिदेवहरुमा वित्तल पार्न थाले । शुरुमा किरातीहरु जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरुको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरुले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालिन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ यलम्बर का बत्तीसौं सन्तान थिए । उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगे पछि आर्यहरुको किरातीहरु माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरुको मौलिक भाषा संस्कृति र परम्पराहरु माथि लिच्छवी शासकहरुले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरु किरातीहरुको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरु नष्ट गर्दै लगे । उनीहरुले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरु माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरु उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरु किराती राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली-२०६२ खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहाङका दुई छोराहरु भए । उनीहरु लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्यु पछि उनका छोराहरुले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवन र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी वालिखा मा सारे । इतिहास अनुसार किरातीहरु उपत्यकाबाट बनेपा हुँदै बेलकातरी सम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरुको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरुले आफ्नो मौलिकताका धेरै हद सम्म गुमाउन पुगे । उनीहरु शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरु पाइन्छन् । खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा नागाकी चेली सँग्ा विबाह गरे । उनीहरुका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ ः १। जेठा ः मापेहोङ २। माइला ः खिन्चीहोङ ३। साइला ः हिनाहोङ ४। काइला ः वानाहोङ ५। अन्तरे ः खप्पाहोङ ६। जन्तरे ः कुसे्रहोङ ७। लखन्तरे ः चालिमहोङ ८। मन्तरे ः सेकुहोङ ९। गनन्तरे ः रामलिहोङ १०। कान्छा ः सेक्रोहोङ ११। छोरी ः सायामा खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए । समयक्रम बढ्दै गयो । किरातीहरु ताडो चढाउन खप्पिस थिए । उनीहरु धनुवाण लिएर सिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरु मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरुले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडा ग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा फगे र त्यहाँका ग्याल्जुङमा भुटिया सँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी थलो बनाए । छोराहरु हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरु भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरु बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरुको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बतए । उनले बाबुको गाली खानसम्म खाए । फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे । खम्बुहोङले छोरा सेक्रोहोङको मृत्यु पछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ खिन्चीहोङका सन्तान सुनुवार हिनाहोङका सन्तान वायुङ वाहेङ र वाम्बुले अम्बु खप्पाहोङका सन्तान कुलुङ कुसे्रहोङका सन्तान तिलुङ चालिमहोङका सन्तान चाम्लिङ साङपाङ र पुमा सेकुहोङका सन्तान दुमी नाछिरिङ लोहरुङ र याक्खा रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ । समय सँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ-आफ्नो बोबी क्षेत्र छुटाउँदै बस्न थाले । उनीहरु जहाँ जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरु खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन बोबी या क्षेत्र बनाएर बस्न थाले । आफ्नो बोबी सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरु पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरुले राम्रो क्षेत्र उनीहरुको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झर् यो ।

About Everest Ne
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post
खानेपानी मर्मत गर्न २१ किलो सुन दान

खानेपानी मर्मत गर्न २१ किलो सुन दान

स्वर सम्राज्ञी नेम्बाङको भातृशोकमा

स्वर सम्राज्ञी नेम्बाङको भातृशोकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In